पोखरा, मंसिर २५
Random Readers’ Society of Nepal ले आफ्नो चौथो पुस्तक परिचर्चा तथा
स्रष्टा साक्षात्कर कार्यक्रम सरुभक्तको बहुचर्चित उपन्यास ‘समय त्रासदी’ तथा
स्रष्टा–परिचयअन्तरगत भक्तपुरे कवि तथा कथाकार अभय श्रेष्ठ (चंकी श्रेष्ठ) को
कृतित्व र व्यक्तित्वमाथि चर्चा गर्दै शनिबार सम्पन्न गरेको छ ।

कार्यक्रमका बीच सोसाइटीले पाँचौ कार्यक्रममा ‘उत्तर–आधुनिकता’माथि बहसपूर्ण
कार्यक्रम चलाउने घोषणा गरेको छ । आगामी पौष २४ गते शनिबारका दिन
गरिने उक्त कार्यक्रममा संोसाइटीका सदस्य नगेन्दं्र भण्डारीले कार्यपत्र प्रस्तुत
गर्नुहुने कुरा पुस्तक छनौट समितिका संयोजक कृष्ण के.सीले जानकारी
दिनुभयो ।

पोखरेली दर्शनिक तथा साहित्यकार प्राज्ञ सरुभक्तको औपन्यासिक कृति ‘समय
त्रासदी’ माथि सोसाइटीका सदस्य चेतभक्त सुवेदी ‘आकास’ले कार्यपत्र प्रस्तुत
गर्नुभएको थियो भने सरुभक्तमाथि विद्यावारिधी गर्नुभएका  डा. लक्ष्मीशरण
अधिकारीले प्रमुख टिप्पणी गर्नुभएको थियो । त्यसैगरी अभय श्रेष्ठको कृतित्व र
व्यक्तित्वमाथि सोसाइटीका कोषाध्यक्ष रामजीप्रसाद पौडेलले चर्चा गर्नुभएको
थियो ।

पुस्तकमाथि परिचर्चा गर्दैै सुवेदीले ‘समय त्रासदी’ बर्वर मानवीय स्वभावको
पराकाष्ठा भएको बताउनुभयो । त्यस्तै प्रमुख टिप्पणीकार डा.अधिकारीले
सरुभक्तको समग्र औपन्यासिक प्रवृत्तिको व्याख्या गर्दै सरुभक्तलाई प्रयोगवादी
दार्शनिक उपन्यासकारको रुपमा चित्रण गर्नुभएको थियो ।

कार्यक्रममा स्रष्टा सरुभक्तले उपन्यास लेखनको अनुभव र अनुभूति बाँड्दै आफूले
मानव जातिको इतिहासमा मान्छेले मान्छेको मासु खाने नरभक्षी परम्पराको
पृष्ठभूमिमा घृणाको चरम अध्यायको रुपमा पुस्तकको धरातल निर्माण गरेको बताउनुभयो । ‘मानव जाति यस घडी सर्वाधिक त्रासदीपूर्ण अवस्थामा रहेको’ बताउँदै उहाँले ‘समकालीन सामाजिक विभत्स परिवेशमा लेखिएको सो उपन्यास लेख्दा आफू स्वयम्लाई पनि सुखद् अनुभूति नभएको’ खुलासा गर्नुभयो ।
हामीमाझ पठन–संस्कृति विकसित हुन बाँकी रहेको बताउँदै सरुभक्तले भन्नुभयो, ‘हामी पुस्तक पढ्ने समय छैन भन्दै समय खेर फालिरहेका छौं’ ।


त्यस्तै, साहित्यकार अभय श्रेष्ठ (चंकी) को कृतित्व र व्यक्तित्वमाथि परिचर्चा गर्दै
पौडेलले अभय श्रेष्ठ एक सत्यका हिमायती, विद्रोही र प्रगतिवादी कवि तथा
कथाकार भएको बताउनुभयो । श्रेष्ठका ‘फुलबिनाको शाखा’ (गजलसंग्रह),
कायाकल्प (कवितासंंग्रह) प्रकाशित छन् भने दुई कथासंग्रह ‘निर्वाण’ र ‘बेग्लै
मान्छे’ प्रकाशित हुँदै छन् ।

सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईँ ‘आहत’को अध्यक्षतामा सम्पन्न उक्त
कार्यक्रममा प्रा.डा. पशुपतिनाथ तिमल्सेना, प्रा.डा. रविलाल अधिकारी, प्रा.डा.
दिलबहादुर क्षेत्री, डा. मानबहादुर के.सी., डा. विष्णु पौडेल, यदुनन्दन
उपाध्याय, क्षेत्र के.सी., नगेन्द्र भण्डारी, रामजी पौडेल, गोपाल क्षेत्री, प्रकाश
थापालगायतले सरुभक्तको कृतित्व र व्यक्तित्वमाथि चर्चा तथा टिप्पणी गर्नुभएको
थियो । पुस्तक छनौट समितिका संयोजक कृष्ण के.सी.ले स्वागत, सहसचिव
उपेन्द्र पौडेलले परिचर्चाकारको परिचय प्रस्तुत गर्नुभएको उक्त कार्यक्रमको
सञ्चालन सचिव गनेस पौडेलले गर्नुभएको थियो ।
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *