DSC_5268 DSC_5408 DSC_5488 DSC_5636 (1)कृष्णप्रकाश श्रेष्ठ

रुस महासंघको उत्तरी राजधानी मानिने सेन्टपिटर्सबुर्ग महानगरीमा गत २५ जनवरी २०१६ (सोमवार) का दिन नेपालको वाणिज्य दूतावासकोे उदघाटन समारोह सुसम्पन्न भएको छ ।
रुसको सांस्कृतिक राजधानीको केन्द्रमा रहेकोे केन्द्रमा रहेको ‘एम्बेसेडर’ होटलको नवौं तलामा रुस र नेपालका राष्ट्रिय झण्डाहरुद्वारा सिंगारिएकोे विशाल सभाकक्षको मञ्चबाट सेन्टपिटर्सबुर्गमा रुस महासंघको परराष्ट्रमन्त्रालयका प्रतिनिधि भ्लादिमिर जापेभालोभद्वारा समारोहको शुभारम्भ गरिएपछि रुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाले यस महानगरीका उद्यमी अलेक्सान्द्र तेरेन्चएभलाई नेपाल सरकारको तर्पmबाट सेन्टपिटर्सबर्ग र लेनिनग्राद अञ्चलका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरिएको घोषणा गर्नुहुँदै नेपालको अवैतनिक वाणिज्यदूतको सम्मानित पदमा नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो । आफ्नो मन्तव्यमा महामहिमज्यूले नेपालका नवनियुक्त वाणिज्यदूतलाई हार्दिक बधाई दिंदै अंशतः भन्नुभयो ः
‘नेपाल र रुसको द्विपक्षीय सम्बन्ध, पारस्परिक स्वार्थ तथा सम्भाव्यताहरुलाई ध्यानमा राखेर नेपाल सरकारे उहाँलाई अवैतनिक वाणिज्यदूतको रुपमा नियुक्त गरेको छ । यस वर्ष नेपाल र रुसको सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्दैछ र हामी यो महत्वपूर्ण वर्षलाई विशेष गतिविधिहरुका साथ मनाउने र हाम्रो सहसम्बन्धलाई अझ विस्तार गर्न प्रतिबद्ध छौं । यस वाणिज्यदूतको कार्यालयको उद्घाटन पनि यस वर्षका लागि योजना गरिएका नतिविधिहरुमध्येको एक हो…’
आफ्नो मन्तव्यमा महामहिमज्यूले नेपाल तथा रुसबीच सुमधुर सम्बन्धको उल्लेख गर्दै अन्त्यमा जोड दिनुभयो ः ‘यस वाणिज्य दूतावासले यहाँ बस्ने तथा घुम्न आउने नेपालीहरुलाई पासपोर्ट लगायत आवश्यक कन्सुलर सेवा तथा सहयोग प्रदान गर्नेछ । यसै गरी व्यापार तथा लगानी प्रबद्र्धन र नेपालको पर्यटन प्रबद्र्धन यसको मुख्य काम हुनेछ । मलाई पूर्ण विश्वास छ तेरेन्तेभज्यू यी जिम्मेवारीहरु वहन गर्नको लागि उपयुक्त व्यक्ति हो र उहाँले नेपालप्रति अगाध प्रेम दर्शाई नेपाल र रुसको सम्बन्ध विस्तारमा राम्रै योगदान पु¥याउनु हुनेछ’ ।
तत्पश्चात् विभिन्न राजकीय तथा सामाजिक संस्थाका प्रतिनिधिहरुबाट रुसमा नेपालका अवैतनिक वाणिज्यदूतको रुपमा अलेक्सान्द्र तेरेन्तएभको नियुक्तिको सन्दर्भमा शुभकामना सम्बोधनको क्रम चल्यो । सर्वप्रथम सेन्टपिटर्सबुर्गमा रुस महासंघको परराष्ट्रमन्त्रालयका प्रतिनिधि भ्लादिमिर जापेभालोभले रुसको यस महानगरीमा नेपालका नवनियुक्त वाणिज्यदूतलाई हार्दिक बधाई ज्ञापन गर्दै रुस–नेपाल सम्बन्धको प्रवर्धन र विकासकार्यमा सफलताप्राप्तिको कामना व्यक्त गरेका थिए । रुस महासंघको उत्तर–पश्चिम संघीय प्रदेशमा रुसका राष्ट्रपतिका प्रतिनिधिको कार्यालयका प्रमुख संघीय निरीक्षक भ.अ.मिनेन्को, सेन्टपिटर्सबुर्गको वाह्य सम्बन्ध समितिका प्रथम उपाध्यक्ष इ.ओ.लोन्स्की, सेन्टपिटर्सबुर्गको विधायिका सभाको वाह्य सम्बन्ध निकायकी प्रमुख एन.आ.आखादोभा, लेनिनग्राद अञ्चलको विधायिका सभाका उपाध्यक्ष आ.ब.बेलोउस, लेनिनग्राद अञ्चलको वाह्य सम्बन्ध समितिकी प्रथम उपाध्यक्ष ई.ल.बिगोत्स्काया आदि पदाधिकारीहरुबाट पनि अलेक्सान्द्र तेरेन्चएभलाई नेपालको अवैतनिक वाणिज्यदूतको रुपमा नियुक्ति गरिएको सन्दर्भमा हार्दिक शुभकामनाका शब्दहरु व्यक्त गरिएको थियो । यसै सिलसिलामा मास्कोबाट सेन्टपिटर्सबुर्ग पुगेका रुस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल.नेक्रासोभले पनि नेपालका नवनिर्वाचित वाणिज्यदूतले दुई देशबीच मैत्री र सहयोग विकासमा गहकिले योनदान पु¥याउने छन् भन्ने विश्वासका साथ हार्दिक शुभेच्छा व्यक्त गरेका थिए भने रुसमा बसोवास गरिरहेका हामी सबै नेपालीहरुका साथै विश्वका विभिन्न देशहरुमा रहेका ४० लाखभन्दा बढी नेपालीहरुको तर्पmबट समेत गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष श्री जीबा लामिछानेले आजभन्दा १४० वर्षअघि तत्कालीन रुस साम्राज्यको राजधानी रहेको जुन नगरको विश्वविद्यालयमा प्राध्यापक रहेका विश्वविख्यात प्राच्यविद इभान पाभ्लोभिच मिनाएभले नेपालको यात्रा गरेर दुई देशबीच जनस्तरमा सम्बन्ध स्थापना गरेको र एक शताब्दीभन्दा अघिे नै सन् १९०८ मा नेपालका मानवतावादी साहित्यकार जयपृथ्वी बहादुर सिंहद्वारा नेपालीहरुमध्ये पहिलो भएर यात्रा सम्पन्न गरेको यस महानगरीमा नेपालको वाण्ज्ृियदूतावास स्थापना हुन गइरहेकोमा हर्ष प्रकट गर्दै रुसमा नेपालका प्रथम अवैतनिक वाणिज्यदूतमा नियुक्ति पाउने अलेक्सान्द्र तेरेन्चएभलाई हाम्रा दुई मित्रराष्ट्रबीच चौतर्फी सम्बन्ध विकासकार्यमा उत्तरोत्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
यहाँनेर पाठकवृन्दलाई सन् १९६३ को १६ सप्टेम्बरका दिन लेनिनग्राद (सेन्टपिटर्सबुर्ग) मा जन्मेका नेपालका नवनियुक्त अवैतनिक वाणिज्यदूत अलेक्सान्द्र भ्लादिमिरोभिच तेरेन्तेभको संक्षिप्त परिचय दिन चाहन्छु । स्मरण रहोस्, उनी अंग्रेजी भाषामा पोख्त छन् र सन् २००३ देखि यता उनले पाँच पटक नेपालको यात्राभ्रमण गरिसकेका छन् । उनको व्यक्तित्व बहुमुखी छ । उनले लेनिनग्रादको समुद्री इन्जिनियरिंग उच्च शिक्षालयबाट सन् १९८६ मा समुद्री मार्गमा जहाज परिचालन भन्ने विशेषज्ञता हासिल गरेका थिए भने सन् १९८६ देखि १९९२ सम्म एस्तोनियाको जहाज परिवहनमा काम गरेर सन् १९९३ मा जहाजचालकको डिग्री प्राप्त गरी सन् १९९५ सम्म ‘इन्गोरस्त्राख’ बीमा कम्पनीमा कमिसारको पदमा र सन् १९९६ सम्म बाल्टिक(नेभा कम्पनीमा निर्देशकको पदमा काम गरेका थिए । सन् १९९६ मा उनले सेन्टपिटर्सबुर्गमा ‘बाल्टिक एक्सपेडिटोर कम्पनी’ को स्थापना गरी सन् २००५ सम्म त्यसका नेतृत्व गरे । अनि सन् २००५ मा सेन्टपिटर्सबुर्ग राजकीय आर्थिक इन्जिनियरिंग निर्माणसम्बन्धी कार्यसम्पादनको विषयमा दक्षतावृद्धि गरेर त्यस समयदेखि अद्यापि बाल्टिक लगानी कम्पनीको संस्थापक(महानिर्देशकको पदमा कार्यरत छन् । उनी सेन्टपिटर्सबुर्गको केन्द्रमा क्रियाशील एम्बेसेडर «ब्mदबककबमयच» होटलका साझेदार मालिक रहनुका साथै सेर्पुखोभ्स्काया सडक (भवन नं. १०) मा रहेको बिजनेस–सेन्टर (व्यापारकेन्द्र) का तथा लेनिनग्राद जिल्लाको प्रिओजेस्र्क इलाकामा बनेको ‘ओरेख’ उपनगरीय क्लब नामक रिसोर्टका पनि मालिक हुन् । उनले यानचालकको लाइसेन्स पनि प्राप्त गरेका छन् र आन्तरिक हवाई मार्गमा उडान पनि गर्नेगरेका छन् । उनी मोटरदौडको खेलमा अभिरुचि राख्तछन् र सन् २०१४ मा टी २ श्रेणीको गाडी हाँकेर राल्लीरेइडमा रुसका च्याम्पियन समेत बनेका छन् । उनी रुस महासंघका विभिन्न प्रान्तहरु, जनसांस्कृतिक संस्थाहरु तथा विभिन्न देशका वाणिज्य दूतालयहरुको समेत सहभागितामा विभिन्न संयुक्त कार्यक्रमहरुको आयोजना गरेर सेन्टपिटर्सबुर्गको वाह्य सम्बन्ध समितिको क्रियाकलापमा सक्रिय भाग लिन्छन् ।
रुसको सांस्कृतिक राजधानी सेन्टपिटर्सबुर्ग कार्यरत विभिन्न देशका वाणिज्यदूतहरुमध्ये अलेक्सान्द्र तेरेन्चएभ अठ्ठाइसौं वाणिज्यदूत बन्न पुगेका छन् । उनलाई सेन्टपिटर्सबुर्गमा नेपालको अवैतनिक वाणिज्यदूतमा नियुक्तिको प्रमाणपत्र हस्तन्तरण समारोहमा विभिन्न देशका वाणिज्यदूतहरुका साथै कूटनैतिक निकायका प्रतिनिधिहरु, रुसका विभिन्न राजकीय निकायका साथै सांस्कृतिक र सामाजिक संघसंस्थाका प्रनिनिधिहरुको समुपस्थिति रहेको थियो । नेपालीहरुमध्ये राजदूत दम्पति डा. रविमोहन सापकोटा कोपिला एवं डा. सुलोचना सापकोटाका अतिरिक्त नेपाली राजदूतावासका सहचारी श्री राधेश्याम दुबेका साथै नेपालबाट रुसको भ्रमणमा आइरहनुभएका नारायण दाहाल दम्पतिको पनि उपस्थिति रहको थियो । गैरआवासीय नेपाली संघका केन्द्रीय निवर्तमान अध्यक्ष श्री जीबा लामिछाने, कोषाध्यक्ष डा. बद्री के.सी., महिला संयोजक श्रीमती सफिा राजभण्डारी, रुसका प्रनिनिधि सदस्य एवं विश्व नेपाली साहित्य महासंघ रुस शाखाका अध्यक्ष श्री गोविन्दप्रसाद गौतम, रुस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष श्री दीनानाथ राजभण्डारी, उपाध्यक्ष श्री डिल्ली खरेल सुमन, सदस्यवृन्द डा. ध्रुवदास उलक, श्री शिव भुर्तेल, नीरज सुवेदी, रसियाली जनमैत्री विश्वविद्ययालयका छात्रछात्राहरु तथा यसै पंक्तिकारको समेत सहभागिता थियो । सेन्टपिटर्सबुर्गमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि कार्यक्रममा भाग लिएका थिए । यसप्रकार भव्य समारोहमा रुसमा वसोवास गरिरहेका नेपालीहरुका सबै संघसंस्थाका प्रतिनिधिहरुको मनग्य उपस्थिति रहेको थियो ।
सेन्टपिटर्सबुर्ग तथा लेनिनग्राद अञ्चलका लागि नेपालका नवनियुक्त अवैतनिक वाणिज्यदूत अलेक्सान्द्र तेरेन्तेभलाई नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूलेस्मृति–उपहारसहित खादा ओढाइदिएर सम्मान गर्नुभएपछि उनलाई बधाईज्ञापन गर्दै फोटो समेत खिंच्ने लहर चल्यो । रुसमा रहेका नेपालीहरुका तर्पmबाट गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष श्री दीनानाथ राजभण्डारीले पनि खादा ओढाएर नेपालका नवनियुक्त वाणिज्यदूतको सम्मान गरेपछि मैले पनि नेपालबारे रुसी भाषामा प्रकाशित आफ्ना केही पुस्तकहरु उपहार दिंदै अलेक्सन्द्र तेरेन्चएभलाई शुभकामनासहित बधाई ज्ञापन गरेको थिएँ ।
समारोहमा उपस्थित महानुभावहरुको सम्मानमा भव्य सन्धाभोजको आयोजना गरिएको थियो । समारोहको अन्त्यमा मास्कोबाट गएका रसियाली जनमैत्री विश्वविद्यालयका छात्रछात्राहरुले नेपाली नृत्यहरुको झलक प्रदर्शन गरेर नेपाली संस्कृतिको परिचय दिएका थिए । सेन्टपिटर्सबुर्नको केन्द्रमा अवस्थित ‘एम्बेसेडर’ होटलको भव्य हलमा नेपालको वाणिज्य दूतावासको स्थापनाको सन्दर्भमा नवनियुक्त अवैतनिक वाणिज्यदूत अलेक्सान्द्र तेरेन्तेभलाई नेपाल सरकारको तर्पmबाट नियुक्तिपत्र हस्नान्तारण समारोह सुसम्पन्न भएको छ ।
मास्को, रुस महासंघ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

कृष्णप्रकाश श्रेष्ठ ई-मेल : kpsnepal@gmail.com टेलिफोन : ८-९१६-९६७-३८३२ ठेगाना : मास्को ११९४२१, लेनिन्स्की प्रोस्पेक्ट ९९-५०३ जन्मतिथि : ७ नभेम्बर १९३८ जन्मस्थान : चुनिखेल, शोणितपुर (थानकोट), काठमाडौं, नेपाल । शिक्षा : स्नातक (बि.ए.), (पटना विश्वविद्यालय, भारत, १९५९) स्नातकोत्तर (एम.ए.), (पत्रकारिता संकाय, मास्को राजकीय विश्वविद्यालय, रूस, १९६६) विद्यावारिधिका लागि अनुसंधान (प्राच्यविद्या संस्थान, रूसी विज्ञान प्रज्ञा-प्रतिष्ठान, मास्को) । पेशागत सेवा : नेपाली कार्यक्रम संचालक, रेडियो मास्को (१९६३-१९९१), रेडियो रूस (१९९१-२००६) । अनुवादक : प्रगति प्रकाशन, मास्को (१९७५-१९८५); रादुगा प्रकाशन, मास्को (१९८५-१९९०) । संप्रति : वैज्ञानिक कार्यकर्ता, भारतवर्ष अनुसंधान केन्द्र, प्राच्यविद्या संस्थान, रूसी विज्ञान प्रज्ञा-प्रतिष्ठान, मास्को (१९९९ देखि) । आबद्ध संस्थाहरू : मानार्थ सदस्य, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, । मानार्थ सदस्य, नेपाल बालसाहित्य समाज, काठमाडौं । सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (२००९), अनेसास, रूस शाखा (१९९९) उपाध्यक्ष (१९९८-२००१), प्रधान संपादक (२००१ देखि), रूस-नेपाल मैत्री एवं सहयोग संघ, सदस्य (१९९९ देखि), रूस लेखक संघ, मास्को नगर संगठन, गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद् । सम्मान : मित्रकुञ्ज, काठमाडौं (१५.१०.२००३), गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद्, मास्को (२७.१०.२००६), महाकवि देवकोटा शताब्दी सम्मान, काठमाडौं, २००९ । कदर-पत्र : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, रूस शाखा, मास्को (१२.०६.२००९)। पदक : ‘टेलिभिजन एवं रेडियोका उत्कृष्ट कार्यकर्ता’ (सोभियत टेलिभिजन एवं रेडियो राजकीय समितिद्वारा प्रदत्त सम्मानपदक, १९८८); ‘शिक्षानुरागीप्रति’ (पुश्किन जन्म द्विशताब्दीको उपलक्षमा रूस वाङ्मय प्रज्ञा-प्रतिष्ठानद्वारा प्रदत्त पुश्किन स्वर्णपदक, २००३); ‘मैत्री कार्यमा योगदानवापत्’ (रूस महासंघको परराष्ट्र मन्त्रालयअन्तरगत रोस्जारुभेजसेन्त्रद्वारा प्रदत्त सम्मानपदक, २००५); 'साहित्य सेवा सम्मान-पत्र' (गैरआवासीय नेपाली रुस राष्ट्रिय समन्वय परिषदद्वारा नेपाली साहित्यको अनवरत सेवा वापत प्रदान गरिएको सम्मान, सन् २००६) । पुरस्कार : ‘जगदम्वा-श्री’ पुरस्कार (वि.सं. २०५९), नृपध्वज कार्की अन्तरराष्ट्रिय साहित्यिक पुरस्कार, न्युयोर्क (सन् २००९), नइ देरुनीख अन्तरराष्ट्रिय पुरस्कार (वि.सं. २०६७) । प्रकाशित मौलिक कृतिहरू : नेपालीमा : रूसमा नेपालको अध्ययन, नेपालभाषा साहित्य, रूसमा नेपालको छवि, नेपाली समालोचक र समालोचना, नेपाली किम्बदन्तीमाला (श्लोकबद्ध), स्थाननामकोष । रूसी भाषामा : नेपालमा पशुपक्षीको पूजा, स्वस्थानी, मित्रता र सहयोगको गांठो, रेलगाडीमा हिमालयतिर (कार्यपत्र र लेखसंग्रह), नेपालको साहित्यमा परम्परा र आधुनिकता, इतिहासको परिप्रेक्षमा नेपाली किम्बदन्ती र परम्परागत उत्सव-पर्व, नेपालमा परंपरागत भोजको विधि–विधान आदि। प्रकाशित अनूदित कृतिहरू : रूसीबाट नेपालीमा : अलेक्सान्द्र पुश्किन - जिप्सी (खण्डकाव्य), बेल्किनका कथाकहानी (गद्यकृति), दुब्रोभ्स्की (लघुउपन्यास); इभान तुर्गेनेभ – गद्यमा कविता (लघुकथाहरू), पिता र पुत्र (उपन्यास); मिखाइल शोलोखोभ – मान्छेको भाग्य र दोनका कथाहरू; मिखाइल लेर्मोन्तोभ – हाम्रो जमानाका चरित्र नायक (उपन्यास); लेभ तोल्स्तोइ – कथाकहानी, लेभ तोल्स्तोइका उत्कृष्ट कृतिहरू; अलेक्सान्द्र ग्रीन – राता पालहरू (लघुउपन्यास र कथाहरू); माक्सिम गोर्की – मेरा विश्वविद्यालयहरू (उपन्यास); रसूल हाम्जातोभ – जीवित देवी (काव्यकृतिहरू); चिंगिज आइतमातोभ – प्रथम शिक्षक (लघुउपन्यास); सुनौला सिउर (रूसी लोककथा संग्रह); रूसी चरित्र (कथासंग्रह); लेनिन-गाथा (कवितासंग्रह); लेओन्तयेभ – संक्षिप्त राजनीतिक अर्थशास्त्र; आफानास्येभ – दर्शनशास्त्रको प्रारम्भिक ज्ञान आदि विभिन्न कृतिहरूका साथै रूसी बालसाहित्यका कैयौं पुस्तकहरू । नेपालीबाट रूसीमा : यमलोकमा जिउंदो मान्छे (नेपाली लोककथासंग्रह); कल्चौंडीको ठुङ्ग र पञ्जा किन पहेंलो हुन्छ? (नेपाली बाललोककथासंग्रह); लैनसिंह बाङ्गदेल – लङ्गडाको साथी (लघुउपन्यास); रमेश विकल – फुटपाथ मिनिस्टर्स (कथा); ज्ञानकाजी मानन्धर – कुमारी चण्डेश्वरी (नाटक); हिरण्यलाल श्रेष्ठ – नेपाल परिचय; स्वामी आनन्द अरूण – सन्त-दर्शन (लेखसंग्रह); लोपोन टशी छिरिङ्ग लामा - मणिमन्त्र (कृति) आदि । संस्कृतबाट नेवारीमा : कृष्णगीता (श्रीमद् भागवत् गीताको समश्लोकी अनुबाद) । रूसीबाट हिन्दीमा : अनोखे चीजों की दुकान (आधुनिक बाललोककथा-संग्रह), (कृतिलेखकद्वय - कारेभा तथा कराल्योभ) । सम्पादन तथा संकलन : पत्रिकाहरू – किरण (नेपाली छात्रसंघ, सोभियत संघ); झिल्को (अनुवाद संस्थान, मास्को); सार्थवाह (रूस सिआईएस नेपाल उद्योगवाणिज्य संघ); नारीदृष्टि (नेपाली नारी निकुञ्ज) । शब्दकोषहरू - रूसी-नेपाली शब्दकोष; नेपाली-नेपालभाषा शब्दावली; अंग्रेजी-नेपाली पालरभाषिक शब्दकोष । पुस्तकहरू – लक्ष्मीप्रसाद देवकोटा, संकलित रचना (रूसी भाषामा); नेपाल : सहस्त्राब्दिहरूको संघारमा (रूसी भाषामा लेखसंग्रह); रसियाली प्राच्यविद्याको सन्दर्भमा नेपाल आदि ग्रन्थका साथै नेपाली भाषामा प्रकाशित विभिन्न संकलन र पुस्तकहरू । नेपालीमा अनुवाद तथा सम्पादन – मिनाएभ र नेपाल ।

Leave a Reply:

Your email address will not be published. Required fields are marked *