हेमन्त ओडेर

अनुभुतीको डिलबाट

चिच्याँउछ रेगस्तानी मौनता

मोसो दलेर

सपनाको भिरबाट

खस्दछ जून मध्यरातमा

अछुत युगलाई

चुम्बन गर्न वर्जित

विवस छ निलो छितीज

छु अतिथका आलापहरूबाट आहत

चिसो ढाड चिलाईरहन्छ

हुरीको कोर्राले हिर्काईरहन्छ

रहस्य सुँघेर जुगौदेखी

नाँगो बालुवामा

भड्किरहेकी बन्जारे छाँया हुँ म

जिब्रोले सुस्केरा टालेर

चिहानभित्र

जन्डिस लागेको बिहान

कुरिरहेछु ।

वाचन श्रवण सहितको श्रव्य दृश्यको लागी कृपया

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *