– मुकुल दाहाल

(‘डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा)

म जहाँ उभिएको छु

त्यहाँ जमिन र पानीका स्थुल शरीरहरू
विवाहित दम्पतीजसरी एकै ओछ्यानमा सुतेका छन्

चिसो हावा मात्तिँदै-उड्दै आएर पिटिरहेछ मलाई
समुद्री पानीका तरङ्गहरू केटाकेटीहरू जसरी
दौडदै, जिस्कँदै किनारासम्म आएर हराउँदै गइरहेछन्
म उनीहरूलाई हेदै भागिरहेछु कतै
बिजुलीको वेगमा पुगिरहेछु तिमीहरूसम्म

सम्झिरहेछु तिमीहरूलाई
र पानीजस्तै तरल बनेर बगिरहेछु किनारैकिनार

तिम्रा नजिक छन् जीवनका दुइ बिरुवाहरू
जेठो सधैँझैँ उफ्रँदै होला
भुइँबाट पलङ र पलङबाट कुर्सी
तिमी लखेट्दै हौली उसलाई
कान्छो भुइँबाट उठेर हिँड्ने तयारीमा छ
अनेक उपद्रो र चकचकको ढोकाबाट
जीवनमा पस्ने तरखरमा छ
तान्दै होला तिम्रो रिसको जरा समय-असमय ।

त्रि्रा नजिक छन् तिमीलाई तरङ्गीत गरिरहने
यी दुइ लहरहरू
त्रि्रा नजिक छन् तिमीलाई गुडाइरहने
यी चक्काहरू
तिमीसँग छन् तिमीलाई छमछम नचाइरहने
दुइ लयहरू
म भने जीवनको कुनै स्टेसनबाट
एक उडन्ते गाडी चढेर
यो घाम डुब्ने प्रदेशको चिसोतिर आर्लेकोछु

संम्झनाका औंलाहरू त्यहासँम्म
तन्काएर छोइरहेछु तिमीहरूलाई
छामिरहेछु शिर र निधार छोराहरूको
चलाइरहेछु त्रि्रो केश
छरिदिएर निधारभरि
तर जति ठेले पनि कसरी पन्साउन सकिँदोरहेछ र !

यत्रो भीमकाय भूगोलको दूरी
हिँडेर मनबाट पुगिरहेछु आँखासम्म
र झरिरहेछु थोपा-थोपा ।

समुदको छाती हुँदै आएको
निर्दयी हावाको चिसो झोका
पिटिरहेछ मलाई निरन्तर
र, बेस्सरी कमाइरहेछ ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *