१.

लोकतन्त्र यो
छुटको राजनीति
रुन्चे मौसम ।

२.
अग्लो धूत्र्याइँ
ठूलाठालु साथमा
कालो व्यक्तित्व ।

३.
वैलियो लक्ष्य
समस्याको घामले
फक्रन्छ भोलि ।

४.
मान्छेकै रुप
ईश्वरको स्वरुप
कलिका साई ।

५.
सॉंघुरो मन
फैलिएको चाहना
मान्छेको चिनो ।

६.
झुल्क्यो बिहानी
काउकुती लागेर
सूर्योदयको ।
७.
चिरियो मुटु
बचनको छुराले
रित्तियो माया ।

८.
सेतो पहाड
सूर्यको ताप निल्दै
बन्छ हिमाल ।

९.
अँध्यारो घाम
पोतियो चारैतिर
सतीको श्राप ।

१०.
रुन्छ सारङ्गी
दुःखपीडा पोखेर
मीठो विलौना ।

११.
रुँदैछ देश
एकता बाङ्गिएर
विकास ठप्प ।

१२.
अभाव बोक्छ
कमलझैँ फक्रन्छ
नेपाली कवि ।

१३.
अनिष्ठ फुल्यो
तँ ठूलो कि म ठूलो
मृत्युको बाजि ।
१४.
अस्तायो सूर्य
धर्तीको आयू चोर्दै
सिर्जना गर्न ।

१५.
सुत्दैन लुरे
कुण्डमा ननुहाई
रातको बेला ।

१६.
वमन गर्छ
अँध्यारो कुवाभित्र
निरोगी माछो ।

१७.
कापको दूलो
प्रायःको आकर्षण
लाजको कुरो ।

१८.
झाडीमा बस्छ
भ्यागुतालाई डस्न
दूलोमा पस्छ ।

१९.
पग्लिन्छ मन
समय चपाउँदै
मृत्यु गाउँदै ।

२०.
ठूलो महल
लोभको छ भकारी
धूर्त साहुजी ।
००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *