– उपेक्षित पूजा
एक्लो थियो यात्रा मेरो तिमी आयौं साथी बनि ।
जुनी जुनी सयौं जुनी सँगै जिउँछु मर्छु भनि ।
एक्लो थियो यात्रा मेरो तिमी आयौं साथी बनि ।
जुनी जुनी सयौं जुनी सँगै जिउँछु मर्छु भनि ।
बेसहारा जिन्दगीमा तिम्रो साथ पाए पछि
कहिले पनि नछुटिने तिम्ले कसम खाएपछि
चाहन्छु म पीर भुली तिम्रो काखमा निदाउन
दु:ख सुख तिमीसँगै जिन्दगी भर बिताउन ।
मेरो मनको मन्दिरमा तिमीलाई सजाएर
सधै भरि बाँच्न पाउँ तिम्रो साथमा रमाएर ।
धड्किन्छौ तिमी मेरो हृदयको धड्कन बनी
तिमी नै हौ संसार मेरो तिमी नै खुसी पनि ।
तिमीभन्दा पर मेरो जाने ठाउँ अर्को छैन
खोजेको छु तिम्रो छाँया पिपलु र वरको हैन।
यति चोखो तिम्रो माया न्यानो न्यानो साथ
नछुटोस् है प्रिय कहिल्यै समातेको हात ।
एक्लो थियो यात्रा मेरो तिमी आयौं साथी बनि ।
जुनी जुनी सयौं जुनी सँगै जिउँछु मर्छु भनि ।
Please follow and like us: