– देवेन्द्र खेरेस

बुद्विमा राँको बालेर
एकपल्ट
खप्परमा विचारले झोस्दा
उछिटिएका अटोमेटिक छिटाहरु
हिजो
आज
र…॥
नसा-नसामा बगेर
थेम्स नदी
इङ्ग्लिस च्यानलको पिसादले

सर्लक्क नीलेपिछ
चढ्डछ चोमोलोङ्मा
आपुनो अस्तित्व खोज्दै
उदेश्यको भारि बोकेर
लक्ष्यका खुट्किलाहरु
टेक्दै-टेक्दै
हिँड्दछ अघि र पिछ
बोकेर ः उदेश्य
बोकेर ः लक्ष्य
बोकेर ः भारी
बाँच्नु पाउनु पर्दछ
यहाँ सबैले
आ-आपुनै जिजीविषा खोजेर
जीवनलाई पाइल्ा-पाइलामा नापेर
गन्तव्य खोजेर हिँड्नु
हिँडिरहनु॥ …
जति हिँड्दा पिन
कहिले आपुनो नहुने
यि बिराना बाटाहरु
अझै हिड्नु पर्ने
कहिलेसम्म… ॥

आपुनै माटोमा फल्न नसक्नुको पीडा
आपुनै आँगनमा फुल्न नसक्नुको छट्पटी
आज…
दिन
रात
घण्टा
मिनेट
र सेकेन्ड – सेकेन्ड
करङगनेर समयको
डेस्कटप
र फाइलहरुमा
चेपिँदा – चेपिँदा
भित्रभित्रै लाभा उम्लिएर
पड्कनलाई तयार…ज्यालामुखी
छिचोलेर चट्टानका पत्रपत्र
युगौदेखिको आगो ओकल्नु पर्दछ
यो जाडोले खुइलिएका पहाड
र चिसो माटोमा
भुइँ नछाडेका घरहरुको
साँगुरा कोठाहरुमा
अटाउन नसकेका सपनाहरु
वर्तमान चपाएर
भविष्य निलिरहेछ
आदिम सहरको भित्ता र खण्डहरहरु
भत्काउदै चिन्तनको बाढीले
भौगोलिक सीमाबन्धनहरु
मान्छेका खप्परहरुमा
आस्थाका मुटुहरु बदल्न तयार छन्
छिनुले खोपेर फेरि एकपल्ट
भोलिका मानिसहरु
मानिसहरु…॥

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *