यतिखेर नेपाली साहित्यमा ‘उत्तरआधुनिकता’ अत्यन्त चासो र चर्चाको विषय बनेको छ । अङ्ग्रेजीको एबीसीडी पढेकै भरमा आफूलाई पाश्चात्य चेतनाका आधिकारिक विद्वान् प्रमाणित गर्न खोज्नेहरूको चर्को स्वर कार्यक्रमहरूमा सुन्न पाइन्छ । उनीहरू समग्र साहित्यलाई उत्तरआधुनिक चेतना र चिन्तनका प्रसारमा प्रवाहित ठान्दै हल्ला मच्चाइरहेका छन् । जसले त्यसलाई शङ्काका दृष्टिले मात्र हेर्छ, तिनलाई पाखे, अज्ञानी र पश्चगमनका मतियार घोषणा गरिरहेका छन् । आमसञ्चारका सशक्त माध्यमहरू पनि उनीहरूका लागि वरदान साबित भएका छन् । अर्कातिर भाषिक पहु”चमा कमजोर रहेकाहरू उत्तरआधुनिक नाम सुन्नासाथ हुरुरु सभामा पुग्छन् र प्रश्नका पर्रा छोड्न थाल्छन् । यस्तो अवस्थामा प्रगतिवादी खेमाका केही विद्वान् साथीहरू तिनको प्रतिरोध र प्रतिकारमा गहन अध्ययन तथा विश्लेषणका सामग्रीहरू पस्क”दै श्रम र समय नष्ट (?) गरिरहेछन् ।
समाजमा जुन कुरा प्रवेश भइसकेको छ, त्यसलाई नाङ्लो ठटाएर तर्साउन सकिन्न । यदि त्यसको अस्तित्व नै यहा” छैन भने आफूले राम्रा सिर्जना गर्न छोडेर अमूत्र्त शब्दमाथि जाइलाग्नुको कुनै तुक देखि”दैन । यसले गर्दा उत्तरआधुनिक विशेषणयुक्त समूह प्रचारका साथ ध्रुवीकरण हु”दै गएको छ र त्यसले सिधासाधा लेखक र पाठकमाथि अकारण रजाइ” गरिरहेको छ । यसलाई ‘काल्पनिक वितण्डा’ का रूपमा पनि अथ्र्याउन सकिन्छ । प्रगतिशीलहरू अहिले नेपालीमा उत्तरआधुनिता छ”दै छैन पनि भन्दै छन् र त्यसको कडा प्रतिरोध पनि गर्दै छन् । यो दोहोरो मापदण्डले गर्दा विरोधी बन्दाबन्दै हामी उत्तरआधुनिकताको ब्ल्याकहोलमा फस्दै गएका त छैनौ” ? प्रस्तुत लेखमा यसै सन्दर्भलाई लिएर उत्तरआधुनिकता र प्रगतिशीलताको साइनो खोज्ने प्रयास गरिएको छ । व्यवहार र सिद्धान्तमा समन्वय हुन नसक्ता प्रगतिशील साहित्यकार र साहित्यले कस्तो परिणति ल्याउ”छ भन्ने सामान्य निष्कर्ष पनि यसमा निकालिएको छ ।दोसो विश्वयुद्धपछि पाश्चात्य समाजमा उत्पन्न परिस्थितिको नाम हो उत्तरआधुनिकता । यो कुनै सिद्धान्त बनाएर व्यवहारमा लागु गरिएको विचार नभई तत्कालीन समाजको अध्ययनबाट, मानिसको चेतनको विश्लेषणबाट तयार पारिएको प्रवृत्तिहरूको निचोड हो । परम्परागत सौन्दर्यका नियमहरू अकाट्य छन् भनिरहेका बेला उक्त समाजले अपनाएका बागी व्यवहारको स्वीकारोक्ति यसमा पाइन्छ । त्यसैले उत्तरआधुनिकताले एकरूपता र एकल विचारमाथि प्रश्नचिन्ह उठाउ”छ अनि तिनलाई अर्कै विकल्पले प्रतिस्थापन गर्न सकिन्छ भन्ने मान्यता राख्तछ । शाश्वत सत्यलाई अस्वीकार गर्नु यसको विशिष्ट पहिचान हो । अतः उत्तरआधुनिकता जहिले र जहा” पनि साहित्य तथा समालोचनाको विरोधाभासी, शङ्कास्पद एवम् समस्याग्रस्त पद्धति रहिआएको छ । यसले समस्यालाई रहस्यमय बनाउ”दै लैजान्छ र पाठकहरूलाई पनि व्यक्तिगत चिन्तनका माध्यमबाट मात्र किताबी समाजमा प्रवेश गराउ”छ । यसले संसारलाई आफूमा सङ्कुचित गरेर हेर्न प्रेरित गर्छ ।
उत्तरआधुनिकताले अंशमा विश्वास गर्छ र सत्य पनि टुक्राटुक्री समूहका लागि फरकफरक हुन्छ भन्ने ठान्छ । यसको मुख्य कारण ज्ञानलाई आलोचनात्मक ढङ्गले परिभाषित गर्नु हो । यसमा ज्ञान परिवर्तनशील, आत्मपरक, अनिश्चित आकारको मात्रामा व्यक्त गर्न नसकिने तथा पक्रिया मात्र ठानिन्छ । यसका लागि यथार्थ सतही हुन्छ र इतिहास एकपक्षीय गफ हो । यी कुराले स्थापित सत्यलाई चलायमान मान्छन् र एकल मान्यतासित सहमत हु”दैनन् । त्यसैले माक्र्सवादीहरूले उत्तरआधुनिकतालाई विरोध गरेका हुन् । माक्र्सवादमा विश्वलाई नै एक ठान्ने सर्वहारावादी मानवतावादलाई मान्यता दिइन्छ । माक्र्सका सिद्धान्त द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादलाई शाश्वत ठानिन्छ । वर्गसङ्घर्षलाई क्रान्तिको प्रक्रिया ठानिन्छ र त्यसमा सर्वहारा वर्गको जित अवश्यम्भावी हुन्छ भन्ने मान्यतामा अग्रगामी पाइला चालिन्छ । माक्र्सवादका यिनै पक्षलाई उत्तरआधुनिकताले ‘महान् सत्य’ मान्छ र त्यसमाथि प्रहार गर्छ । इतिहासबाट पाठ सिक्ने तथा सामाजिक उत्पादन सम्बन्धलाई इतिहासको अनिवार्य विकास ठान्ने माक्र्सवादीहरूले उत्तरआधुनिकताको विमर्श स्वीकार गर्ने कुरै भएन ।हामी साहित्यलाई जीवनस”ग जोड्न चाहन्छौ” । जीवनका आकांक्षासित, सपनासित साहित्यको नाता रहेपछि लेखककोको प्रतिबद्धताको पनि हिसाब राख्छौ” । उसको विचार, जीवनपद्धति र पक्षधरताबारे चासो राख्छौ” । जाति, भाषा, लिङ्ग, क्षेत्र आदिका विभाजलाई वर्गको अधीनस्थ राखेर हामी सार्वभौम व्यवहार गर्छौं । यसैलाई उत्तरआधुनिकताले प्रहारको केन्द्र बनाएको हुन्छ । एउटा टुक्राको प्रतिनिधित्व अर्कोबाट हुन सक्तैन भन्नासाथ वर्गको कुरा ओझेलमा पर्छ । हरेक जातको छुट्टै, हरेक क्षेत्रको भिन्न र हरेक लिङ्गको अर्कै चाहना र अकांक्षा हुन्छन् । माक्र्सवादले तिनलाई एकसूत्रमा ल्याउन वर्गीयताको कुरा उठाउ”छ तर उत्तरआधुकिताले त्यो सूत्रलाई अस्वीकार गर्छ । यी त भए सैद्धान्तिक कुरा । अब नेपालीको परिस्थिति पनि हेरौ” ।हामीले माक्र्सवाद रूढ सिद्धान्त नभई सिर्जनात्मक छ भन्ने स्वीकार गरेका छा”ै र त्यसलाई व्यवहारमा लागु गर्न जनताको बहुदलीय जनवाद अङ्गीकार गरेका छा”ै । हामीले बहुदलीय प्रतिस्पर्धासहितको लोकतन्त्र स्वीकार गरेका छौ” र एकतन्त्रलाई स्थान दिएका छैनौ” । हाम्रो अर्थशास्त्रले पु”जीलाई सार्वजनिक हितका लागि अधिकाधिक उपयोग गर्ने नीति लिएको छ, केन्द्रीकरणका पक्षमा हामी छैनौ” । जाति, भाषा र क्षेत्रलाई स्वायत्तता दिएर देशलाई विकेन्द्रित गर्ने हाम्रो लक्ष्य छ । विश्व व्यापार सङ्गठनको सदस्यता वा मुद्राकोष र विश्वबैङ्कको उद्देश्य थाहा हु”दाहु”दै पनि हामी त्यसबाट मुक्त हुन सक्तैनौ”, ती हाम्रा बाध्यता भएका छन् । आमसञ्चारको पु”जीवादी प्रसारलाई रोक्न सक्ने सामथ्र्य अहिले कसैस”ग छैन भन्ने हामीलाई भलिभा”ती थाहा छ । पार्टीहरू अनेक स्वार्थबाट निर्देशित भएको यथार्थ हामी सजिलै स्वीकार गर्दछौ” । यी सबै परिदृश्यहरूले हामीलाई एकल विचारको अनुगामी देखाउ”दैनन् ।
शक्ति साना–साना टुक्रामा विभाजित छ भन्ने उत्तरआधुनिक मान्यता हामी पार्टीभित्रका पार्टीहरूमा देख्न सक्छौ” । हामीमा वर्गीय चिन्तन हराउ”दै गएको छ । जनताका आमसभामा बोल्न केही राजनीतिक शब्दावलीहरू हामीले अझै बिर्सेका छैनौ” तर तिनको अर्थमाथि हामी आफै”लाई विश्वास छैन । विस्तारवादी, साम्राज्यवादी, दलाल नोकरशाह पु”जीपति आदि शब्दका अर्थहरू फेरि”दै गएका छन् र तिनको प्रहार ‘बुम्रा”ग’झै” आफैमाथि फर्केर आउला भन्ने पनि हामीलाई डर छ । हामी कोकाकोला खा”दै विस्तारवादीलाई गाली गर्दछौ” । साम्राज्यवादलाई सत्तोसराप लगाउ”दै एन्जीओका झोला बोक्छौ” र चुलो तताउ”छौ” ।हामीस”ग आफूअनुसार समाज र संसारलाई हेर्ने दृष्टिकोण यति बलियो छ कि त्यसले हामीलाई कछुवाको खोलले झै” छोपिराखेको छ । अहिलेको नेपाली साहित्यले यही दृष्टिकोण अभिव्यक्त गरिरहेको छ । कताकति रूढ आवाज र चिन्तनको वर्षा पनि हुन्छ तर त्यो अलि कमजोर र बेमौसमको बाजाजस्तो लाग्छ । यदि माक्र्सवादले साहित्यलाई राजनीतिको वैचारिक हारियार ठान्छ भने यीे आडम्बर र ढो”गबाट मुक्त नभईकन कसरी सकिन्छ उत्तरआधुनिकतालाई परास्त गर्न ? अहिले हाम्रो मूलधारको राजनीति उत्तरआधुनितातिर र साहित्यको धार पुरानै ढर्राको सर्वहाराकरणतिर हि”डेका कारण पनि यो बिलखबन्द देखिएको हो ।
माक्र्सवादी सिद्धान्तअनुसार आधारले अधिरचनालाई प्रभावित गर्छ तर अहिलेको बौद्धिक विलासले जनताको जीवनपद्धतिसित खेलबाड गर्छ, अन्यथा उत्तरआधुनिकतामाथि माक्र्सवादीहरूका ग्रन्थहरू बजारमा देखिने थिएनन् । किताबको शीर्षकमा उत्तरआधुनिकता प्रदर्शन गरेर बिकाउ बनाउने प्रगतिशील प्रतिभालाई हामीले कसरी लिने ? बौद्धिक विलासको यो होडबाजी, हानथापी र तानातानीले त यथार्थवादीलाई पनि उत्तरआधुनिक कित्तातिर लैजाने पो हो कि भन्ने आशङ्का अहिले बढेको छ ।उत्तरआधुनिकता हाम्रो सन्दर्भमा महान् र उपयोगी छ भन्ने कदापि होइन । यसले मानवताको उपहास गर्छ अनि धनी तथा शक्तिशाली देशहरूलाई गरिब र कमजोर देशहरूमाथि दाइ” गर्न तार्किक हारियार प्रदान गर्छ । अहिलेका सन्दर्भमा आर्थिक सहयोग, वैचारिक प्रचार र सांस्कृतिक दबदबाका लागि सक्रिय रहेका आईएनजीओहरू उत्तरआधुनिकताका परिपोषक हुन् । यिनले शोषित जनताको आक्रोशलाई मानवअधिकार, वातावरण संरक्षण तथा जातीय–लैङ्गिक–क्षेत्रीय विभाजनतिर केन्द्रित गरिरहेका छन् । नेपालमा यिनको लगानीका क्षेत्रहरू हेर्दा एकीकरणतिर होइन, हाम्रा फुटहरूलाई कहिल्यै नभरिने घाउ बनाउन ती दत्तचित्त छन् । हामी उनीहरूको जुठोपुरो खाएर आपसमा लडिरहेका छौ” । हाम्रा बौद्धिक व्यक्तित्वहरू ‘कन्सल्ट्यान्ट’को लोभमा परेर उनीहरूकै बोलीमा लोली मिलाएर गरिब नेपालीहरूलाई ठगिरहेका छन् । अनि तिनै व्यक्तिहरू उत्तरआधुनिकतालाई गाली गर्दै आफूलाई खा”टी माक्र्सवादी प्रमाणित पनि गरिरहेका छन् । यो दोहोरो मापदण्डले के हामीलाई आडम्बरी, बोक्रे र नैतिक रूपले टाट उल्टिएको देखाउ”दैन र ? यस्तो जटिल परिस्थिति सामना गरिरहेको बेला उत्तरआधुनितालाई परास्त गर्न हाम्रो आफ्नै मति नुसुध्रीकन सम्भव छ र ? हामीले यसरी काम्लो ओढेर घिउ पिउन नछोड्दासम्म हामीस”ग उत्तरआधुनिकताको विरोध वा प्रतिकार गर्ने नैतिक बल एवम् अधिकार हुन्छ र ?
अहिले नेपाली सन्दर्भमा चलिरहेको उत्तरआधुनिताको बहस प्राज्ञिक क्षेत्रमा मात्र सीमित छ । त्यसैले यो बौद्धिक दृष्टिले आफूलाई टा”ठाबाठा देखाउन चाहने मध्यमवर्गका केही कोठेबुद्धिजीवीहरूले पाएको समयकटानीको उपयुक्त माध्यम मात्र हो । वास्तवमा उत्तरआधुनिकताले बुद्धिजीवीहरूलाई जनताका समस्यामा भन्दा पनि यस्तै बुद्धिविलासमा भुलाएर सङ्घर्षबाट टाढा राख्ने प्रयास गर्दछ । यसै भडखालामा प्रगतिशील लेखकहरू पनि नचाहीकनै फस्न गएका त होइनन् भन्ने आशङ्का यस लेखकलाई छ । आफै”ले मात्र बुझ्ने अलमलको भाषामा विवाद झिक्नु र समाधान खोज्नुको जनतान्त्रिक क्रान्ति र जनजीविकाको सन्दर्भभन्दा निकै परको काल्पनिक कुरा हो । यसले आफूलाई जनताभन्दा माथि पुगेर शासकीय वर्ग ठान्नेहरूलाई व्यक्तिगत सन्तुष्टि दिइरहेको छ होला, अन्यथा जनसाधारणसित यसको कुनै पनि साइनो छैन । प्रगतिशीलहरूले उत्तरआधुनिकताको बहसलाई अत्यन्त ‘हटकेक’ बनाइरहेका छन्, त्यस रूपको गहिराइमा प्रजातान्त्रिक भनिने लेखकहरू पुगेका छैनन् र पुग्न आवश्यक पनि ठान्दैनन् । आफैले भ्रममूलक हो भनी स्वीकारिसकेको वैचारिकतालाई ‘भ्रम’ सिद्ध गर्न हाम्रा बुद्धिजीवीहरूले गरिरेहको कसरत अनावश्यक मात्र छैन, यसले तर्कको दुरुपयोगमा हामी कति रुचि राख्छौ” भन्ने पनि देखाउ”छ ।ःनेपालीको वर्तमान समस्या के हो ? नेपाली जनजीवनले उज्यालोका लागि गरिरेहको सङ्घर्ष कस्तो छ ? बर्षामा मलको हाहाकार खपिरहेका किसानलाई वा चामल र औषधि नपाएर पिल्सिरहेका गरिब नेपालीहरूलाई हामीले के दिने ? यथार्थको धरातलमा टेकेर वास्तविक समस्यामाथि छलफल गरेर कार्यान्वयनमा अघि बढ्ने कि यस्तै काल्पनिक अलमलमा समय बिताउने ? के यस्ता तर्कहरूले जनताको संविधान बन्न सहयोग पु¥याउ”छन् ? हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउ”छन् ? जनतासित बुद्धिजीवीहरूको सहकार्य हुन्छ ? जबाफ खोज्दा यस्ता बहसले आधारसित कुनै सरोकार नै राख्दैनन् साथै समस्या समाधानका लागि कुनै तरिकाले टेवा पु¥याउन पनि सक्तैनन् । फ्रेडरिक जेम्सनका शब्दहरू सापटी लिएर उत्तरआधुनिकतालाई ‘वृद्ध पु”जीवादको सांस्कृतिक तर्क’ भनेर कति नेपालीलाई बुझाउन सकिन्छ ? नेपालमा आउ”दा त्यसले त्यही पाश्चात्य सन्दर्भ र उद्देश्य नै राखेको छ भनेर स्पष्ट पार्न पनि प्रायः असम्भव नै छ । यसैतर्फ निरर्थक प्रयास गर्दै प्रगतिशील फा”टले पनि ‘विश्व भूमण्डलीकरण’का सिद्धान्त र परिस्थिति घोकाएर उत्तरआधुनिकताको प्रतिरोध होइन, पक्षपोषण गरिरहेको निष्कर्ष यस लेखकले निकालेको छ । पाश्चात्य उत्तरआधुनिकताको विकास नेपालीमा सम्भव छैन किनभने त्यसका सम्पूर्ण तालाहरू खोल्ने सा”चो भाषाविज्ञानसित मात्र छ । र, नेपालीमा यसका पछि लाग्नेहरूमा भाषाविज्ञानको ज्ञान छैन भन्दा खासै फरक पर्दैन । अहिले भइरहेको चर्चामा त माक्र्सवादमा कम विकसित देखिने लैङ्गिकता, जातीयता, संस्कृति, मनोविज्ञान, सौन्दर्यशास्त्र, आमसञ्चार, वातावरण आदिको भूमिकालाई उग्र महत्त्वका साथ अगाडि ल्याइएको मात्र हो । यी कुरालाई प्रगतिशील फा”टमा लाग्नेहरूले अहिले देखावटी रूपले होइन, गम्भीर रूपले स्वीकार गर्नुपर्ने आवश्यकता पनि छ । त्यसैले अब उत्तरआधुनिकतासित तर्सेर अलमलिने होइन, तिनका ‘मुद्दहरू’लाई माक्र्सवादसित जोडेर हेर्ने बुद्धिजीवी र लेखकहरूको खा”चो हामीलाई छ ।
नेपालीमा जुन ढङ्गले उत्तरआधुनिक सिद्धान्तहरूको चर्चा भइरहेको छ र यसका अनुयायीहरू बढिरहेको देखिन्छ, त्यसका पछाडि इन्द्रबहादुर राईको लीलालेखनको निकै ठूलो हात छ । उनको लेखनको स्तरीयता र प्रतिबद्धताको भूमिकालाई उत्तरआधुनिकताको प्रवेशले निकै चर्चित बनाइदिएको हो । गोविन्दराज भट्टराई, कृष्ण धरावासी, नारायण वाग्ले आदिको लेखनले यसलाई झन् व्यापक बनाउ”दै कखग पढ्नेहरूसमक्ष पु¥याएको छ । त्यसैले उत्तरआधुनितालाई ‘हल्ला’ को संज्ञा दिएर मात्र प्रगतिशीलहरूले छुट्टी पाउने सम्भावना छैन । उनीहरूको समकक्षमा आउने स्तरीय कृति सिर्जना गर्ने र आमसञ्चारलाई आफ्नो हितमा उपयोग नगरी यसमा सफलता हात लाग्ने देखि”दैन । पु”जीवादका असफलतालाई देखाउन त्यसकै उपकरणहरूलाई प्रयोग गर्न सकियो भने हामी अघि बढ्न सक्छौ” । परम्परागत माक्र्सवादी शब्दावलीको रटाइबाट मात्र त यसको एउटा त्यान्द्रो गलाउन पनि सकिन्न । पछिल्लो समयमा नारायण ढकालको प्रेतकल्प र युग पाठकको उर्गेनको घोडाबाट हामीले गर्व गर्ने अस्त्र पाएका छौ” । प्रगतिशील फा”टमा उत्कृष्ट सिर्जनाबिना तर्कहरू मात्र गरेर पाठकलाई भुलाउन सकिन्छ कि भन्ने भ्रम अझै पनि छ । गोलमटोल भाषामा होइन, स्पष्टसित औ”लाले देखाउन सक्ने कृतिहरू हामीले सिर्जना गरौ” । अनि उत्तरआधुनिक बहसको भूमिका त्यसै न्यून ह”ुदै जानेछ । सङ्कुचित भएर पार्टीसाहित्य, पार्टीसमालोचना र निर्देशित लेखनमा मात्र लागेर हामी शास्त्रीयतावादी बनिरह्यौ” भने त उत्तरआधुनिकता हामीमाथि हावी हुने निश्चित छ । त्यसैले हामी कलात्मक र प्रभावकारी सिर्जना गर्नमा समय र श्रम लगाऔ”, उत्तरआधुनिकताको काग कराउ”दै गर्छ, प्रगतिशीलहरूको पिना सुक्दै जान्छ ।
साभार:— नेत्र एटम फेस बुकबाट
atomnetra@gmail.com