–कोइँचबु काःतिच
काःत, चुप्लु ओखलढुंगा

………..

प्रिय
मेरो प्राण,
तिमी छौ र त, म छु
तिमी हुनुले नै त आज
मभित्र ममा यति अचाक्ली शक्ति बढेको छ ।

तिमी दिइरहने
म लिइरहने
छछल्किएर पोखिना लागेको तिम्रो भर्भराउँदो वैश
विशाल चित्तको तिम्रो संवेदनाशिलतामा बुर्कुशी मारेर
अर्को चमत्कारिक नयाँ सन्सार कपि पेस्ट गर्न खोजीरहेछु,
प्रिय
मेरो प्राण,
तिमी छौ र त, म छु ।

तिमी दिइरहने
म मागीरहने
मग्मगाएर फक्रिना लागेको तिम्रो अरुणोदय लालीमा
झरिलो कालाम थापोको स्वैर–काल्पनिक सपनामा दाग उघारेर
सारा खुशी निचोरेर एक जोर सगुन चढाउँछु,
प्रिय
मेरो प्राण,
तिमी छौ र त, म छु,।

ज्ञानी छौ
बुद्धिमानी छौ
गुणी छौ
उमंग उत्साह र सुन्दर सपना पस्केर झुल्किने
तिमी मेरो हर दिनको “खुशियाली सुनी” हौ
मेरो प्राण,
तिमी छौ र त, म छु ।

 

……………..
शब्दार्थ
सेवु: नमस्कार
बारि सुनि: अति राम्रो, शुभ हर्षोल्लाससहित झुल्किने विहान ।
कालाम थापो: मुक्दुममा उल्लेखित पवित्र पूmल लाली गुराँस
दाग: धेरै समयसम्म जाँडलाई भण्डारण गर्ने परम्परागत प्रविधि । कोइँच संस्कृतिमा सुत्केरीलाई खुवाउनको लागि यसरी घैंटोमा जाँड भण्डारण गर्ने चलन छ ।
सागुन: जुनसुकै शुभकार्य गर्दा एक जोडी भाँडो डबका, बटुको, खोरे, आरिमा जाँडरक्सी चढाउँनु ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *