माघ ७, यालाखोमा । ‘घर त हामी डाँडाभरि सेतै बनाउँछौ । बाटो पनि बनाउँछौ गाडी हिड्ने । स्कूलहरु पनि बनाउँला । पुल पनि बनाउँला लुरुलुरु सहजै नै नलडीकन, नखसीकन हिड्न सक्ने । तर हिड्ने मान्छेको मन चोखो भएन भने । चोखो पार्न सकिएन भने । स्वस्थ बनाउन सकिएन भने हाम्रो समाज अगाडि जाँदैन । मन र मस्तिष्कलाई चोखो, स्वस्थ र सबैको लागि राम्रो हुना, बनाउनको लागि उनीहरुको मानसिकतामा फेरबदल ल्याउनका लागि साहित्य र साँस्कृतिक रुपान्तरण अत्यान्त महत्वपर्ूण्ा कुरा हो ।’ कोइँचको महान चाड शाँदार पिदार : एक अदेखा मुक्दुमी सत्य विमोचन गर्दै प्रमुख अतिथि नेपाल प्राज्ञ प्रतिष्ठानका कुलापति प्राज्ञ वैरागी काइँलाले अगाडि थप्नु भयो, ‘आज अर्को एउटा पुस्तक विमोचन गर्ने अवसर दिनु भयो । कोइँचको महान चाड शाँदार पिदार । यो अत्यन्तै महत्वपर्ूण्ा पुस्तक देखा पर्यो । वास्तवमा हामीले आफ्नो जातित्वमा भएका रितिथिति संस्कार मिथकहरु, र अनुष्ठानका विषयका यस्ता कुराहरु लिपिवद्ध गर्ने, अभिलेख राख्ने काम गर्न सक्यौं भने अत्यन्तै ठूलो काम हुन्थ्यो । हाम्रोमा विदेशीहरुले त उहिल्यैदेखि गरे । मलाई लाग्छ खोज्दै गयो भने सुनुवारको वारेमा पनि वि.एच.हड्सनले उहिल्यै नै १८४६ अगाडि नै विभिन्न जातिको अभिलेख बटुलेकोमा सुनुवारको पनि हुनसक्छ । लिम्बुको त धेरै अघात सामग्रीहरु बटुलेका छन् । नेवारको बौद्ध ग्रन्थ सम्बन्धी संकलन प्रशस्ता छन् । लिम्बुले मुन्धुम भन्ने तपाइँहरु मुक्दुम भन्नु हुँदोरहेछ । भनेका सुनेका आफ्नो कथालाई यसरी संकलन गर्नु ठूलो कुरा हो । यो आफ्नै कहानी हो । आफ्नै पुखाको कथा हो । आफ्नै समाज विकासको कथा हो यो । हामीले पुजेका देउताहरु हाम्रै पित्री हुन । त्यसैले हामीहरु आफुलाई पितृपूजक भन्छौ । हाम्रै पितापर्ूखाहरु तीस-चालीस पुस्ता अगाडिका आज देउतातुल्य भएका छन् र आज पुजा गरेका छौं । शिर उठाउँदा होस् वा अन्य काम गर्दा होस् । हामीले मानी पूजी आएका देवता हाम्रै पूखाहरु हुन् । जसले देवत्व प्राप्त गरेर आफ्नो जाति, समाज र भविश्यको लागि ठूलै बहादुर, ठूलै काम, ठूलै उदाहरण छाडेर गएका थिए । मलाई लाग्छ हामीहरुको सबै कथाहरु उस्तै हुन् । सबै कथामा हाम्रो जातिहरु कुन ठाउँमा थिए । कुहाँ झोरफँाड गरेर बस्यो ? सन्तान बढेपछि कति भाई भयौं ? हामी चारपट्ट छुटियौं – बसाइँ र्सर्ने प्रक्रिया शुरु भयो । मानवशास्त्रीहरु यसालई ग्रान्ड माइग्रेशन न्यारेटिभ माइग्रेशन भन्छन् । अत्यन्तै सान्सार भरि यसरी छरष्ट भएको छ । एक ठाउँ जनसंख्याको अत्याधिकता बढेपछि अट्दैन । खानु पुग्दैन । तरुलले पुग्दैन । गिठाभ्याँकुरले पुग्दैन । चराचुरुङ्गी पनि कम हुन्छ । उनीहरुले पनि खानुपर्यो । ती जस्तै छरष्ट भएर जाने क्रमले अनि एउटाको वंशजले विभिन्न कुलमा परिवारमा विभाजित भएर जान्छ । डाँडाकाँडा खोलानाला तर्दै जान्छ । नाग्दै जान्छ । अर्को ठाउँमा सेटल हुँदै जान्छ । त्यस्तै कथाहरु आउने हो । त्यसै गर्नेहरुलाई हामी एकादिन हाम्रो अगुवा हुनालाई स्वीकार गर्यौं । कसैले फेदाङ्वा भन्ला । कसैले नाअसो भन्ला । कसैले यावा भन्ला । कसैले नाक्सोङ भन्ला । कसैले साम्बा भन्ला । भन्दै जाने हो । उनीहरुले देखाएको बाटो हामी पच्छाएर कसरी आफ्नो कल्याण हुने ? कसरी आाफुलाई पितृत्मा आइपर्ने भूत-प्रेत, सिहेँ-सिण्डी जीवितै राख्दै जाने हो । यो कथासँग आफ्नो-आफ्नो जातिको कुलको वंशको, त्यस मध्येमा पनि आफ्नो परिवारको कथा गाँसिने हुनाले यिनको संकलन सामाजिक हिसावले, साँस्कृतिक हिसावले, मानवशास्त्रीय हिसावले, नृतत्वशास्त्रीय हिसावले, साहित्यिक हिसावले, दर्शनशास्त्रीय हिसाबले अत्यन्तै महत्वको हुन्छ । अतीतको कामलाई यर्सअर्थमा महत्वपर्ूण्ा मान्नु पर्छ र यसलाई पुस्तकाकार रुप दिने चुप्लु समाजलाई ।’
उक्त समय दालमान अक्षयकोषले चुप्लु समाजद्वारा प्रकाशित कविद्वय थारिथिमलो क्याब -दिलकुमार सुनुवार) र क्याब नाइलु -प्रेमकुमार सुनुवार) लाई रु आठ हजार नगदसहित दालमान पुरस्कार-२०६३ प्रदान गरेको थियो । साथै विगत एक दशक आधा समयदेखि कोइँच भाषा, संस्कृति संरक्षणमा योगदान पुराएका कोशाकार लोकप्रिय सुनुवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । लगभग छ वर्षअगाडि स्थापित अक्षयकोषले अहिलेसम्ममा निरन्तर पाँच वटा पुरस्कार वितरण गरी सकेको छ ।
साभार-सुनुवार डट ओआरजि समाचारदाताबाट ।