शीकार गर्ने मेरो तिर विकेन सधै घोचीरहने यो पिर बिकेन मलाई वार पार बनाईरह्यो सधै, खोटोको खोटै यो तकदीर बिकेन । आउछन फेरी कसम खान्छन उनीहरु केही दिन्छन अनी केही लान्छन उनीहरु लानेबेला त यादहरु पनि संगै लैजान हुने, तर त्यो यतै छोडेर जान्छन उनीहरु ।
साँच्चै जिउन लाई त माया हुनुपर्छ सहयोगी हातहरु दाँया बाँया हुनुपर्छ थाकेपनि जीवनमा सुस्केरा हाल्नलाई बर–पिपलको सीतल छाँया हुनुपर्छ ।
बनाउछु म उ सधै भत्काउन खोज्छ बारबार मलाई मात्रैै सताउन खोज्छ मेरो जीवन हो म जे सुकै गरु भन्छु उल्टै मै माथी हात उठाउन खोज्छ ।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar