(विचार) बोगीराम गोर्खा भन्डारी मेरो सपनाको गोर्खाधर्म
गोर्खाधर्म चिन्तन::समयको प्रयोजन::सामाजिक, व्यावहारिक समानता: विश्वव्यापक गोर्खाजातिको छुट्टै धार्मीक एकताको भिजन यो बनोस अविराम विश्व व्यापक मिशन:::::::::: “धर्म” शब्दको साहित्यिक अथवा शब्दकोशीय अर्थ पर्गेल्न तिर नलागे पनि पारम्परिक- रिती रिवाज तथा जन्म देखि मृत्यु सम्म पालन गरिल्याएक विधि विधानको समष्टि लाइनै धर्मको रुपमा बुझदा चाँही सहज होला । अर्को अर्थमा हेर्नुहो भने -सांस्कृतिहरूको समष्टिनै धर्म हो। तार धर्मले कर्तव्य पनि बुझाएको हुँदा ”कर्मनै धर्म हो, व्यक्ति स्वार्थबाट हटेर बृहत सामाजिक ,राष्टिय हित व परोपकार नै धर्म हो । तर धर्मले संसारको र प्रणीजगतको आविर्भाव सम्बन्धमा लि्खित अथवा कथित रूपमा विभिन्न महापुरूषहरुको युगजयी मतवाद र मान्यताहरू समेटेको हुन्छ्। भूक्षेत्र र कालखण्ड अनुशार तिनै महापुरूषहरुलाइ भगवानको रूपमा मानि ल्याएको पाइन्छ,यद्दपि आज सम्म कसैले परमपिता परमेश्वरलाइ भेटेको/देखेको छैन अनि उनको आकार प्रकार निर्क्योल गर्ने पनी कुरै आएन।तरपनि एउटा परमपिता परमेश्वर छ्न जो ब्रह्माण्ड्को कण कण्मा व्याप्त छन, जीवश्रेष्ठ मानिसको श्वासमा उनको आशिक निवास हुन्छ्। यही कारण तन्त्र मन्त्र, आशिक अथवा अभिशापको प्रभाव रहेको पाइन्छ । प्रसिद्ध भारतीय पेन्टर रवि वर्मा (वि.सं. १९०५–१९६३) ले ‘हिन्दू(सनातन?), भगवान’को काल्पनिक पेन्टिङ नगरेको भए वा ती पेन्टिङहरू मुद्रित, पुनर्म‘द्रित हुँदै प्रिन्टिङ उद्योगको भरपर्दो आम्दानीको स्रोतको रूपमा भारतीय बजारमार्फत गोर्खाराष्ट्र नेपाल नछिरेको भए गोर्खाहरूका ‘रैथाने भगवानहरू’का रूप कस्ता हुन्थे होलान् ? वा स्थानीय रूप–रङ, आकृति, वस्त्र वा दृश्य झ्ल्कने ‘ भगवान’ र हाल प्रचलित ‘भगवान’हरूको फोटोमा के समानता वा भित्रता रहन्थ्यो होला ? यी काल्पनिक प्रश्नले हाम्रो पूजाकोठामा पुजिंदै आएका हिन्दू देवदेवी कसरी, कहाँ, कुन उद्देश्यबाट जन्मिएर गोर्खालीका घर–घरसम्म भत्रे प्रश्नको उत्तर खोज्न सघाउँछ । हामी गोर्खाहरु सांस्कृतिक रुप ले सर्वसम्पन्न छौ,जस्मा हाम्रो त्रिकोणीय सांस्कारहरू एकाकार नभए पनि धेरैमात्रामा समेटिएको र एक अर्का सित नंग मासु सरहको सामिप्य रहेको पाइन्छ,भने थोरै मात्रामा केहि क्षेत्रहरुमा फरक पनि रही आएको छ। -------------------2> -2- वीर जाति गोर्खा भनेर विश्व परिचित हुनुमा- खस र मांगोलीयन जनसमूह्ले गठित गोर्खा महाजातिको उत्तिकै रगत पसिना बगेको छ ।हाम्रो वीर पूर्खाको छातिको रगत संसारको जता ततै चुहेको छ-कुनै धर्मको नामले होइन-हो त केवल “गोर्खा” को पहिचानले।हाम्रो त्यो बेहिसाप शहिद पुर्खाहरूको आत्माले सायद तब सम्म मूक्ति पाउने सम्भावना नहोला जब सम्म हामीले समुहीक रूपमा समेटिएर त्यो त्रिकोणीय संमिश्रित “गोर्खा धर्म विधि“ अनुशार यो गोर्खा महाजातिले विश्वभरी उनीहरुलाइ सम्मान सहित श्रद्धान्जली दिदैन्। किनकि हाम्रा त्यी शहिद पुर्खाहरू न हिन्दु थिए, न किराँत/मंगोलियन थिए, न त बौद्ध थिए-उनिहरू त केवल “गोर्खा” थिए। छेत्री,बाहुन,ठकुरी,वादी,कामी,दमाई,सार्की,मगर,थारू,तामाङ,नेवार,राई,गुरुङ,लिम्बू,शेर्पा,घर्ती/भूजेल,कुमाल,राजवंशी,सुनुवार,माझी,दनुवार,चेपाङ्,थामी,धिमाल,भोटे,डोल्पो,याक्खा/देवान,दराई,थकाली,पहरी,छन्त्याल,बरामु,जिरेल,दुरा,मुगाली,मेचे (बोड़ो), लेप्चा, किसान, तोप्केगोला, ल्होपा, राजी, व्यासी,मार्फाली थकाली, बार गाउँले, हायु,तीन गाउँले, ताङ्बे, वालुङ्, सियार, ल्होमी(शिंसावा), लार्के (नुपृवा), राउटे, ह्योल्मो, थुदाम, कुसुण्डा, सुरेल, छैरोतन, बनकरिया र फ्रि ।यी उपरोक्त जातिहरूको समूहनै हामी गोर्खा महाजाति हौँ । (यस अतिरिक्त नेपालमा थुप्रै जातिहरू बस्छन् तिनीहरू गोर्खा जाति हैनन् अपितु नेपाली नागरिक मात्र हुन)।सन्सारको विभिन्न देशहरुमा फैलिएर उतै जन्मिएर-हुर्किएको गोर्खा नव प्राजन्मले यी धेरै जाति उपजाति जनगोष्ठी हरूबारे नजानिकनै बिथोलि्दैँ छन। त्यसरीनै हामी हाम्रो सामूहिक र विश्वव्यापक चिन्तक/ गुरूको अभावले जतासुकै लेप्पास्सिदै छौँ। हाम्रो समुहको केहि राजनैतिज्ञरूले आर्य र अनार्यको गीत गाउँदै -सत्य,द्वापर,त्रेता र कलियुगको कथा रट्नूनै सर्वोपरी ठान्दै मरिहत्ते गरेको पाइन्छ भने प्रत्योत्तर स्वरूप दोस्रो समुहको केहि राजनैतिज्ञरूले उसरीनै किराँत र अकिराँत छुट्ट्याउदैँ महाजातिलाइ टुक्र्याउने तर्फ दुस्प्रयास चलाएको अनु्भव हुन्छ्। यी दुवै बाट प्रताढ़ीत तेस्रो समुह चैँ फेरि उस्तै जेरूजलमको कथा तर्फ लम्किदैँ गरेको पाइन्छ। विश्वको बीर महाजाति गोर्खालाइ टुक्र्याएर आफ्नो विस्थारवादि नीतिको मायाजालमा महाजाति मास्ने षडयन्त्र हरूप्रति बिचार गर्ने र त्येस बाट उक्सिने - एकिकृत बृहत जातिय चिन्तनको अभावनै हाम्रो मूल दुर्वलता हो भन्छु म त।बुद्धिजीवि-बुद्धिजीवि भनेको सुनिन्छ- सायद, साहित्यकार पत्रकारवर्ग त्यसभित्र पर्दोहुन, र उनिहरूको कलमले यी कुराहरू उकेलेको हुनु पर्थ्यो होला । तर त्यस प्रकारको चिन्तनयुक्त विचार प्रधान लेख आज सम्म पढन पाएको छैन, अवश्य आफुले धेरै स्वभाषी पत्र-पत्रिका अध्ययन गर्ने सुविधा र औसर नमिलेर पनिपो होलाकि ! ---3> -3- हामी गोर्खाहरू मूलत- हिन्दु (सनातन ?),किराँती र बौद्ध धर्मी भएता पनि आफुभित्रै प्रचलित आ-आफ़्नो सामाजिक भेदभावादिको प्रथा र स्वतन्त्र त्रिकोणीय गोर्खाधर्मको अभावको कारण्ले वर्तमान सहज सरल पाइएको ख्रिष्टीयन धर्म तर्फ गोर्खाहरु धावमान भएको पाइन्छ्। यो परिवर्तनशील समाजमा हाम्रो मान्यताहरूलाइ समयानुकुल उन्नित गर्ने व्यापक प्रयास गर्नुको साटो अन्य धर्मतर्फ धावमान हुनुपनि जातीयहितकारी हुन सक्तैन, यद्दपि ठाँउ- ठाँउमा बाध्यता पनि मान्नु पर्ने स्थिति देखिन्छ। हामी विश्वको विभिन्न देश/ठाँउमा विभिन्न परिवेश र संगतमा बाँच्न बाध्य छौँ।हामी आपसमै समेत विधि विधान तथा मानसिकतामा अमिल रहनुको कारण-मर्दा-पर्दा हामीले/हाम्राले-छिमेकी सांख्या गरिष्ठ्को अनुशरण गर्न वाध्य छौ। यस प्रकार हाम्रो आपसि हठकारीत, र सुधारमुलक चिन्तनको अभावले क्रमश विभिन्न तर्फ विलिन हुँदै जानु पर्ने स्थितिहरु हामी र हाम्राहरूलेनै सृजिदै आएको हौँ-भन्दा अत्योक्ति नहोला। त्यसैबिच नयाँ-नयाँ आविर्भाव भै रहेका गुरूहरूको पछि लाग्दै यथार्थमा हामी बिल्लिबाठ हुन लगे जस्तो अनुभवले तीन बर्ष अघि मासिक पत्रिका सपरिवारमा र मित्रवर खिलानाथ अधिकारी द्वार सम्पादित जागुन बाट प्रकाशित ‘तिहार’ स्मृतिग्रन्थ सम्झौटोमा “खै किन हो किन ?” शीर्षक लेख पठाएको र प्रकाशित भएको पनि थियो।“मेरो भगवान-मेरो धर्म” शीर्षक कविता डः खगेन शर्मा र रोहित गौतमको सम्पादनामा प्रकाशित अनुभवको साइनो कविता सांग्रह र सप्रिवारमा पनि प्रकाशित भएको पनि थियो।यही धाराको शीर्षक मननै त मन्दिर हो अर्कोलेख –कृष्णराज संग्र्यौला, अर्जुन उप्रेति र तिलक ओलिको सम्पादनामा बिटिएडी बाट प्रकाशित हाम्रो आवाज पत्रिकामा प्रकाशित भएका सम्झना त आउँनेनै भयो। गत जनवरी महिनाको सपरिवारमा कनकधारा गुरूज्युको लेखले यो निर्धारित विषयमा यो मनले सोचेको र खोजेको खोराक पायो। गुरूज्युको उल्लेखित विचार प्रधान लेखमा धेरैकुरा उसैगरि समेटिएकै छ्न, तस्मात फोन सम्पर्क बाट पनि व्यापक लक्ष चिन्ताधाराको सामन्जस्यले सारै हर्षित भयो भित्री मन। गुरूज्युबाट थाहा लागे अनुशार प्राय दस वर्ष अघिनै वहाँको अगुवाइमा सिलगडीमा यस विषयमा चिन्तन सभा पनि बसेको थियो। यद्यपि चाहत अनुरुप परवर्ती कदम अग्रशर हुन सकि रहेको थिएन।->>>>>>>>>4>>>>> -4- धेरैबर्ष अघि “गोर्खाधर्म प्रचारिणी समिति” नामक संस्था पनि बनारस तिर घुस्रिएका अग्रजहरूले चलाएको थिए तर त्याहपनि षढयन्त्र गरि सो संस्थालाइ “नेपाली विद्याधर्म प्रचारिणी समिति” पारेको भन्नेकुरा चर्चामा छ। समग्रमा हेर्दा हामी गोर्खाहरूको छुट्टै धर्म थियो र त्यी देवि देउता हरूलाइ चैँ देउताकोठामा औँसी-पुर्नीयामा धुप हाल्ने गरेर-फेरि पुजाकोठा भनेर अर्काखाले अनगन्ती भगवानलाइ घण्टि बजाएर बोलाउने कुरालै खोजमेल गर्दा केहि त प्रष्टिएला कि ! “मेरो मनको गोर्खाधर्म “ बारेमा दुई चार अक्षर लेख्ने अघि ने:सा:प: पान्जाबारी शाखा गुवाहाटीले, तीन-चार बर्ष अघि = सपरिवार, हाम्रोध्वनि,देशवार्तामा सर्वेक्षण पत्र प्रकाशित गरेको झझ्लको आयो। साथैमा बिटिएडी तिरका का छ्न्दोबद्ध कवि छविलाल उपाध्याय र गुवाहाटीका ँपिताम्बर गुरूगं सरको पनि यसतर्फ केही चिन्तनयुक्त लेख ( प्राय प्राय 5 बर्ष अघि प्रकाशित) पढेको याद आयो र उहाँहरूको सादर सम्झना सहित निम्न प्रकारले आफ्नो मनको बोझ बिसाइयो : 1) हाम्रो उपरोक्त सवै जाति-जनगोष्ठिहरुको मूलभुत संस्कृतिहरूको छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेर, बृहत जातीय चिन्तन, सामाजिक व वैज्ञानिक पाराकष्टाले समेत जाँच- अध्ययन गर्दै गर्दै थपघट गरेर= एउटै गोर्खा संस्कृतिको विकाश गर्ने- 2) त्यस्को लागि समस्थ जाति-जनगोष्टिहरुबाट विज्ञ अग्रणी व्यक्तिहरूलाइ लिएर पहिले पत्रचार/सन्चार माध्यमले र फेरि सेमिनार वर्कशप, विषयमाथि कार्यपत्र पाठ गर्दै- अन्तराष्ट्रिय सन्गोष्टि आदि गरेर- हामी गोर्खा महाजाति भित्र यद्यपि विद्यमान छुत-अछुत भेदभावको पूर्णतह उन्मूलन गर्दै-जातिय समानताको स्थापना गर्ने-र हाम्रो मौलिक र प्राकृतिक धामी मुन्धुमले समपन्न गरिने – 3) हामी सवैले पालन गर्दै आएका-जन्म देखि मृत्यु सम्म पालन गर्दै ल्याइएका विधि विधानहरूको पुनरावलोकन गर्दै –विश्वका अन्य धर्मालम्बीहरूको सो विधि विधानहरूको पनि तुलनात्मक अध्ययन चिन्तनको प्रयोजन । 4) ईसाइ धर्मीहरूले जस्तो मनन अध्ययन गर्दै – पूँजी/कोश निर्माण गर्छन, जस्तो अनुशासन व प्रशासनिक प्रणालीले-शिक्षा,स्वास्थ सेवा्मा सेवा पुर्याउँदै-आफ्ना अग्रज चिन्तक सन्तहरूको नाममा-स्कुल कलेज,अस्पतालादि निर्माण व सन्चालन गर्दै आउनुको साथै-आफ्नो धर्मको प्रचार प्रसार गर्दै आएको छन-सोहि अनुरूप “गोर्खाधर्म” को लक्ष उद्धेश्य हुनु। ->>>>>> 5>>>>>>>>> -5- 5) श्रृष्टिकथाको सन्दर्भमा-‘पारुहागं र सुम्निमाको’ कथालाइ मूलश्रोतमा लिने ।आराध्य देवी-देवताको रूपमा-‘आदम-इव/शिव पार्वती’को स्थानमा -‘पारुहागं र सुम्निमालाइ स्थापना गरेर उनिहरुको अशंको रुपमा-गौतम बुद्ध र गोरखनाथलाइ लिने। ठाकुर अनुकुल चन्द्रको नाममा दैनिक प्रार्थना गरेर देउघर बिहार गुरू दक्षीणा/‘ईष्टभिती’ गोर्खाधामको निम्ती अर्पण गर्ने।यसरी संग्रहीत रकम यहाँ उल्लेखित जातिहितकारी कार्यहरूमा उपयोग गर्ने। यस क्षेत्रमा ईसाइ धर्मको प्रसाशनिक ज्ञातागणले स्वजाति-स्वाधर्मको हितार्थ उताबाट सिस्टेम आयात गर्दै लेख प्रकाशित गरेको स्वागत योग्य हुने छ। 6) उपरोक्त कार्यहरू सम्पन्न गर्दै -“गोर्खाधर्ममा” पुरेत/लामा/बिजुवा/प्रचारक/संरक्षक हुनुको निम्ति पुरै जातीय चेतनायुक्त प्रशिक्षण पाठ्यक्रमको निर्माण गरिनु र त्यो पाठ्यक्रम अध्ययन गरेर उत्तीर्ण भएपछि निरधारीत क्षेत्रमा जनसेवा-जातिसेवा-मानवसेवा आदिकार्य “गोर्खाधर्मको उपरोक्त सेवकगणले गर्न वाध्य हुनु- 7) “गोर्खाधर्मको उपरोक्त सेवक हुनुको निम्ती चयन जाँचमा प्रवेश गर्न निम्नतम शैक्षिक योग्यता बि ए/ बि एस सि स्थरको हुनु अनिवार्य ।एउटै सराबरीको जात गोर्खा भए पछि –पुजा आजा-जातिय सामाजिक विधि-विधान सम्पन्न गर्ने कार्य कुनै प्रचलित बर्गको मात्रै भएर रहने छैन। 8) विषेश गरेर- यो बुंदा सातले भारतमा सम्पूर्ण गोर्खाहरूलाइ अनुसुचित जनजातिको संविधानिक दर्जा दिनुपर्ने र सिक्स्थ स्याड्ल अन्तर्गत ‘गोर्खाल्यण्ड’ राज्य गठन हुनु पर्छ भन्ने-गोर्खानेता सुभाष घिसिंग र बिमल गुरुंगको जिटिए चुक्तिमा उल्लेखित अहम युक्तिको लागिपनि गोरेंटो बनिन सक्छ ।(सन्सारी पुजा/उधौली-उभौली/सकेलासीली/गोठ्धुप/डाँग्रे भगत/नौला/ सिमे भूमे-देउसी भैली- इत्यदि लाइ गुरुत्त दिदै पाल्न, बृहत प्रचार प्रसार हुँदा चैँ हाम्रो सम्पुर्ण गोर्खाहरूले भारतीय संविधानको अनुसुचित जनजातिको हक अधिकार पाउने गोरेटो पनि बन्न सक्ला कि।)¬ तर यो विषय वस्तु सम्पुर्णरूपले जातिय कुरा हो र यस्लाइ राजनीतिको लसपसमा बेर्नु पट्क्कै हुदैंन । ->6>>> -6- 9) गोर्खामहाजाति भित्र वर्तमान प्रचलित उच्च निच्च बर्गभेद्को परिचायक ब्राह्मण,क्षेत्रीय,शुद्र बैश्यादि त्याग्ने र आ-आफ्नो नाम लेख्ने तौर तरिकामा परिवर्तन गर्ने- नामको पहिलो शब्द+गोर्खा+भित्री थरको प्रयोग , जस्तै=मुनिस गोर्खा बम्जन, मदन गोर्खा रन्पहेँली, मानबहादुर गोर्खा खेवा,विकाश गोर्खा सापकोटा इत्यादी। अहिलेको पिढीले सर्लक्कै फेर्न बाध्यता नभए पनि धर्मसेवकगणबाट थालनी भए पछि-कालक्रममा त्यसतर्फ कोल्टिनु असम्भव पनि हुँदैन्। भित्रि थर उल्लेख छ जब-त्यो थरको गोर्खाहरु विश्वको जुन सुक्कै कुनामा भए पनि वशीँयारी भन्ने कुरा थाहा लागिहाल्छ । 10) भेडो जस्तै आ-आफ्नै शुरतालमा गतिमान रहदाँ- संख्याधिक पाठकलाइ यी कुराहरु बौलाहपन जस्तो पनि लाग्दैन भन्ने कुरा त छैन, र आफ्ना शब्द सम्हाल्न समेत हम्मे हम्मे पर्ने कतिपया विद्वानगणलाइ त झन्का पनि छुटायो होला, रन्थनिएर आँखाले अदृश्य त्रिभुवन समेत देख्यो होला, घनघोर प्रतिक्रिया लेख्ने तर्खरमा शब्दहरू उछिन-पाछिन गर्दा सम्हाल्न झनै गाह्रो पर्दो होला। निक्कैनै लामो पनि भै सकेछ-यो पत्रिका को पन्नाले थाम्न सकिरह्यो भने-अरू गन्थन अर्को अंकमा “ रन्थन्निएको मन:::कस्तो फुस-फुस, के को गनगन” शीर्षकमा गरिएला। जयगोर्खा, जय गोर्खाधर्म॥ आ-आफ्नो विचार व्यक्त गर्नु हर व्यक्तिको स्वतन्त्रता हो-मैले मेरो विचार व्यक्त गरेँ-सप्पैलाइ उपयुक्त लग्नै पर्छ भन्ने पनि छैन--- तसर्थ यो कलमकार लाइ होइन मूल विषयवस्तु लाइ केन्द्राविन्दु बनाएर- गोर्खा धर्म हुनुमा कस्ता के र किन- बाधा/ असुविधा हरु आँउन सक्छ्न र कसरि समाधान बिन्दुमा उपनित हुन सकिन्छ-प्रतिक्रियाहरूको लक्ष उद्धेश्य त्येस तर्फ़ हुनु चाँही उचित हुन्छ भन्दै। जय गोर्खा। ( प्रति, सम्पादक,---------------------------------------.Rachanakaal दिनाकं: 15/02/13 रत्रि2255 बजे) बोगीराम गोर्खा भन्डारी, गहपुर, असम email: chetry.bogiram2@gmail.com कविता बोगीराम गोर्खा भण्डारी ‘गोर्खे ‘-म त अनौठो प्राणी पो रहेँछु गोर्खे म त अनौठो प्राणी पो रहेँछु- अरूकै फुर्क्याइमा लाल प्रसाद भएँछु- आ-आफ्नो भलोहुने पुजा गरेर-मलाइ त चपाइ रहेछन प्रसाद हुन पाएर-अरूकै इश्वर्को, म त चक्नाचुर पो भएछु- वास्तवमा मैले त, आफ्नो अस्तित्व गुमेको थाहै पाएनछु , तरपनि “फुरुक्क” पर्दै गदगद हुने म अ फुर्के पो रहेँछु – बिचार्ने मेरो अन्तरात्मालाइ पनि भजनकथा मै अल्झाँएछु मेरो जिवन त मैले व्यर्थमै गुमाएछु- ‘गोर्खे ‘-म त अनौठो प्राणी पो रहेँछु॥ गोर्खे म त अनौठो प्राणी पो रहेँछु- अरूकै फुर्क्याइमा बीर र बहादुर भएँछु- विश्वव्यापी राज गर्ने युद्ध गर्दै-मलाइ त बलिको भेडो पो पारेछन- बहादुर उपमा पाएर म त गजक्क परेँछु- मैले त, आफ्नो अस्तित्व गुमेको पनि थाहै पाएनछु , तरपनि “बुरुक्क” पर्दै गदगद हुने म त फुर्के नै पो रहेँछु – भाडाको बीर बनेर म त बुरुक्क हुँदै मरेँछु- साँच्चैनै मरेको पनि चाल नपाउने म त मूडो नै पो रैछु- बिचार्ने मेरो अन्तरात्मालाइ पनि रक्सि पिएरै भुलेँछु- मेरो जिवन त मैले व्यर्थमै गुमाएछु- शाखा सन्तानलाइ घडेरीको व्यवस्था गर्न अक्षम म त- पट मुर्खनै रैछु। आफ्नै छोटो बुद्धि र स्वार्थ पुर्तिको लागि मैले त- अन्जानीमै सन्तानको अहित पो गरेँछु- साच्चैँ मैले त अयोध्याको दशरथकै आदर्श लिँएछु- राम नाम सत्य हो जप्ने म त शाश्वत प्रभुभक्त पो भँएछु- ‘गोर्खे ‘-म त अनौठो प्राणी पो रहेँछु॥ (20/02/2013-रात्री1030
Please follow and like us: