– रक्षा राई

सर्वप्रथम म के अनुरोध गर्न चाहन्छु भने भगवान चाम्लिङद्वारा रचित नयाँ कविता संग्रह ‘मजस्तै मेरा कविता’ को समिक्षा वा समालोचना गर्न लागिरहेको छैन । न त उनको व्यक्तित्वको कुनै दस्तावेज तयार पार्न नै । बरू समग्रमा उनको सृजना र व्यक्तित्व समिश्रणबाट यौटा स्रटाले अर्को स्रष्टालाई भेट्नु अघि र भेटेपछि चिनेको भने म खुसी हुनेछु ।
भगवान चाम्लिङलाई मैले सृजनाको माध्यमबाट चिनेको अव तीन दशक हुनै आँट्यो । यो अवधिभित्र उनी सात गोर्खा राइफल्स र म दस गोर्खा राइफल्समा कठोर सैनिक जीवन व्यतित गरेर अवकासप्राप्त लामो समयको फन्को मारिसकेका छौं हामीले । सैनिक जीवनबाट अवकास पश्चात मैले थुप्रै मुलुक चाहारेँ । उनी अवकासपछि हङकङतर्पm लागे । यो मैले विभिन्न सञ्चार माध्यामबाट थाहा पाइरहेँ । किनभने हाम्रो अवकास समयको अन्तिमतिर सञ्चार निकै व्यापक भइसकेको थियो। पञ्चायतकाल जस्तो साँगुरो थिएन । सञ्चारकै माध्यामबाट उनको स्थितिको सूचना मैले प्राप्त गर्दै रहेँ र यौटा स्रष्टाले अर्का स्रष्टालाई राख्नु पर्ने स्थान सुरक्षित राखेँ । सन् २००४ मा बेलायतले सम्पूर्ण भूपू गोर्खाहरूलाई आवासीय भिसाको अधिकार प्रदान गरेपश्चात् हामी आफ्नो अधिकारको सदुपयोग र सुरक्षा गर्न बेलायत आयौँ । सृजनशील मानिस जहाँ पुगे पनि सृजनामा नै रमाउँदो रहेछ । हामीले बेलायतमा सृजनात्मक कार्यमै भेट्ने अवसर पाएका हौं ।

भगवान चाम्लिङ बहुप्रतिभाशाली व्यक्तित्वः

हाम्रो पल्टनघरबाट प्रकाशित हुने सैनिक पत्रिका छ – पर्वते । यो सन् १९४१ सिंगापुरबाट आरम्भमा साप्ताहिक, पाक्षिक र हाल मासिक पत्रिकाको रूपमा प्रकाशन हुँदै आएको छ । जसलाई म पल्टने स्रष्टाहरूको सृजनात्मक उद्यान भन्न रूचाउँछु । जो पुरानो समयको सैनिक जीवनको निरंकुश नियम र अनुशासनको परिधिभित्र सिमांकृत र संकीर्ण थियो, तर नयाँ समयसँगसँगै पुरनो पर्वतेको कायाकल्प उपन्यासकार मूलवीर राईको सम्पादन कालमा सम्भव भयो । मैले त्यहि पर्वते मार्फत सम्भावना बोकेको राम्रा कविका रूपमा तीन दशकअघि नै चिनेको हुँ । मेरा अवकासको अन्तिम समयतिर उनको पहिले गीतीएल्वम ‘नजर’ सुन्ने अवसर पाएको थिएँ र दोस्रोचोटि उनी मेरो मानसमा गायक, संगीतकारका रूपमा पनि परिचित भएका हुन् ।हाम्रो बेलायत आगमनको साक्षात्कारपछि मात्रै उनी कवि, गीत तथा संगीतकार मात्रै नभएर एक कुशल र दक्ष समाजसेवी अर्थात वहुप्रतिभाशाली व्यक्तित्वको रूपमा नजिकबाट चिन्ने अवसर पाएको हुँ ।

मैले कवितामा बिर्सिन नसकेका भगवान चाम्लिङः
समयले तीन दशकको फन्को मारेर यहाँसम्म आइपुग्दा चाम्लिङले तीनवटा गीती एल्वम क्रमशः नजर–२०४१, रहर–२०६० र सम्झे नजिक–२०६५ प्रकाशित गरिसकेका छन् । सम्भवतः ब्रिटिस गोर्खा सैनिक अर्थात लाहुरे कलाकारहरू मध्यमा गीती एल्वम प्रकाशन गर्ने उनी नै प्रथम हुन् र सबभन्दा धेरै एल्वम प्रकाशन गर्ने पनि । उनले आफ्नो काव्यिक चेतना र क्षमतालाई एक कुनामा थन्काएर संगीतमा यसरी लहसिए कि कुनै दिन आफूले कविता पनि लेख्थेँ भन्नेसम्म पनि विर्सिए । संगीत एक नशा हो भने काव्य झन् महानशा हो । तर उनलाई संगीतको नशाले मात्रै थिचिरह्यो । संगीतको नशामा गहिराई
छ । र काव्यको महानशमा गहिराई र व्यापकता दुवै छ । संगीत र काव्यको बारे यहाँ व्याख्या गर्न उपयूक्त नहोला । प्रकृतिले प्रदान गरेको विशेष गुणलाई मेरो व्रम्हले ठम्याउँदा चाम्लिङको गीतीकारित भन्दा काव्यकारिताको प्रखर सम्भावनालाई मैले मन पराएको हुँ ।

भगवान चाम्लिङको कवितामा पुन आगमनः
स्रष्टालाई प्रकृतिले नै एक विशेष बनाएको हुन्छ । त्यही विशेषता नै उसको सृजनात्मक शक्ति र क्षमता पनि हो । किनभने स्रष्टा वा कलाका रहर गरेर हुने विषय होइन । यहाँ चाम्लिङको गीतीकारिता र काव्यकारितालाई यौटै तूलोमा जोखेर हेर्नु न्यायोचित र यूक्तिसंगत नहोला । उनीभित्र निहित प्रकृतिको विशेषताको पहिचान गर्ने र त्यसलाई स्वकार्ने हो भने उनको काव्यकारिताको तूलो गह्रुङ्गो हुने देखिन्छ तर यसको अर्थ उनको गीतीकारिता दुर्वल र काव्यकारिता सवल भन्न खोजिएको होइन । यहाँ उनलाई प्रकृतिले प्रदान गरेको एक विशेष क्षमताको सहि पहिचान होस् भन्ने अभिप्राय मात्रै हो । तथापि उनले
गीतीकारितामा जति समय लगानी गरेका छन् त्यसका अनुपातमा काव्यकारिता न्यून देखिन्छ । तर पनि तीन दशक धुलो र माटोमा पुरिएको सुनजस्तो ‘मजस्तै मेरा कविता’ संग्रहमार्पmत उनको कविताको पुनः उत्खनन र पुनः आगमन रहर लाग्दो छ ।आशा गरौँ, कवितामा उनको पुनः आगमन काव्य जगतमा स्वागतयोग्य हुनेछ ।

कवि चाम्लिङको ‘मजस्तै मेरा कविता’सँग अन्तरसम्वादः
कवितामा उसको आफ्नै वाचाल शक्ति छ । भाषाको लालित्य समातेर कविता आफै बोल्दछ र पाठकको काव्यिक चेतनामा अर्थहरूको जागरण गर्दछ । त्यसैले काव्यको सन्दर्भमा अन्तिम निष्कर्ष निकालेर बोल्न कविताको निजत्वमाथि आक्रमण हुनु हो । म यहाँ चाम्लिङका कविताको निजत्वलाई छुन वा विथाउल्न चाहन्न । बरू उनको काव्यकारिताको प्रकृतिक स्वभाव र प्रकृतिलाई हेर्न चाहन्छु । त्यसो गरिँदा उनका कविताले बोलेको पक्षभन्दा कविता कर्म गर्दा उनले सारा जीवनमा देखेका, सुनेका र भोगेका दिनहरू चेतन अचेतनमा छेलिएका अदृश्य पाटाहरू दृश्यमा आउलान् कि ! भन्छु म । तर यसो गर्न
कविताकै माध्यामबाट कविको मनोविज्ञानभित्र प्रवेश गर्ने यौटा भिन्नै मनोवैज्ञानिक दृष्टान्तको निर्माण हुनु आवश्यक छ । त्यो यहाँ सम्भव नहोला ।

काव्यको मौलिक र विशिष्ट भाषा हुन्छः
कवि चाम्लिङले आफ्नो काव्यको मौलिक भाषाको निर्माण गरेका छन्, टेम्केझैं स्पष्ट र साप्सखोलाको पानीझैं संग्लो र गतिमय । कवितामा गति (हाप् र झाप् गर्दै पहाडी खोलाझैं बुर्कुसी मार्ने र छेउकुना गालेर हिँड्ने सिमको पानीझैं बग्ने कविताको भाषाले गर्दोरहेछ । उनको कविताको भाषाले सिमको पानी भन्दा साप्सुखोलाको पानीको गति नै रोजेको छ । कहिँ कतै स्वतस्फूर्त रूपमा चाम्लिङ माझमा कि रातमा बोलिने ठेट जनजिब्रोको भाषाको सटिक प्रयोग र चाम्लिङ संस्कृति र संस्कारबाट आएका प्रतिक र विम्वहरूको उचित समायोजनले उनका कविताको भाषालाई सौन्दर्यमय बनाएको छ ।

कवितामा काव्यिक चेतनाको विविधताः
नेपाली कविताको सवभन्दा दुर्वल र दिक्क लाग्दो पक्ष नै काव्यिक चेतनामा विविधताको कमी हो । सायद स्रष्टामा सारा जीवन र जगतलाई हेर्ने, बुझ्ने र सम्झिने दृष्टान्तमा व्यापकता नहुँदासम्म यस्तै हुन्छ होला । तर आश्चर्य लाग्दो गरिकन कवि चाम्लिङ काव्यिक चेतनाका विविधता उनको कवितामा आएका छन् । तर उनको काव्यिक चेतनामा विविधता चेतनाबाट भन्दा अवचेतनाबाट नै स्वतस्फूर्त प्रकट भएका छन् । किनभने सृजनामा चेतनाभन्दा अचेतन शक्तिशाली हुन्छ । जो सोचेभन्दा र कल्पना गरेभन्दा पृथक स्वरूपमा प्रकट हुने गर्दछ । त्यहि कार्य भएका छन् उनको कविता कर्ममा । चाम्लिङका कवितामा काव्यिक चेतनाको विविधता अचेतनाबाट नै स्वतस्फूर्त प्रकट हुनु उनले भोगेका फरक जीवन, फरक भूगोल र परिस्थितिले भएका हुन् । त्यसैले काव्यिक चेतनामा विविधता उनको कवितामा प्रमुख शक्तिका रूपमा आएको छ । ‘मजस्तै मेरा कविताहरू’ संग्रहभित्र सत्चालीस थान कविताहरू सात प्रकारका काव्यिक चेतनाको विविधताले सप्तरङ्गी बनेका छन् ।

१. अतीत मोहः
विदेशमा रहेर सृजना गर्ने डायस्पोरिक स्रष्टाहरूमा अतीत मोह एक चेतनाकै रूपमा प्रखर रहेको पाइन्छ र
अहिलेसम्मका डायस्पोरिक सृजना अतीत मोहकै वरिपरि घुमिरहेको पाइन्छ । तथापी अतीत मोह चेतना डायस्पोरिक सृजनाको जग हो । डायस्पोरिक सृजनामा अतीत मोहको प्रखरमा डायस्पोरिक स्रष्टाभित्र गुज्रिँदो मनोवैज्ञानिक प्रभावको कारण हो ।

ती हुन् ,
(क) आफ्ना माटो र स्वजनसँग छुट्टिनुको पीडाबोध ।
(ख) विदेशमा आफ्नो अस्तित्व क्षयिकरणको भय ।
(ग) सुखको खोजीमा हिँड्दा दुःखको भासमा जाकिनुको पिडा ।
(घ) आफ्नो अस्तित्व रक्षार्थ दोहारो युद्ध वा संर्घषमा तनाव
(जस्तो आफ्नै देशसँग पनि आफ्नो अस्तित्व बोधार्थ संघर्ष गर्नुपर्ने र विदेशसँग पनि आफ्नो अधिकारका निम्ति लड्नु पर्ने ।
(ङ) असुरक्षा वा आफ्ना सन्ततीका भविष्यप्रतिको दुश्चिन्ता । यीनै मनोवैज्ञानिक कारणहरूको प्रभावले डायस्पोरिक स्रष्टामा
अतीत मोह चेतना प्रवल रहेको पाईन्छ ।चाम्लिङका १३ थान कविताहरू क्रमशः विर्सिएको वस्ती, मनोइच्छा, भूईमा घाम छरिँदै गर्दा, चिसो वतास, प्रयोजन छैन, जीवनसँग भेट, एउटा अण्डा फुट्यो, नखरा नगर, लालित्य गलाबाट, सारथी सहयात्री, आमाको पत्र, म अनाडी भएको छु, लबस्तरा र मेरो टेम्के अतीत मोह चेतनाले बनेका छन् ।

२. युद्ध प्रेम चेतनाः
युद्ध र प्रेम दुई विपर्यास भावार्थ बोक्ने शब्द संयोजनबाट कविता निर्माण गर्न चाहन्छन् कवि चाम्लिङ । वास्तवमा युद्ध र प्रेम एकअर्कालाई घृणा गर्दछ । ती दुईको मिलन संभव छैन, तर कवि कवितामा संभावना देख्दछन् । सो नै कविको अर्धपागलपन हो र उसको सामथ्र्य पनि । त्यसैले नवचेतना अग्रहको अनुच्छेद ८ ले भन्छ – काव्य अर्धपागलपनको अभिव्यक्ति र भ्रमको पुनः उत्पादन हो ।

हेरौँ कविको एक कवितांशः
अव यी नदीहरू
राता, हरिया। पहेँला, कलेजी
रङ्गी विरङ्गी पगुन्……। (सुनमाया)
तिमीले बिर्सेपछि
म फूलको प्रचण्ड पीडाले सुकेर
मरूभूमी भएको छु ..। (तिमीले बिर्सेपछि)
यहाँ नदी र हिमालका रङ्गहरू जातीय स्वत्व चेतनाले जागृत छन् र कविले २५० वर्षदेखि उनको मानसमा गुज्रिँदो भिषण युद्घको दावानललाई अचेतनामा दमन गरेका छन् र चेतनामा सुनमायासँग प्रेम बोलेका छन् । परन्तु उनको अचेतनामा गुज्रिँदो भिषण आँधीहुरी कविताका हरेक शब्दको पाश्र्वधुनमा स्पष्ट अनुभू गर्न सकिन्छ । यही ने कविको सामथ्र्य हो । युद्घ प्रेम चेतनामा उनको सात थान कविता क्रमशः सुनमाया तिम्रो र मेरो अन्त्येष्टि, सिकारी र बाज, आशिर्वाद, तिमीलाई गीत बनाउँदा, शितको आगमन र तिमीले बिर्सेपछि रहेका छन्

. राजनीतिक चेतना
देशको राज्यव्यवस्थाको सही व्यवस्थापन र जनताको हक–अधिकारको सुनिश्चितता सहित भविष्यको जिम्मेवारी राजनीतिले लिने भएकाले राजनीति सबैको चासो र चिन्ताको विषय हुने गर्दछ । त्यसमाथि अहिले नेपालको राजनीति संक्रमणकालीन अवस्थामा गुज्रिँदो छ । संविधानको व्याख्या गर्दै असंवैधानिक हर्कत गर्नेहरूको विगविगी । न्यायको दुहाई माग्ने अपराधीहरू । समग्रमा राजनीति र राजनैतिक नेताहरूलाई सहि दिशातर्पm लैजान जनतामा जागरणका निम्ति सृजनामा राजनीति चेतना आवश्यक छ । कवि चाम्लिङका आठ वटा कविता – घट्दैछ सिमाना, आडम्वरी नेता, जव मेघ गर्जेपछि, सूचना, ताराहरूको देश, विभत्स खोटाङ र सोलु सल्लेरी, मन लाग्छ र ढेडू र भ्यागुता राजनीतिक चेतनाले जागृत छन् ।

४. जातीय एवं सांस्कृतितक चेतनाः
आदिवासी जनजाति स्रष्टाहरूको सृजनाको मौलिकताको निर्माणमा जातीय एवं सांस्कृतिक चेतना र नश्लिय बोधले प्रमुख भुमिका निर्वाह गरेको छ । यहि चेतनाले हिजोको सृजनामा एकात्मकता र केन्द्रीयताको विघटन र बहुलता र विकेन्द्रीयताको स्थापना गरेको छ । निश्चय पनि यसको श्रेय सृजनशिल अराजक कविहरूलाई जानेछ । कवि चाम्लिङका दुई थान कविता–फाटेको दौरा र ओमेजन नदी, जातयि एवं सांस्कृतिक चेतनाले निर्मित छन् ।

५. समसामयिक चेतनाः
मनिस जन्मदेखि मृत्युसम्म समयसँगसँगै हुन्छ । जन्मिन्छ, हुर्किन्छ, वयस्क हुन्छ, वृद्घ हुन्छ र मर्छ समयसँगसँगै । समयले नै मानिसलाई सबथोक सिकाउँदछ, भोगाउँदछ र चेताउँदछ । समय मानिसको सबथोक हो । मानिसबाट समय निकालिदियो भने ऊसँग केहि पनि हँुदैन । त्यसैले समयसँगको निकटताले समसामयिक चेतना मानिसमा अधिक छ । कवि चाम्लिङका ६ थान कविताहरू केश फुलेपछि, गलत प्रकृतिको उपज, लस्करै मान्छेका पाईलाहरू, भरिया दाई, परिवर्तन र डाँडामाथिको जून घाम समय चेतनाले निर्माण भएका छन् ।

६. पर्यावरण चेतनाः
भगवान चाम्लिङ संभवतः नेपाली साहित्यमा पर्यावरण वा प्रकृति चेतनामा कविता लेख्ने प्रथम स्रष्टा हुन सक्दछ । किनभने नेपाली साहित्य प्रकृति वा पर्यावरण छ । यसको कारण के हो भने आजतक हामीले यौटा मिथ्यालाई सत्य मानिरहेको अवस्थाा छ । त्यो हो प्रकृति अर्थात ढुङ्गामाटो, जलवायु, वनस्पति, जनावर, पंक्षी, किराफट्याङ्ग्रा सब मानव उपभोगका निम्ति हुन् । यसरी मानवजातिलाई प्रकृतिको सम्पुर्ण केन्द्रीयसत्ताका रूपमा मान्ने सिद्घान्तको निर्माणले मानव प्रकृतिको राजा हो भन्ने मिथ्य धारण छ । वस्तुतः त्यो सत्य होईन । हो भने मानव प्रकृतिको दोहन गर्न सक्दछ । आजसम्म विज्ञानले भौतिक विकासमा देखाएको सामथ्र्य प्रकृतिको दोहनबाट नै संभव भएको हो । परन्तु यसको अर्थ मानव प्रकृतिको राजा होईन । प्रकृति स्वयम्मा सम्राट हो । उसको कोही मालिक छैन । बरू मानव प्रकृतिको नियन्त्रणमा छ । र प्रकृतिको नियममा आवद्घ छ । यति हो–मानव प्रकृतिको दोहन गरेर बाँच्दछ । तर प्रकृतिको दोहन भनेको पर्यावरणको क्षयिकरण हो । पर्यावरणको क्षयमा प्रकृतिले आफ्नो स्वभाव देखाउँदछ, जतिखेर प्रकृतिले निम्त्याएको प्रकोप वा प्रलयलाई मानव रोक्न सक्दैन, सहन र स्वीकार्न मात्रै सक्दछ । त्यसैले नेपाली साहित्यमा पर्यावरण चेतनाको विकासको आवश्यकता एक नविन चेतना हो । कवि चाम्लिङले प्रकृति वा पर्यावरण चेतनामा २ थान कविता–वनस्पति प्रेम र महान कलाकार बनाएका छन् ।

७. डायस्पोरिक चेतनाः
डायस्पोरिक चेतना कवि चाम्लिङको सृजना शक्ति हो किनभने विदेशमा रहेर सृजना गर्ने डायस्पोरिक स्रष्टाहरूको शक्ति नै डायस्पोरिक चेतना हो । यसले नेपाली साहित्यमा मौलिक विशेषता र महत्व स्थापना गर्दै एकछत्र प्रभाव राख्नेछ । तर त्यसका निम्ति डायस्पोराका डायस्पोरिक सृजनाको मौलिक स्वत्वलाई चिन्न र बुझ्न सक्ने क्षमता राख्ने नविन चिन्तनको विकासको अपरिहार्यता छ ।

यहाँ कवि चाम्लिङको डायस्पोरिक चेतना अवचेतना नै स्वतस्पूmर्त प्रकट भएका छन् । उनका ६ थान कविताहरू असफल प्रयास, विन्टरमा बेलायत, थेम्स नदिको किनाराबाट, बेलायतको समुन्द्र…., ओडशी सुन्दरी र कोर्टमार्शल र काँचो मासु डायस्पोरिक चेतनाले सवल छन् । उनको हरेक कविताका शब्दको पछिल्तिरको भागमा उनको पाश्र्व जीवनको संघर्षमय छायाँ स्पष्ट देख्न सकिन्छ । यो नै कविको सामथ्र्य हो ।

अन्त्यमा, सर्पले सर्पको खुट्टा देख्छ भन्ने हाम्रो उक्ति छ । त्यो नै यौटा स्रष्टाले अर्को स्रष्टाको काव्यिक क्षमतालाई बुझ्न सक्नु अन्यथा नहोला । म पुनः स्मरण गर्न चाहन्छु कि स्रष्टालाई प्रकृतिले नै एक विशेष बनाएको हुन्छ । त्यो विशेषतालाई स्रष्टाले आपूmमा पहिचान गर्नसक्नु पर्दछ, नत्र उसको प्रतिभा खेर जान्छ । कवि चाम्लिङको कविता सृजनामा त्यो प्राकृतिक विशेषता पाईन्छ । तथापि उनको ‘ मजस्तै मेरा कविताहरू’ संग्रहभित्रका सम्पूर्ण कविता सवल छन् भन्ने होइन । अधिकांशले उनको
काव्यिक क्षमताको संभावना देखाएका छन् ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *