बादल
निलगिरी तिमीकन बसी, दिउँसै माेजमा चियाउँदै ,
चरीवरी तलमाथि उडि, शितल भाेटाेमा गिज्याउँदै ।
माेतिलुङ झलझलि सम्झि, कपास जालमा हाेकि कतै ,
मनमुग्ध तिमीकन भई, अाकारै मानुष लुप्त जतै ।
पुष्पक विमानकाे फुस्राे धुँवा, हाईन सलिल हुन सँगिनी,
अलिक नजिक नजर मेराे,सेताे भुवा हाेकि कतै बत्तिसी ।
अलका पुरी रतनकाे टुक्रा, विछाई जाल अाफ्ना किन्तु के हाे,
निल गिरी चुम्वदै मच्चिने, गगन चुम्बन महल छाड्ने अहाे ।
पुरुषवादी
कहाँ देख्छ र अाफ्नु दाेष किन्तु गल्ति,
सदा देख्छ अर्काकै दाेषी मन जल्दि ।
गाैरी देवी जस्ति अहिल्या नारी दाेषी,
पत्नी समेत देख्छ ठहर्याई दाेषी ।
कमिलाकाे दर्जामा
कलिला साना मुनाका दाना गँहु झै पाकेका,
खेतमा हाम्राे जहान खेल्छ दुःख मै थाकेका ।
कालामा काला ती ठुला राजा ठालु मै बाँचेका,
देखेर हाम्रा दुःख र पीडा दैव नै हाँसेका ।
गुलावाे
शीत शितल गुलावकाे रात अनिदाे,
पात पितल सुहागकाे काँडा बलियाे ।
चाँद तिलक मुहानकाे हल्का झुसिलाे,
थाेपा शिथकाे झुल्किन्छ पुष्प रसिलाे ।
प्रयत्न रत्न
विन्ति गरुँ हजारै बार म देख्दैन काेही पनि,
तिम्रै नामकाे भक्ति गरुँ, बाेल्दैनन् देवतै पनि ।
श्रदा भावमा फुल चँढाउ चढ्दैन फुल कत्ति,
पिर लाग्ने रहेछ कमाए पनि धन जत्ति ।