गणतन्त्र कतै लुक्यो भन्दैछन् मान्छेहरू
बलिदानी शिर झुक्यो भन्दैछन् मान्छेहरू ।

राहतका मूल सबै अनायासै टालिएर
गरिबको घॉंटी सुक्यो भन्दैछन् मान्छेहरू ।

पौरखको परिभाषा हत्केलामै हराउ‘ंदा
स्वाभिमानी मन दुख्यो भन्दैछन् मान्छेहरू ।

जब–जब बोल्छन् परजिवी ब्वॉंसाहरू
दानवले फेरि भुक्यो भन्दैछन् मान्छेहरू ।

यो देशमा राजनेता अझैसम्म नजन्मदा
नेपालीको भाग्य चुक्यो भन्दैछन् मान्छेहरू ।
००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *