१.
चुरे पर्वत
उठेछ दायॉंबायॉं
जवानी पोख्दै ।

२.
शुन्य छ रात
ब्यू‘ंझन्छ अन्धो माछो
झ्याउमा खेल्न ।

३.
जिन्दगीभर
नपुरिने खाडल
सृष्टिका द्वार ।

४.
जति खेलायो
रिसाउ‘ंदै जङ्गिन्छ
जङ्गली किरो ।

५.
सेपिलो खेत
फालीले कोपेपछि
बन्छ उर्वर ।

६.
सानो पुच्छर
वस्त्रको जेलभित्र
बन्धक सधै‘ं ।

७.
गन्ध छ साह्रो
ओसिलो जङ्गलमा
उम्लेर पानी ।

८.
थुक्छ पिचिक्क
प्वालमा जु‘ंगे माछो
उन्मत्त हु‘ंदै ।

९.
दुई चुचुरा
लाग्छ अति सुन्दर
बुढ्यौली ऑंखा । ???

१०.
उठेछ ढिस्को
हल्लाउ‘ंदै जवानी
हॉंसेछ यौन ।

११.
इमान छर्दा
हरेक पाइलामा
गरिबी पूmल्यो ।

१२.
तन्किन्छ बॉंस
आकाश भेट्टाउन
दिवास्वप्न यो ।

१३.
रमाउ‘ंछ रे
चिप्लेटी खेल्दा माछो
लुत्रुक्क पर्न ।

१४.
कापको माझ
उम्रिएको जङ्गल
सधै‘ं ओसिलो ।

१५.
चिसो विश्वास
मुटुको दोभानमा
फक्रेन सत्य ।
००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *