एक्टन टाउन 19, Oct, 14 लन्डन,
नेपाली साहित्य विकास परिषदले आयोजना गर्नु भएको प्राज्ञ डा शत्यमोहन जोशीको ९२औ अभिनन्दन तथा महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०६ औ महाकवी लक्ष्मी प्रसाद देवकोटाको जयन्ती भव्य भन्दा पनि सभ्य र रोचक बन्यो । साहित्य बिकाश परिषद बेलायतद्वारा आज एक समारोहका बिच एबिआई कलेज एक्टन टाउन लन्डनमा सु-समपन्न भएको थियो ।
पुर्व बिबिसी नेपाली सेवाका मेनेजर तथा संचालक खगेन्द्र नेपालीको सभापतित्वमा सम्पन्न उक्त
कारकार्यक्रममा महाकवी लक्ष्मी प्रसाद देबकोटाको तस्विरमा उपस्थित, बेलायती राजदुत तेज बहादुर क्षत्री, डा रुपक श्रेष्ठ, डा राघव धिताल ओवीई, हरी सिंह थापा, गोपी कृष्ण प्रसाई, डा हरिराज भट्टराई, नेसावीपका अध्यक्ष खगेन्द्र नेपाली, विश्व साहित्य महासंघका अध्यक्ष विश्वाशदीप तिगेला तथा कोषादक्ष केदार सुनुवार ‘सङ्केत’, गजलकार किरण टि लिम्बु लगायत अनेक विधाका साहित्य तथा विभिन्न संघ सस्थाका समाज सेवीहरुले माल्यार्पण गरि सकेपछी कार्यक्रम अगाडि बढेको थियो ।
कार्यक्रममा साहित्यकार तथा कवि सुरेश जङ्ग शाहले स्वागत भाषण गर्नु भएपछी कार्यक्रममा विभिन्न कविता, गीत मुक्तक भनेर साहित्य माहोल जमेको थियो । उहाहरुको साहित्यक क्षेत्रमा अविस्मरणीय देन रहेको बिचार उपस्थित साहित्यकार तथा संघ-सस्थाका प्रतिनिधिहरुले गरेका थिए । कार्यक्रमा भानु सतवर्षी पुरस्कार वितरण तथा पुस्तक विमोचन पनि गरिएको थियो । यसै अवसरमा साहित्यकार हरीसिङ्ह थापाको दुई वटा पुस्तक पनि विमोचन गरिएको थियो।
कार्यक्रम पछीको गन्थने गफमा बेलायत्मा साहित्यकार्नै देखिएन भन्ने तर्क एक दुइजना नवमुहार भाइहरुले पोखे । कुनै पनि व्यक्तिको कृति नपढी एक दुई हरफ गजल कोरेर बक्दैमा साहित्य र साहित्यकर हुने भए अर्कै कुरो रहला । फेश बुकमा सेलीब्रेटी हुनु साहित्यकारको परिचय हैन । प्रियसीको सम्झनामा एकछिन भक्कानिएर रोएर कोरेको आजको साहित्यको मापन समालोचकले बुझ्दैन । साहित्यकारले भुगोल पढ्दैन, ईतिहास पल्ट्याउदैन, राज्यको वर्तमान नीति बुझ्दैन भने उस्ले लेखेको लेख चौलनी जस्तो … होला । हेरेर मात्र हैन अर्थात बुझेर साहित्य लेख्नु भन्ने अर्ती उपदेश त मैले पनि दिने गर्छु । अवो सोच्दै छु बेलायतमा को को साहित्यकार छन् ? खोज्नु पर्ला !!