– कृष्ण वस्ती


मीठा-मीठा कुरा मलाई गर्न मन लाग्यो ।
तिम्रै लागि बाँच्न मलाई मर्न मन लाग्यो ।।

टोलाउँने अँधेरीमा तिम्रो नजर तान्न ।
टिल्पिलाउँदो तारा बनी झर्न मन लाग्यो ।।

तिम्रो मन देवलको आँगनको माटो ।
पिरतीका शयौं बीज छर्न मन लाग्यो ।।

सैलुङ्गेको माथिमाथि नागीजस्तो छाती।
कस्तूरी भै रातोदिन चर्न मन लाग्यो ।।

केशमाथि सजाउँन डालीतिरै झुक्ने ।
अन्जुलीलाई फूल बनी भर्न मन लाग्यो ।।

कल्पनाले रङ्ग दिई सजाएको वस्ती ।
वारिबाट पारितिरै सर्न मन लाग्यो ।।

(बिराटनगर)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *