बिहान सात ब11150321_10203945837787124_7746314469342940029_nजे कामबाट बाहिरिएँ। रिसिप्सनमा बाट मोबाइल झिकें मिसकल आएको रैछ आमाको, फोन ट्राई गरें लागेन, फेसबुक म्यासेन्जरमा रातो रंगको २ नंबर देखें हेरें वाह! बिहान बिहानै क्या सप्राइज।नू लोट अफ थ्याकस् फर द विउटिफुल फिक्चर वेरिङ वीथ सारी। कोठा फर्कनको लागी गाडी पनि तयार भो। घरमा आमालाई फोन ट्राई गरिरहें त नूले साडी लगाएर पठाएकेा तस्वीरलाई मज्जाले टोलाउँदै हेरें कोठा आएको पत्तो नै नभएछ।
ए…. साँच्ची झल्याँस्स सम्झे आज २४ गते शुक्रबार दोहामा कार्यक्रम ल जसरी पनि जानु पर्छ। Lovely Ishor Lajaalu Raiसरको लागि भएपनि। सरलाई फोनगरें समय तोकें बाह्र बज्ने हिंड्ने भनेर।
आमालाई फोन लाग्यॊ कान्छी बहिनीलाई पुत्र लाभ भएछ यानकि म मामा भएछु। बहिनीलाई फोन गरें तर सम्पर्क भएन। दोहा जाने भनेपछि दराजबाट सेतो सर्ट निकालें मज्जाले आइरन घसारें। बाहिर राखेको स्पोर्ट सुज हराएछ। एकछिन निकै टेनसन भो।
त्यतिन्जेल नू को म्यासेज पनि आएछ र वाट्स.यापमा भोइस्क्लिप पनि।
जुत्ता हरायो रे?
त्यता पनि सालिहरु छन् कि के हो ?
जाबो जुत्ता हराउँदा रुने मान्छे ले के गरि खाला खै…!
बिहान बिहानै उनको नखरा क्या गज्जप। फेरि भोइस क्लिपको घण्टी बज्यॊ। निकै लामो समय बर्बराएकि थिइन् काम विशेष ले फुलचोकि पुगेकी रे साथीहरूसंग त्यॊ रमाइलोमा केही अपुग रे जो म।
एकछिन् उनको नखरालाई सुन्दै उनलाइ फुर्क्याउँदै यस्तो लेखें।
“एई नू,
तिमीलाई स्रृंगार पटक्कै मन पर्दैन तर म तिमीलाई प्रकृतिको उपमा दिऊँ या प्रकृतिलाई तिम्रो उपमा, जहाँ फुल्छन् फाल्गुणमा गुराँस ढकमक्क सिँउदो भरी, पौषमा सेताम्य हिउँ अडिन्छन् गाला भरी र खेल्छन् अषाढ पन्ध्रमा रहरहरू हिलो,
साउनका खोला जस्ता केशराशी
पारि क्षितिजमा चम्केका तिम्रा चाँदी जस्ता दाँत, एकोहोरो हेरेर जुनेली रात बिताउनु क्या मजा, एक प्रति तस्वीर कैद गर्नेहरूलाई भन्दा सोही फेाटो सिरानीमा राखेर मुस्कुराई रहनेहरू कति भाग्यमानी। यी अबोध मुस्कानहरूले यसरी पगाल्ने छ नि एकदिन
कि तिमी स्रृंगार पटारको अंकुसे लाएर बाहुमा चन्द्रमाको आकार नाप्ने छौ।”
वाह…! बाँदर क्या लेख्छौ है!
किन जाने दोहा छुपुक्क नसुतेर? फेरि उफ्रिइन् म जिस्किएँ केटीहरूले बोलाका छन् भेट्न
ए नू कल गरौं है मैले सोधे।
नेट वीक छ भरे ल
lu best of luck for pgm.. happy journey ! see u.
आहा! क्या मिठो सहमती हामीमा। समय पनि भएकोले मैले ईश्वर सरलाई फोन गरें तर वहाँ सुमन सरसंग हिडिसक्नु भएछ। म पनि सधै झैं सेतो सर्ट निलो जिन्स् र साथीको जुत्ता सापटी गरेर दोहा हिंडें। करूवा भाडाको गाडीमा मस्त निदाएछु । दाई नेशनल कता? म ब्यूझिएँ अल्लि माथि रोक्न। म टपफम रेष्टुरेन्ट अगाडी ओर्लिएँ र उक्लिएँ माथिल्लो तला।
आदिकवि भानुभक्त आचार्यको २०१ औं जन्म जयन्ती समारोह २०७२ कतार तथा नवोदित साहित्यिक वाचनालय कतारको सातौं महाधिवेशन साथसाथै नवोदित कृति अवार्ड वितरण कार्यक्रमको तयारी हुँदै थियॊ। अग्रज कवि Tirtha Sangam Rai दाईEnnocent Rajan सर लगायत हामी कार्यक्रम संचानलनको चाँजोपाँजो मिलायौं।
राम्रो पक्ष के भने दोहाको प्राय जसो वाचन डबली कार्यक्रम तोखिएको समयमा सुरु हुन्छ र आज पनि उस्तै गरी भयॊ दिउँसोको १ बजे। आदिकवि भानुभक्त आचार्यको २०१ औं जन्म जयन्ती समारोह २०७२ कतार तथा नवोदित साहित्यिक वाचनालय कतारको सातौं महाधिवेशन साथसाथै नवोदित कृति अवार्ड वितरण लेखिएको ब्यानरमा आदिकवि भानुभक्तको तस्वीर सहित भित्तामा पर्दा टाँसियॊ। आदिकविको अर्को तस्वीरमा टेबलमा सजाइयॊ। नवोदितका सचिव सिताराम सरबाट औपचारिक कार्यक्रम सुरु भयॊ। भानु सुनुवार दाईको सभापतित्व र कवि तिर्थ दाईको प्रमुख अतिथि सहित अन्य विशिष्ठ ब्यक्तिहरूको आशन ग्रहण सहित सभापति र अतिथिबाट आदिकविको तस्वीरमा माल्यार्पण र दीप प्रज्वलन गरियॊ।
वाचन डबली पनि भएकाले Deep मिलन वाचन नामावली टिप्न थाले मैले सहित पहिलो पल्ट उपस्थित भएका ईश्वर सरको नाम टिपाउँदै अति आग्रह गरें सुमन सरलाइ नाम टिपाउन गजल वाचनको लागी। नमान्दा नमान्दै पनि मैले पर्स बाट कुनै एक पाना निकाले सुमन सरले वाचन गर्ने भनेको गजल थियॊ पानामा सारे तिनले।
कार्यक्रम संचालक बाट कार्यक्रम विधिवत रूपमा सूरु हुँदै थियॊ। सबै मिलेर राष्टिय गान गायौं। आदिकवि भानुभक्त बारे छेाटकरीमा जानकारी गराए र स्वागत मन्तव्य दिए प्रेम भट्टराईले भने वाइ पी गौतम द्वारा लिखित “अदृश्य पर्दा” उपन्यासको पनि विमोचन गरियॊ मंचमा उपस्थित विशिष्ठ अतिथिबाट। उक्त कृति उपन्यास बारे सक्देा कृति समिक्षा कवि बिमल सुवेदी गरे।
संस्थाका अध्यक्ष कवि तिर्थ राई दाईबाट सिर्जना वाचन सुरु गरियॊ। सिर्जना वाचन
, नवोदितको समिक्षा शुभकामना मन्तव्य दिंदै अगाडि बढेको कार्यक्रम एकछिन् स्तब्ध बन्यॊ माहोल। किनकि नवोदित कृति अवार्ड अनाउन्सको घडि उभियॊ हाम्रो सामु। कृति अवार्डक लागि वाइ पि गैतमको उपन्यास अदृश्य पर्दा, तेज तर्पणको गजल समग्रह तर्पण, लेख कार्की अन्यॊलकेा गजल संग्रह मन्दिर र झापाली सर्जकहरूका संयुक्त गजल संग्रह कनकाईका सुस्केराहरू नोमिनेसनमा रहेका थिए। कृति अवार्डका निर्णायक
श्याम राजले आफ्नो भनाइ राख्दै मंचमा खडा गरिएका चार प्रतियॊगी बिच नवोदितको यसपालीको कृति अवार्ड लेख कार्कीको ‘मन्दिर’लाई प्रदान गरियॊ। तालीको बर्षात भयॊ।
मैले कार्यक्रमको बिचमा गजलकार Rupak Banbaasi दाईको उपस्थिति देंखें। मुम्बई रहने प्रिय दाई लक्ष्मण ‘मिलन’ विष्ट संग वहाँको बारे खुब गफ गरिन्थ्यॊ। आज सामु भेट्दा मिलन दाइलाई खबर सुनाउन म हतार गरिरहें। उसो त वहाँले दुई गजल सुनाउनु भयॊ। तालीको त कुरै नगरौं। वहाँको वाचन शैली पनि यॊ रूपले अलिअलि सुटुक्क चोर्यो पक्कै। आजको वाचनमा रूपक दाई पछि टीका सरको गजलले ताली पाएको थियॊ दर्शकको।
वाचन गरिएका अरु साथिहरूका रचना पनि कहाँ कम थिए र। अचम्मै दुख त समय अपुगका कारण एक महिनामा सकभर घर फर्किने भनिरहेका सुमन सरलाइ मैले कर गरेको थिएँ रचना वाचनको लागि तर समयले साथ दिएन । मेरो मन नून नहालेको तरकारी खाए जस्तो भयॊ। कार्यक्रम अरुपनि भएकाले सबै कुरा छोट्याइएको थियॊ।
नयाँ तथा पुराना साहित्य अनुरागीको उपस्थिले हल खचाखच थियॊ। सभापति अतिथि र विशिष्ठ व्यक्ति माथिल्लो मंचमा थिए त ठिक तल दर्शकको सामु टेवलमा भानुको तस्वीर सजाइएको थियॊ। वाचन गर्न वा मन्तव्य दिन जाँदा आदिकविको तस्वीर अघि वा विशिष्ट व्यक्तिको अघि परेर हिड्नु पर्थ्यॊ यॊ देख्दा मलाइ कताकति अफ्ठ्यारो लागिरहेको थियॊ।
दीप प्रज्वलन, मन्तव्य राख्दा, रचना वाचन गर्दाका समयमा सबै जनाले आआफ्ना मोबाइल निकालेर तस्वीर कैद गर्न चाहान्थे सबैको ध्यान मोबाइलमा थियॊ पछाडिबाट मैले आँकलन गर्दा निकै भद्द लाग्थ्यॊ उसो त म पनि अछुतो थिइन बारबार मदन न्यौपाने दोषी सरसंग कानेखुशी गर्रहन्थें।। यति मात्र कहाँ रचना वाचन गरिरहंदा र मन्तव्य बोलिरहँदा समेत साथीहरू सेल्फी र थुप्रै क्यामेरा खचाक खुचुक पारिरहन्थे। होहल्ला पनि निकै हुन्थ्यो जाने र आउने उठ्ने र बस्ने क्रियाले वातावरण मर्यादित लाग्दैन थ्यॊ।
पहिलो चरणको कार्यक्रम सिद्धिनु भन्दा अघि फेरि कवि तिर्थ दाइले संस्थाको गतिविधि दोहाको साहित्य यात्रा र कठिनाई हरूसंगै, वाह दाई क्या निश्चल मन र सुझाव मंचबाटै यॊ गर्नु त्यॊ गर्नु एक सिकारू साहित्य अनुरागीलाई यस्तो मौका कहाँ पाउला जीवनमा जस्ले मंचबाटै राम्रो र नराम्रो छुट्याइ देओस र हौसला पनि। उसो त दाईले मेरो कविताको पनि तारिफ गर्नु भयॊ आधुनिक गजलका राजकुमार रूपक दाई र रेगिस्तानी कवि तिर्थ दाइको अगाडि आफुलाई नावालक लाग्छ तै पनि तिर्थ दाइले प्रसन्न मुद्रामा राम्रो भनेसी नाक फुलिने नै भयॊ।
पहिलो चरणको कार्यक्रम सभापति भानु दाईबाट समापन भयॊ। हामी उठ्यौ रूपक दाई संग प्रत्यक्ष भेटें फोटो खिचाएँ हल्का गफ गर्यौं पनि तर आफुले मन परेको अग्रजसंग त नू संग जसरी नखरा गर्न पाए पो .. बोल्दा पनि तौल राखेर बेाल्न पर्ने मुटु धकधक गरिरहने।
अन्तत बाँकी कार्यक्रम हुँदा हुँदै म निक्लिएँ बिदा भएर, उसो त रूपक दाइ पनि निक्लनु भयॊ। बाहिर निक्लंदा चिया पिउने अनुरोध गर्नुभयॊ दाइले। त्यतिका वरिष्ठ व्यक्तिसंग संगै बसेर चियापान गर्न ममा कहाँ हिम्मत? अन्तमा म छुट्टिएँ। बाहिर अलफाजा पुलिसको आगमन सोही समय भयॊ। मान्छे तितरबितर भए म एक्लै हिंडेर अलफार्दन पुगे।
एक छिन्,शितल छहारीमा उभिएँ । ओहोर दोहोर गरेकाहरूलाई नियाँले। यी आँखा पनि कहिलेकाँही खुब बैमान काम गर्न मन पराउँछन्। कतार मुस्लिम देश, यहाँको कडा कानून कुनै प्रवाह नगरि पारदर्शी कपडामा हात गाँसेर हिडेका नेपाली तथा विदेशी जेाडी हरू खुब नियालें कल्पनामा पनि नहराएको कहाँ हुँ र।
अन्तत करूवा ट्याक्सीमा सनैया फर्किएँ। सदा म कोठा फर्किंदासानु बाबु मल्ल संग फर्किन्थे । आज एक्लै फर्किदा खुब सम्झिएँ। किन नसम्झुँ मैले पनि ती सानूबाबु खाजा खाको रगाडीको भाडा आफै तिर्न तम्सिन्थे तिर्थे पनि।
दोहामा कार्यक्रम कहाँ हुन्छ भन्दा खोजी खेाजी ठाउँमा पुर्याउनेPurna Kanchha Grg सर र फर्किदा संगै फर्किने सानुबाबु सम्झिंदै साथमा इजरायल रहने दी
समा श्री को “वंशलोचन”, कोरियामा रहने रमेश शायनको “भागेर भूगोलभरि” र आजै मात्र विमोचन भएको पोखरेली साहित्यकार वाई पी गौतमको उपन्यास ‘अदृश्य पर्दा’ बोकेर कोठा फर्किएँ ।

– रुप रसाईली
हाल : दोहा, कतार ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *