अबत युवा कर्णाधारमा भार बिसाउनेहो ।
अनिपछि मिलन सारमा हात मिलाउनेहो ।।
सुकिहाल्ने फूलको हारत्यो मोह जालमा पार्नेरु
अबत संन्यास धाममा भार बिसाउनेहो ।।

नेपालीले नेपालीलाई माया गर्थौ भने ।
नेपालीले नेपालीलाई दाँया सार्थौ भनें ।।
युवा पींडीं अगि सार्थौ नेपाल आमा हँसाउँथौ ।
नेपालीले नेपालीलाई माया गर्थौ भनें ।।

प्रौढ नेता समागमलाई तीर्थ धाम बनाउने ।
युवा नेता समागमलाई मित्र साथ दिलाउने ।।
चिर्यो छाती छट्पटिभो सेल रोटीको घुमाई ।
प्रौढ नेता सकललाई तीर्थधाम पुराउने ।।

नेपाली हुँ हक लाग्दछ देशको लागि बोल्न ।
गोर्खाली हुँ मन जाग्दछ देशको लागि कार्न ।।
सिमित्तमा नबस्नाले नेता दलाल देश विराम ।
नेपाली हुँ कर लाग्दछ देशको लागि बोल्न ।।

मोहन राज खनाल ९म्यामा

Picture by : kedar sangket

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *