हो,
जब सकारात्मक सोँचमा
नकारात्मक्ताको हिलो छ्यापिन्छ
उदेश्यका पाइलाहरुमा
छेकबारका कल्लिहरु
लगाइन्छन्
तब मनमस्तिष्कभरी”बितृष्णाका
कलमीहरु बिना स्याहार सुसार नै
पलाउन थाल्छन् बग्रेल्ती
अनी त ………,
मौलाएका बिचार हरु
जुर्मुराएका आकांक्षाहरु
ति नाभो कलमी
छोपेर पलायन बन्छन्
आफ्नै अस्तित्व नै लुटाएर /
बितृष्णा ……..,
साँच्चै जाग्दो हुन्छ त्यो घडी
जब आफ्नो निस्छल सोँचमा
कालो बादल मण्डराउँछ
त्यस्तै,
आफ्नो स्वच्छ बिचारमा
जब बिद्रोहका आवाजहरु
ठोक्किन्छन /
बितृष्णा ……..,
स्वंयम प्रवेश गर्दैन कसैको पनि
निस्कलंक मनमा
यस्लाई त बाध्यताबस धकेलिदिन्छन
स्वार्थी मनहरुले
कलंकित बिचारहरुले
यो फैलिनु र झांगिनु
उस्को आफ्नै बिवशता हो /
कठै !”बितृष्णा” ????
यो आफै बद्नामी सहेर
दु:खी मनमा बास गर्छ
आलो घाउको खाल्डो भर्छ
त र ……..,
दुखी मनको सेवक भएरै पनि
आफु बद्नामीको शूली चड्छ ।
हो…..मैले भनें
मनमा”बितृष्णा” जाग्यो
ऊदासिको बादल छायो
त र फेरि ……,
मैले स्वीकार पनि गरें
बित्रिष्णा नै मेरो असन्तुष्टिको
पुष्टी बन्यो
जस्ले मेरो निराशा र उत्पीडनको
खुलासा गर्यो ।
“बितृष्णा” …….,
“बितृष्णा”…….,
ऊ नै फेरि मेरो
पथ प्रदर्शक बन्यो
ऊ नै मेरो अक्षरको खेती बन्यो
मेरो सुस्त मनको
ओखती बन्यो
हो …”बितृष्णा” नै मेरो अन्त्यको
फेरि शुरुवात बन्यो ……./
मेरो लेखनप्रतिको बितृष्णारुपी भनाइले मलाई केदार संकेत जि र मनु लोहोरुङ बहिनीले “बित्रिष्णा” शिर्षकमा कबिता लेख्न अनुरोध गर्नु भएकोले मैले “बित्रिष्णा”लाई सकारात्मक बिषय बनाएर यो कबिता श्रीजना गरें कमी कमजोरी त छन् नै सहि सुझावको अपेक्षा शाहीत यि दुई लेखककै नाममा यो कबिता समर्पण जस्ले मलाई