सौल, कोरिया  फागुन ९

अनेसास कोरिया च्याप्टरको पाँचौ अधिवेशन अनलाईन ग्रुप भेलाले सम्पन्न भएको छ ।
कोरिया च्याप्टरका अनुसार प्रतिनिधिहरु छलफलबाट पारित गरेर पद्स्थापना गरिएको
हो ।

नवनिर्वाचित कार्य समितिमा अध्यक्ष प्रमोद सारंग, वरिष्ठ उपाध्यक्षमा डी आर
न्यौपाने ‘सूर्य’ उपाध्यक्षमा क्रमश: लोकराज न्यौपाने, आर. एन. अधिकारी
महासचिवमा ह्यारी बोण्ड, सचिवमा धीरेन्द्र स्पन्दन, कोषाध्यक्षमा आर. के.
पौडेल रहेका छन् । त्यसै गरी सद्स्यहरुमा रामचन्द्र शर्मा, दीपकराज बन्जाडे,
कमल बाछिटे, कृष्ण रिजाल, टिपी खनाल, गोपाल न्यौपाने र डीबी तनाब रहेका छन् ।

कोरिया च्याप्टरलाई थप जुझारु बनाउनका लागि सल्लाहकारहरु कमलप्रसाद अर्याल,
कृश गुल्मेली बाबु, बलदेव भट्टराई, विनोद परिवर्तितलगायतले अधिवेशनका लागि
आवश्यक तयारी आंकलन गरी छलफल चलाएका थिए । सदा नवीन सोचका साथ अगाडि बढिरहेको
अनेसास कोरिया च्याप्टर भर्खरै मात्र बेस्ट च्याप्टर अवार्डमा दोस्रो भएको
थियो ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *