– प्लेटफर्ममा रेल कुरेजस्ताे
– अपरेसन थिएटर बाहिर बिरामी कुरुवाले
डाक्टरलाई कुरेजस्तो
मायालुलाई कुरिरहेछु ।
– समुन्द्रले रातमा जूनलाई पर्खेझैँ
– ढुकुरले जाेडीलाई गुँडमा पर्खेझैँ
प्रेयसीलाई पर्खिरहेछु ।
कुर्नु र पर्खनुमा पनि कति बिघ्न आनन्द रहेछ ।
के तिमीले पनि
म जसरी
कसैको बाटो हेरिरहेका छाैँ अहिले !!!



७ जून, २०२३
१५:००
©मिहाङ
Please follow and like us: