भ्रमपूर्ण र विरोधभास विज्ञप्तिबाट दिग्भ्रमित नहुन तामाङ  समाज अमेरिकाको अपिल 
तामाङ समुदायलाई बिखण्डनकारी समुहबाट बचाउन तामाङ समाज अमेरिकाको स्थापना
भाद्र २४, न्युयोर्क : तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा हालै जारी विज्ञप्ति तथा विभिन्न मिडियामा प्रकाशित समाचारहरूप्रति तामाङ समाज अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङले एक प्रेश विज्ञप्ति जारि गर्नुभई समाजको धारणा सार्वजनिक गरेको छ ।
शैक्षिक तथा आर्थिक क्षेत्रमा समस्त तामाङ समुदायको समग्र विकासको लागि उल्लेखनीय योगदान गरी तामाङ संस्कार र संस्कृतिलाई अमेरिकामा बसोवास गर्दै अईरहेको नयाँ पुस्तालाई हस्तान्तरण गरि संस्कृति संरक्षण गर्ने र  तामाङ समुदायलाई बिखण्डनकारी समुहबाट बचाउन विशेष भूमिका निर्वाह गर्दै नेपाली (प्रवासी) डायस्पोरामा सामुदायिक अगुवाई लिने पवित्र उद्देश्यका साथ अमेरिकी कानुन अन्तर्गत स्थापित यस “तामाङ समाज अमेरिका” र यस संस्थासँग आवद्ध व्यक्तित्वहरुको मान मर्दन गर्ने प्रकृतिको विज्ञप्ति प्रकाशित गरी अर्कोतर्फ विवाद समाधान कमिटि गठन भएको भन्ने विरोधाभासपूर्ण विज्ञप्तिले तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको नेतृत्त्व पंक्तिको असक्षमता, अपरिपक्वता र अदूरदर्शिताको स्पष्ट चित्रण गर्दछ ।
यस्तो गन्तव्यहिन नेतृत्वबाट बृहत् समाज निर्माण र नेतृत्वको सम्भावना पुरै समाप्त भएको कुरा विज्ञप्तिको भ्रमपूर्ण र विरोधाभासपूर्ण विषय वस्तुले समेत स्पष्ट पार्दछ । तामाङ समाज अमेरिका र यस संस्थासँग आवद्ध व्यक्तिहरूको मानमर्दन गर्ने प्रकृतिको विज्ञप्ति प्रकाशित गर्ने र अर्को तर्फ तथाकिथत विवाद समाधान कमिटि गठन भएको भनेि विरोधाभास विज्ञप्ति मार्फत समाज र समुदायमा भम फैलाउने समाचार केही अनलाइन मेिडयामा प्रकाशन भएकोले तामाङ समाज अमेरिकाको गहिरो ध्यान आकर्षण भएको छ ।
तामाङ सामाज अमेरिकाको संरक्षकहरू भरत राज लामा, शानु बावु थोकर, लुईसाङ वाईबा र भोजराज थोकर लगायतलाई तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको सल्लाहकारको  
भूमिका निर्वाह गरिदिन अनुरोध गरिएको भएता पनि उक्त प्रस्तावलाई हाम्रा अग्रजहरुले कहिल्यै स्वीकार नगरिएकोले तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा गरिएको भनिएको कथित कारबाहीको कुनै अौचित्य नरहेको यथार्थ हामी यस विज्ञप्ति मार्फत स्पष्ट गर्दछौँ ।
तामाङ समाज अमेरिका कुनै पनि संस्थाको विरूद्ध नभै अमेरिकाको कानुन अन्तर्गत स्वतन्त्र रुपमा दर्ता भई हालै सम्पन्न प्रथम अधिवेशनबाट कार्यसमिति निर्वाचित भई स्पष्ट लक्ष्य र कार्यदिशाका साथ अघि बढिसकेको अवस्थामा तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा गठित कथित समितिको कुनै औचित्य नभएको र त्यस्ता कथित वार्ता कमिटीसँग कुनै वार्ता नगरिने व्यहोरा यसै विज्ञप्ति मार्फत स्पष्ट पार्दै सर्वसाधारणलाई भ्रमित गर्ने कुन्ठित अभिलाषाबाट अभिप्रेरित उक्त भ्रमपूर्ण र विरोधाभास विज्ञप्तिबाट किन्चित पनि दिग्भ्रमित नहुनको लागि सम्पूर्ण सदस्य, विभिन्न संघ-संस्था र विश्व भरि फैलिएर रहेका तामाङ समुदायलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ ।

By: Lopsang Sange

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *