कृष्णप्रकाश श्रेष्ठ

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष जस्तो गरिमामय पदमा रूसमा बसोवास गरिरहेको नेपाली समुदायका प्रतिनिधि डा। बद्री केसी निर्वाचित हुन सफल भएको उपलक्ष्यमा २२ डिसम्बर २०१९ ९आइतवार० का दिन रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजित स्वागत(सम्मान समारोह भव्यतापूर्वक सुसम्पन्न भयो ।
गैरआवासीय नेपाली संघ रसियाका अध्यक्ष शिवमणि भुर्त्यालको सभापतित्वमा सम्पन्न एवं महासचिव इन्दप्रसाद्र भुसालबाट संचालित सम्मान, लोकार्पण तथा मिलन समारोहका विशेष अतिथिको रुपमा महामहिम नेपाली राजदूत ऋषिराम घिमिरेका साथै राजदूतावास परिवार, रूस(नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभसहित यस संस्थाका प्रतिनिधिहरू, गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका साथै मास्कोमा रहेका नेपालीहरूका विभिन्न सामाजिक र साहित्यिक संस्थाका प्रतिनिधिहरू तथा रूस लेखक संघका प्रतिनिधि(सदस्यहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेज्यूले गैरआवासीय नेपाली संघको केन्द्रीय उपाध्यक्षको पदमा निर्वाचित डा। बद्री केसीसहित यस संस्थाको केन्द्रीय सबस्यमा पुनःनिर्वाचित एकनारायण चापागाईं तथा गैरआवासीय नेपाली संघको यूरोप क्षेत्र संयोजक र भाषासाहित्य उपसमितिको संयोजक भई आफ्नो कार्यकाल कुशलतउकूर्वक पूरा गरी हाल अनरेरी काउन्सिल मेम्बरमा नियुक्त गोविन्दप्रसाद गौतमको सम्मानमा रूसमा रहेका नेपालीहरूले आयोजना गरेको भेलामा उपस्थित भएका सम्पूर्ण नेपालीहरू र रसियाली मित्रहरूको हार्दिक स्वागत गर्दै नजिकै आइरहेको अन्तरराष्ट्रिय नयाँ वर्ष २०२० को उपलक्ष्यमा नयाँ नयाँ उपलब्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो ।
गैरआवासीय नेपाली संघ रूसका महासचिव इन्द्रप्रसाद भुसालद्वारा सञ्चालन गरिएको समारोहमा गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य डा। एकनारायण चापागाईं, विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, नेपाली छात्रसंघ जनमैत्री विश्वविद्यालयका अध्यक्ष प्रबल प्रधान प्रभृतिबाट डा। बद्री केसी गरिमामय उपाध्यक्ष पदमा अत्यधिक बहुमतद्वारा निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो भने मिखाइल नेक्रासोभले रूस(नेपाल सहयोग तथा मैत्री समाजका एक कर्मठ कार्यकर्ता डा। बद्री केसी विश्वभर छरिएर रहेका नेपालीहरूको संस्थाको उपाध्यक्ष पदमा निर्वाचित भएको सन्दर्भमा हर्षप्रकट गरेका थिए ।
गैरआवासीय नेपाली संघको स्थापनाकाल सन् २००३ देखि नै यस संघको राष्ट्रिय र अन्तरराष्ट्रिय समन्वय परिषदमा विभिन्न पदभार सम्हाल्दै केन्द्रीय महासचिवको पदमा रही गैरआवासीय नेपाली अभियानको श्रीबृद्धिमा योगदान पुर्याउँदै गतः १५(१७ अक्टोबर २०१९ मा काठमाडौंमा सम्पन्न नवौं विश्वसम्मेलनबाट उपाध्यक्ष पदमा निर्वाचित डा। बद्री केसीका साथै केन्द्रीय यूरोप क्षेत्र उपसंयोजक तथा भाषासाहित्य उपसमितिको संयोजकको कार्यभार सफलतापूर्वक सम्पन्न गर्ने गोविन्दप्रसाद गौतम र मस्कोमा गतः २५ अगस्तमा सम्पन्न नवौं राष्ट्रिय सम्मेलनबाट रूसको प्रतिनिधिको रूपमा दोस्रोपटक पनि निर्विरोध निर्वाचित भई पुनः केन्द्रीय सदस्यको पदमा बहाल भएका डा। एकनारायण चापागाईंप्रति सबै वक्ताहरूद्वारा हार्दिक सम्मान जनाइएको थियो । महामहिम राजदूतज्यु, रूस(नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष र रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्षबाट डा। बद्री केसी, गोविन्दप्रसाद गौतम र डा। एकनारायण चापागाईंलाई क्तलध्वनिका साथ सम्मानपत्र प्रदान गरिएपछि सभापतिको आशनबाट शिवमणि भुर्त्यालबाट तीनैजना सम्मानित केन्द्रीय पदाधिकारीहरूप्रति हार्दिक बधाई र शुभेच्छा ज्ञापन गर्नुका साथै सम्मान समारोहको प्रथम खण्डको समापन गरियो ।
समारोहको दोस्रो खण्डमा गैरआवासीय नेपाली संघ भाषासाहित्य उपसमितिको तर्फबाट प्रकाशित तथा कृष्णप्रकाश श्रेष्ठबाट रूसी भाषामा अनूदित नेपालका ४८ जना लेखककविहरूको लेखनीबाट निसृत नेपाली आख्यान तथा कविता विधाका विभिन्न कृतिहरूको संकलन ुनेपाली कविता संगमु का साथै कवयित्री नाज सिंहबाट नेपाली, मैथिली र हिन्दीमा रचिएका कविताहरूको त्रिभाषिक संग्रह ुतिर्खाु पनि लोकार्पण गरिएको थियो । यी दुवै कृतिहरूको विमोचन नवौं अन्तरराष्ट्रिय गैरआवासीय नेपाली सम्मेलनको क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलप्रति गंगाप्रसाद उप्रेतीबाट भएको थियो । रूसी भाषामा ुनेपाली साहित्य संगमु को सम्पादन र कवितानुवादमा सहयोग गर्ने रूसी कवयित्रीहरू (ल्युदमिला साल्तिकोभा, ल्युदमिला आभ्देएभा, तामारा पोत्योमकिना, ताच्याना चेग्लोभा, नेल्ली कोपेयकिना, फातिमा सोलो० बाट रूसी भाषामा कविता पाठ पनि गरिएको थियो । महामहिम नेपाली राजदूत ऋषिराम घिमिरे, गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष डा। बद्री केसी, राष्ट्रिय समन्वय परिषद रूसका अध्यक्ष शिवमणि भुर्त्याल, विश्व नेपाली साहित्य महासंघ रूसका अध्यक्ष गोविन्दप्रसाद गौतम, रूस(नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभबाट पुस्तक लोकार्पण गरिएपश्चात् यस पंक्तिकार ९कृष्णप्रकाश श्रेष्ठ० लाई ुगैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् भाषासाहित्य उपसमिति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन ( २०१९ु द्वारा “प्रवासमा नेपाली भाषा र साहित्यको विकास र श्रीबृद्धिका लागि” सर्वप्रथम प्रदान गरिएको सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।
समारोहको तेस्रो खण्डमा रूसमा उच्चशिक्षा हासिल गर्नका लागि आएका नेपाली विद्यार्थीहरूलाई नेपाली छात्रसंघ ९जनमैत्री विश्वविद्यालय० को तर्फबाट स्वागत गरिएको थियो । कार्यक्रमको बी(बीचमा नेपाली छात्रछात्राहरूबाट नृत्य प्रस्तुति पनि गरिएको थियो ।
कार्यक्रमको समाप्तिपश्चात् समारोहका सहभागीहरूको सम्मानमा रात्रीभोजको आयोजना गरिएको थियो । समारोहका सहभागीहरू परस्परमा शुभकामना, भलाकुसारी र विचारको आदानप्रदान गर्दै रमाइलो वातावरणमा फोटो खिच्नमा व्यस्त देखिन्थे । यस साल डिसम्बरको अन्त्यतिर समेत मस्कोमा हिउँ नपरेको भए तापनि अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२० नजिकै आइरहेको सन्देशस्वरूप नववर्षको स्वागतार्थ नेपाली राजदूतावासको प्रवेशकक्षमा समेत तलेसल्ला सजाएर राखिएको थियो।।।

फओठओ सौजन्य – बोरिस भेर्शिनिन,
२५ डिसम्बर २०१९,
मस्को, रूस महासंघ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *