कहिले पुरानो हुन नसकेको
नयाँ एउटा लडाईंको कथा
काँधमा बोकेर
मेरो वीर गोर्खाली
पुर्खा अझैँ उभिएको
देख्छु त्यो पारि
आँखैले नभ्याउने
दुर…पप्पी फुल्ने
देशको सीमाना नेर
आज उनै मेरो
पुर्खालाई सम्झिने दिन
पल अनि प्रहर
म आफ्नैं जिन्दगीको
लडाईं लड्दै छुँ यहाँ
भलै नहोला बारुद, बम
अनि बन्दुकको गोलाहरु
तर, त्यो बेलाको
विश्व यूद्ध भन्दा कम छैन
मेरो पनि यो लामो जिन्दगीको
कठिन अनि कठोर यूद्ध ….
तै पनि म मेरो आफ्नै
यूद्ध मैदानमा उभिएर
त्यो पारी उभिएका
मेरा वीर गोर्खाली
ईतिहसकार मेरा
पुर्खाहरुलाई सलाम गर्छु ….
किनकी उनीहरुले
लडाईंबाट जोगाएर ल्याएका
एक थोपा शुद्द रगत
अझैँ मेरो रगरगमा दौंडी रहेको छ
र त म नयाँ पीडिको गोर्खाली
भएर बाँचेको छु !!
सबै सबै मेरो पुर्खाहरुलाई सलाम छ …..
जानू काम्बाङ्ग
ताप्लेजुङ्ग @ हाल युके
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar