नोभेम्बर ७,तेल-अभीभ इजरायल
लक्ष्मी जयन्तीको उपलक्ष्यमा बालिएका १०१ मैनहरू…
अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरद्वारा नोभेम्बर ६ तारिखका दिन इजरायलको तेल-अभिभ शहरमा रात्री कार्यक्रम गरि  महाकवि लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्ती तथा शुभ -दीपावलीको उपलक्ष्यमा शुभ-कामना आदान – प्रदान कार्यक्रम  सम्पन्न गरेको छ |  अनेसास इजरायलका अध्यक्ष तथा गीतकार सुनिल संगमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उदघाटन संस्थाका अध्यक्ष सुनिल संगमले दीप प्रज्वलन गरेर गर्नु भएको थियो | महाकबिको १०१ औं जन्म जयन्ती भएकोले सामूहिक रुपमा १०१ दीप प्रज्वलन गरिएको थियो |
अनेसासइजरायलकामहासचिवकृष्णथापाद्वाराआकर्षकरुपमासंचालितउक्त कार्यक्रममायसजीलेस्वागतमनतब्यराख्नुहुदैउपस्थितसबैकोस्वागतगर्नुभएकोथियोभनेसंस्थाकीसदस्यतथागजलकारउमासुबेदीलेदेबकोटाकाकृतिहरूरब्यक्तित्वमाथिप्रकाशपार्नुभएकोथियोत्यसैगरिलेखकतथासाहित्यकारहरुनयेन्द्रचेम्जोंग

,सोमेन्द्रघिमिरेतथासंस्थाकासदस्यशंकरकुमारपौडेलरसलाहाकारश्यामरोक्कालेआआफ्नोमन्तब्यराख्नुहुँदैमहाकबिकोस्मरणगराउनुभएकोथियो| औपचारिककार्यक्रमकोअन्त्यमाकार्यक्रमबिसर्जनगर्दैअध्यक्षसंगमलेश्रष्टाहरुलाईमरणउपरान्तमात्रहोइनजीवितछँदैकेहीगर्नुपर्नेरअबबन्नेसम्बिधानमासाहित्यरसाहित्याकारहरुकालागिछुट्टैब्यबस्थागरिनुपर्नेबिचारब्यक्तगर्नुभयो|

दुई चरणमा बिभाजित उक्त कार्यक्रमामको दोस्रो चरणमा बिभिन्न साहित्यिक ब्याक्तित्वहरूले दीपावलीको  शुभ-कामना  सहित आ-आफ्नो रचनाहरु वाचन गर्नु भएको थियो यसरी रचना वाचन गर्नुहुनेहरुमा  उमा सुबेदी, दीप्स शाह, शंकर कुमार पौडेल, नयेन्द्र चेम्जोंग, कृष्ण थापा, मेनुका  भण्डारी, यस जी, बीजी श्रेष्ठ, श्याम रोक्का, र सुनिल संगम  हुनुहुन्थ्यो |  अन्त्यमा तिहारको बिशेष परिकार सेलरोटी सहित जलापानको कार्यक्रम राखिएको थियो भने कार्यक्रमको लागि माल्का बेबी केयरले हल उपलब्द्ध गराएर अनेसास इजरायललाई सहयोग गरेको थियो |
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *