– भगवती बस्नेत

जिन्दगीका पलहरु सजाउँदै छु म ।
भरोसाका आशा अझै जगाउँदै छु म।।

अविछिन्न तिम्रो माया अबिरल पाउँ,
प्रितको फूल फुलाउन सघाउँदै छु म।।

मनभरि उत्साह र उमङ्गका छाल
तिम्रै यादमा परेली यी रसाउँदै छु म।।

सुख दु:ख अनुभुति अनि तिम्रो माया
यो मनको मझेरीमा बसाउँदै छु म।।

अव्यक्त यो खुशीलाई पुलकित पार्दै
हरक्षण कल्पनामा रमाउँदै छु म ।।

भगवती बस्नेत हाल : इजराएल

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *