क्याण्टरवरी, १२ अगस्ट 2018

गत १२ अगष्ट २०१८ का दिन क्याण्टरवरी क्राइस्ट चर्च युनिभर्सिटीमा दोस्रो विश्व नेपाली साहित्य सम्मेलन क्यान्टावरिको काव्य भुमिमा सु-सम्पन्न भयो ।

यो कार्यक्रमका संयोजक सस्थाकै केन्द्रिय सचिव साहित्यकार केदार सङ्केत र वातावरण साहित्य अभियन्ता (विद) विजय हितान द्वयले गर्नु भएको थियो ।

विश्व नेपाली साहित्य महासङ्घको नेपाली साहित्य र साहित्य विकास परिषदको सह-आयोजनामा सम्पन्न भएको यो सम्मेलनमा केन्द्रीय समिति तथा 20 मुलुकका २7 शाखाको  रहेका छन् ।

बेलायतका लागि नेपालका राजदुत महामहिम डा. दुर्गा बहा

दुर सुवेदी, वरिष्ठ कवि तुलसी दिवस, बरिष्ठ समालोचक प्राडा. गोविन्दराज भट्टराई केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले दीप प्रज्वलन गरि समुदघाटन गरिएको थियो ।

उक्त कार्यक्रम चर्कित गीतकार, कवयत्री तथा कथाकार विनेसाम साउथ वेष्ट स्वीन्डन शाखाकी महासचिव श्रीमती जानु काम्बाङ लिम्बु र केन्द्रीय सचिव साहित्यकार सङ्केतले संचालन गर्नु भएको थियो  । 

ब्यवस्थापन संयोजक तथा केन्द्रीय सचिव सङ्केतले सम्मेलनमा सहभागी सबैलाई स्वागत गरेपछि कार्यक्रम अगाडि बढेको थियो ।  सम्मेलनमा दुई  प्रमुख अतिथीहरु क्रमश:  बेलायतका लागि नेपाली राजदुत एवं कवि डा. दुर्गा बहादुर सुबेदी , र नेपालवाट आएका आधुनिक कविवर तुलसी दिवस थिए भने विशिस्ट अतिथीहरुमा बरिष्ठ साहित्यकार, समालोचक, डाएस्पोरा साहित्यका चिन्तक  प्रा. गोविन्द राज भट्टराई, पूर्व जर्मनका  राजदुत प्रा. नोवल किशोर राई र बरिष्ठ लेखक, साहित्यकात, राजनीतिक बिश्लेषक, गहन चिन्तक खगेन्द्र संग्रौला को सहभागीता थियो । । झर्मनका अङ्रेजी  प्रोफेसर बी श्रेसर र अष्ट्रियाका शेला स्टेनर,र नेपालबाट साहित्य अनुरागी शन्ध्या जोशी श्रेष्ठ र भारतको भाक्सुबाट मित्रसेन प्रतिष्ठानकी संरक्षक वयोवृद्धा प्रतिमा दोधराजको पनि उक्त्त  सम्मेलनमा उपथिती रहेको थियो ।

कार्यक्रममा अतिथिहरुमा नेफिन यूकेका अध्यक्ष जंग सुनुवार, अन्तरराष्ट्रिय नेपाली साहित्य (अनेसास) बेलायत अध्यक्ष सुमल कुमार गुरुङ, र उपाध्यक्ष लक्ष्मी राई थापा (लारा), नेपाली वाङ्मय प्रतिस्ठान बेलायतका पुर्व अध्यक्ष श्रीमती जया राई, नेपाली प्रतिभा प्रतिस्ठान का पुर्व अध्यक्ष रक्ष राई , नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, एभ्रेस्ट टाइम्स युकेका सम्पादक दुत पुन र बेलायतमा रहेका धेरैजसो साहित्यकार, पत्रकार, कलाकार, विध्यार्थीवर्ग, समाजसेवी र केही राजनीतिज्ञ तथा कुट्नितिज्ञहरुको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा साहित्य विकास परिषदकोले नेपालबाट आमन्त्रित पाहुनाहरुलाई सस्थापक सुरेशजंग शाह र वर्तमान अध्यक्ष कोमल मल्ल श्रेष्ठले अभिनन्दन तथा सम्मान पनि गर्नुभयो  ।

साहित्य महासङ्घले प्रदान गर्ने नेपाली साहित्यको दुत (सगरमाथा) २०१८ कवि दिवसलाई प्रदान गरियो भने नेपाली साहित्य दुत (धौलागीरी) २०१८ श्रीमति लक्ष्मी राई थापा (लारा) लाई ताम्रपत्रले सम्मान गरियो । सम्मेलनको मध्यान्हमा प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुको बाहुलीबाट पालैपालो सातवटा पुस्तकहरु लोकापर्ण भयो । जसमध्ये विश्व नेपाली महासङ्घमा आबद्ध स्रष्टाहरुको

संकलित रचनाहरुको संगालो क्रमश:

1.‘बिनेसाम दर्पण“, मस्को निवासी कृष्ण प्रसाद श्रेष्ठद्वारा रसियनबाट नेपालीमा अनुवादित कविता कृति ‘रुसी पल्लव“।

  1. प्रा डा. गोविन्दराज भट्टराईको ‘मेरो पहिलो बेलायत यात्रा’

३ .विनेसामका केन्द्रीय सह-सचिब सुनिता राई कन्दङवाको ‘एक जुवा घामा’ कविता कृति,

  1. गीतकार जानु काम्बाङको ‘नउघ्रेको जून’ कथा संग्रह ।
  2. केदार संकेतको ‘बुद्दल्याण्ड टु स्वीजरल्याण्ड’ यात्रास्पर्श .

६. बिनेसामकै सन्कलित साहित्य समाचार  ‘साहित्य संसार’ र

  1. सङ्केत द्वारा सम्पादित ‘बिनेसाम दर्पण’ विविध रचनाहरुको लोकार्पण गरियो ।

कार्यपत्रहरुमा क्रमश:

1, प्रोफेसर बी ले, नाराएण काफ्लेको पल्पसा क्याफे को बारेमा ।

2, प्राडा. गोविन्दराज भट्टराई- नेपाली साहित्यको कृती र स्वदेश/विदेश को  लाब्रेरिमा पुगेको संख्याको जानकारी को बारेमा ।

3, अध्यक्ष तिगेला – खस (जुम्ली) भाषा र यस्को वर्तमान प्रभाव को बारेमा ।    

4, गीतकार भावेश भुमरी- नेपाली गीत लेखनको बारेमा ।

5, बातावरणविद विजय हितान – बेल्पाली लाहुरे साहित्यकार र युद्ध साहित्यका बारे आ-आफ्ना  कार्यपत्रहरु प्रस्तुत गरे । 

तेसै गरेर कार्यक्रमको उत्तरार्धमा, नेपाली साहित्यको विकृति तथा प्रवासी वसोवासका बारेमा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला । नेपाली भाषा र यस्को डाएस्पोरामा प्रभाव, प्राडा. नोवल किसोर राई, आमन्त्रित अष्ट्रियाबाट शीला स्टेनरले साहित्यकार झमक घिमिरेको बारे बनेको फिल्मको पाँच मिनेट ट्रेलर सहित जानकारी गराउनु भयो । 

उक्त दिन सम्पन भएको  विश्व नेपाली साहित्य महासंघको सम्मेलनको अन्तमा सम्मेलन संयोजक तथा सचिव केदार ‘सङ्केत’ले  ८ बुंदे घोषणापत्र जारी गर्नुभयो ।

१. नेपाल भित्र बोलिने सबै (मातृ) भाषाहरुको साहित्य तथा नेपाली पहिचान भएका र नेपाली परिचयमा गौरव गर्नेले आफ्नो मातृभाषामा लेखेका साहित्यलाई नेपाली साहित्य मान्ने परम्परामा गौरव गर्दछ ।

२. नेपाली (खस जुम्ली) भाषालाई देव नागरिक लिपीमा लेखिएको साहित्य नेपाली पहिचान र प्रतिष्ठा भई सकेकोले यसको श्रीवृद्धिको निम्ति हरप्रकारको कार्य गर्ने प्रतिबद्धता जारी गर्दछ ।

३. नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्ने कार्यलाई निरन्तरता दिने ।

४. नेपाली बर्ण विन्यास २०६९ र मानक नेपाली भाषा अभियान २०७४ दुवैको योगदानको उच्च सम्मान गर्दै नेपाली लेखनलाई ध्वनी विज्ञान सम्मत लैजान आग्रह गर्दछ ।

५. नेपाल भित्र बोलिने १२५ भाषाहरु मध्ये झण्डै २ दर्जन भाषाको कवितालाई अन्य भाषामा अनुवाद सहित प्रकाशन गर्ने प्रतिबद्धता गर्दछ ।

६. देश बाहिर रहेको नेपाली साहित्यका स्रष्टाहरुलाई उपेक्षा गर्ने प्रचलन प्रति दुःख ब्यक्त गर्दै अब दया र भिख होइन गुणस्तरको आधारमा मूल्याङ्कन गरि सम्मानहोस भनी जोडदार माग गर्दछ ।

७. नेपाली युद्ध साहित्यको सिर्जना यथेष्ठ भईसकेकोले नेपाली साहित्य आकासमा यसको ब्यापक पठनपाठनहोस भन्ने माग गर्दछ ।

८. यस सम्मेलनलाई सम्पन्न गराउन साथ सहयोग गर्नुहुने 20 मुलुकका 27 शाखाहरु, सहयोगदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

कार्यक्रमको अन्त्य तिर थीर थापाको गीत ।  सेमन्त राई, सुरेन्द्र इङनाम र भरत लोहरुङ समुहको बाँसुरी आलाप ।  नेहा, मलियान र विनाको समुह नृत्य । अमित थेबे, जानु काम्बाङ लिम्बु,  र कवि लालसुन्दर राईले कविताहरु वाचन गरे । 

सम्मेलनको अन्तमा बिनेसामा का अध्यक्ष विश्वास दीप तीगेलाले देश-विसेशका सवै सहयोगीदाताहरु, केन्द्रका सकृय पदधिकारीहरु र लुष प्रेशका सहयोगी मित्र रमेश दाहाल समेतलाई एक्मुस्टमा धन्यवाद दिदै कार्यक्रम विसर्जन गर्नु भयो । 

सम्मेलनका सहभागिहरुलाई ब्याक  पाइप बजाएर सबैलाई स्वागत र विदाई गरिएको थियो ।

सम्मेलनको विर्षजन लगतै सह-योजक साहित्य विकास परिषदद्धारा क्यान्टवरीको चमचम रेष्टुरेष्टमा स्वागत तथा रात्रीभोजको कार्यक्रम पनि थियो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *