निकै ठूलो संघर्ष
अनि कठिन घडीहरू पार गरेपछि मात्र
मैले तिमीलाई पाएको हुँँ
कयौं रातहरू
त्यसै अनिदो बिताएको छु मैले
थुप्रै भोक र तिर्खाहरू
त्यत्तिकै पचाएको छु मैले
त्यति सजिलै मैले तिमीलाई भेट्टाएको हैन
त्यसैले
तिम्रो असाध्यै माया लागेर आउँछ
भन्नेहरूको कमी छैन यहाँ-भनिरहुन
कुरा काट्नेहरूको पनि अभाव छैन यहाँ-काटिरहुन
जल्नेहरू पनि जल्ने नै भए
रिस गर्नेहरू पनि गरिरहुन
तर पनि-
तिमीलाई छामिरहन मन लाग्छ
तिमीलाई स्याहारिरहन मन लाग्छ
बात मार्दै मार्दै तिमीसँँग
तिमीलाई नै सिंंगारिरहन मन लाग्छ
ए मेरी !
ए मेरी प्यारी !
ए मेरी एक मात्र प्यारी !
मेरी प्यारी कविता !
Please follow and like us: