– हरि मानन्धर ‘विवश’

अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलको आयोजनामा अगस्त ४ शनिबार साँझ १४५ औ मोती जयन्ती भव्यताका साथ मनाइयो सोही अवसरमा कवियित्री दीप्स शाह को कबिता संग्रह “आगो” को बिमोचन च्याप्टरका अध्यक्ष र कवियित्री स्वयले सयुँक्त रूपमा विमोचन गरिएको थियो । उक्त कार्यक्रममा इजरायलमा रहनु भएका अन्य थुप्रै साहित्य अनुरागी तथा साहित्यलाई माया गर्ने साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नेपाली साहित्यका धरोहर तथा नेपाली आकाशमा गजललाई चिनाउनु भएका साहित्यकार मोतीराम भट्टको बारेमा परदेशमा रहेर नेपाली साहित्यलाई माया गर्ने साहित्यकार, कवि तथा कवियित्रीहरुले मोति जयन्तीका बारेमा प्रकाश पार्नु भएको थियो

कार्यक्रम मोतिराम को तस्वीरमा अनेसास इजरायल च्याप्टरका अध्यक्ष सुनिल सँगम र कबियत्री दीप्स शाहद्वारा सामुहिक दिप प्रज्वलन गरेर उदघाटन गर्नु भएको थियो भने च्याप्टरकै सदस्य तथा मेरो नेपाल द्वैमासिक पत्रिकाका सह-सम्पादक शंकर कुमार पौडेल (कुमार)द्वारा स्वागत मन्तव्य दिनुभएको थियो स्वागत मन्तव्यमा श्री पौडेलले घरदेशबाट पर रहेर साहित्य सिर्जनामा लागी पर्ने जुझारु साहित्यका अनुरागीहरुको योगदान को चर्चा गर्दै, लेखन यात्रा का शाहसिला कलमहरूले नयाँ लेखन र अनवरत साहित्यको यात्रामा नयाँ जोस जाँगर थप्ने कुरा बताउनु भएको थियो ।

उक्त कार्यक्रममा अनेसास इजरायल च्याप्टरका महासचिव तथा मेरो नेपाल द्वैमासिक पत्रिकाका सम्पादक कृष्ण थापा (कृष्णपक्ष)द्वारा कवियित्री दिप्स शाह नारी मनहरूबाट माथि उठेर विदशी भूमिमा कार्य व्यस्तताका वावजूद पनि आफ्नो साहित्य यात्रालाई निरन्तरता दिदै कविता सँग्रह आगो प्रकाशनमा ल्याउनु गर्भको कुरा भएकबो बताउनु भएको थियो । उक्त कृतिको परिचयात्मक शैलीमा आगो बिनास मात्र नभएर परिवर्तको सँकेत पनि हो जस्ले नारी चेतनाहरूलाई प्रकाशमा ल्याउने काम गर्ने आफ्नो बिचारमा पस्कनु भएको थियो । भने उक्त कार्यक्रममा इजरायल च्याप्टरका सल्लाहकार स्याम रोक्का तथा अन्य सदस्यहरू उमा सुवेदी, दिप्स साह र अन्य साहित्य अनुरागीहरू मनु लोहोरूङ तथा ऋतु गिरी लगायतले समेत मन्तव्य राख्नु भएको थियो । पहिलो चरणको कार्यक्रमलाई समापन गर्दै इजरायल च्याप्टरका अध्यक्ष सुनिल सँगमले मोतीरामका बारेमा थप प्रकाश पार्दै कवियित्री दिप्स शाहको कविता सँग्रह एउटा नारीवादी जुझारू समाजको परिवर्तनमा चेतनाको झिल्को “आगो”ले कविता लेखनमा थप प्रेरणा र उर्जा दिने बताउनु भयो

दोश्रो चरणको कार्यक्रममा उपस्थित सबै साहित्य अनुरागीहरूले आ–आफ्ना गजल तथा गीतहरु वाचन गरिएको थियो । स्मरण रहोस उक्त चरणको कार्यक्रममा रात्रीभोजका साथमा साहित्य सिर्जनाका रौनकताले सबैमा हर्ष र आनन्दले छाएको थियो ।

कार्यक्रम इजरायलको व्यस्त शहर तेल अभिवको भुमध्यसागर किनार होटल डान पानोरमाको अगाडिको पार्कमा आयोजना गरिएको थियो । नेपाली साहित्य अनुरागीहरू भुमध्यसागरको चिसो हावामा कार्यक्रमको त्यो साझपखको उपस्थितिमा अलग्गै तथा ऐतिहासिक अनुभुति गर्दै देश बाहिर इजरायलको खुल्ला आकाशसंगै साहित्यिक कार्यक्रम गर्न पाएकोमा आयोजक तथा सम्पूर्ण साहित्यप्रेमीहरू आनन्दित बनेका थिए । आगामी दिनहरुमा पुनः यस्ता साहित्यिक कार्यक्रमहरू मार्फत नेपाली साहित्यलाई विश्वभर चिनाउने विश्वास गर्दै सम्पूर्ण साहित्यिक कलमहरूले प्रवासी नेपाली साहित्यमा थप योगदान दिदै नेपाली आकाशमा यस्ता थुप्रै मोतीरामहरू जन्माउने विश्वास समेत राखेका थिए ।

रेडियोकर्मी तथा साहित्य साधक यश घिमिरेले आफ्नो उद्घोषणबाट उपस्थित सबै लाई मन्त्र मुग्ध स्वरमा थप रोचकता गर्दै दुबै चरणका कार्यक्रमहरू सञ्चालन गर्नुभएको थियो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *