tulasi diwas
ग्रिष्म ऋतुको समय न हिंउको घुम्टो न त् सुर्यको प्रकाश छेक्ने कालो बादल नै ! उस्तै परे रातको ९/१० बजेसम्म दिनकै आभास दिलाउने घाम, सुन्दै अचम्म लाग्ने युरोपको लामा दिन  | घंडीले ५ बजेको जनाउन गरिसकेको थियो, कार्यालय समय सकाएर हतार-हतार नेपाली दुताबासको भवन तिर लम्कदै हिंडिरहेको देखिन्थे बेलायतबासी नेपालीहरु | लन्डनको मुटुमा रहेको नेपाली दुताबास, भित्र हलमा एउटा कार्यक्रमको लागि मंच तयार भईसकेको थियो, प्रमुख अतिथि सुपरिचित कवि तथा नेपाली लोकसंस्कृतिविद् प्रोफेसर तुलसी दिवस | अन्तर्राष्ट्रिय नेपाली वाङ्गमय प्रतिष्ठान बेलायतको निमन्त्रणमा साहित्यकार वि.पी कोइरालाको १०० औं जन्म जयन्ती तथा  नेपाली साहित्य र आख्यान विषय एक साहित्यिक कार्यक्रममा विशेष अथिति भएर  नेपालबाट आउनु भएका कवि दिवसलाई  नेपाली दुताबास लण्डनको  तर्फबाट एकल कविता वाचन र उँहाको सम्मानमा   रात्री भोज आयोजना गरिएको  थियो |
तुलसी दिवसले नेपाली साहित्यमा गीत, कविता, कथा लेखेका छन् । त्यसैगरी संस्कृति र लोक संगीत विषयमा दर्जनजति खोजमुलक पुस्तक लेखेका छन्। कुनै बेलाको चर्चित लोक गीत कान्छि मट्याङ्ट्याङ, रिटिंग-रिटिंग नबजाउ बिनायो जस्ता  अनगिन्ती सदाबहार लोक गीतहरु संकलन गरेर नेपाली लोक संस्कृतिमा छुट्टै पहिचान थप्नु भएका कविका एकल कविता वाचन सुन्न टाढा टाढा देखि मानिसहरु आएका थिए, दुताबासको हल भरिभराउ भएको थियो | एकल कविता वाचन गरेका कवि दिवसले साहित्य, संस्कृति, जीवन र जगतसम्बन्धी बोलिरहँदा उपस्थित सबैको ध्यान खिचिएको थियो | सबैभन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्न सफल हुनु भएका तुलसी दिवस नेपाली साहित्यका वरिष्ठ कवि तथा संस्कृतिविद् हुन्।
धनकुटामा महाप्रसाद जोशी र चण्डिकादेवी जोशीको जेठो छोराको रूपमा तुलसी दिवसको जन्म भएको हो। उनले माध्यमिक शिक्षा धनकुटाकै गोकुण्डेश्वर हाइस्कूलमा पढेर धनकुटा डिग्री कलेजबाट नेपाली साहित्यमा एम ए गरे । त्यसपछि अमेरिका, जापान लगायतका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गरे। यिनले नेपालमा विभिन्न समयमा प्राध्यापन गरेका छन् भनें विदेशमा पनि विभिन्न पदमा रही भाषा र संस्कृति विषयमा काम गरेका छन्। विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारहरुबाट सम्मानित हुनुभएका तुलसी दिवस साहित्य, संस्कृति र संगीतको क्षेत्रका एक उज्ज्वल नक्षत्रको रुपमा हेरिन्छ |
 नेपाली टीभी युरोपको लागि  कार्यक्रम पूर्व  साहित्य, संस्कृति, जीवन र जगत सम्बन्धी वहांका धारणाहरुका बारेमा अन्तर्वार्ता दिनुभएको  थियो |
बेलायत स्थित नेपाली दुताबासका कार्यबाहक राजदुत श्री तेज बहादुर क्षेत्रीको विशेष पहलमा भएको उक्त कार्यक्रममा प्रोफेसर डा सुर्य सुबेदी, डा.राघबप्रासाद धिताल, डा रेनुका गुरुङ प्रधान, अन्तर्राष्ट्रिय नेपाली वाङ्गमय प्रतिष्ठान बेलायतको अध्यक्ष विकलचन्द्र आचार्य, दीर्घ शिक्षासेवी तथा साहित्यकार रामचन्द्र आचार्य, महाकाव्यकार नरेन्द्र परासर, समाज सेवी दिक्षा चापागाईं,विविसी नेपाली सेवाका पूर्व कार्यक्रम प्रमुख खगेन्द्र नेपाली, नेपाली सेवाका सुमन खरेल भगिरथ योगी, पत्रकार महासंगका अध्यक्ष चिरन शरमा, गैर आवासीय नेपाली संघका (बेलायत) अध्यक्ष योगेन क्षेत्री, अनेवा उपाध्यक्ष गोपी कृष्ण प्रसाई, महासचिव – जया लक्ष्मी राई,समाजसेवी जगतहंग लिम्बु , ध्रुब केसी लगयात विभिन्न संघसंथाका  प्रतिनिधिहरुको उल्लेख्यरुपमा उपस्थिति थियो |
उक्त कार्यक्रम पहिले साहित्यकार मुलिबीर राइले गोर्खा सम्बन्धी phd सोधपत्र पनि प्रस्तुत गरेका थिए  /
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *