-मनु लोहोरूङ

मेरो लागि अजम्मरी, तिम्रो माया, साथी !
राख्न सकूँ ! सधैं माया, घाम भन्दा माथि

मर्ने चोला कैले होला, कस्लाई थाह छ र
एकै मुट्ठी सासै त हो, अरु के पो हो र
सम्मानको घडा थापी, भन्न पाउँ ! साथी
राख्न सकूँ ! तिम्रो माया घाम भन्दा माथी

हामी बिचको दु:ख सुख,बराबरी मानो
धरती हो घर हाम्रो, आकाश हो छानो
बिपत्तिमा गुहार देऊ ! भन्न पाउँ साथी
सम्बोधनमा राख्न सकूँ ! घाम भन्दा माथी

मेरो लागि अजम्मरी, तिम्रो माया, साथी !
राख्न सकूँ ! सधैं माया, घाम भन्दा माथि

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *