समाचारदाता-गोवर्धन पूजा
लोकसाहित्यकार कालीभक्त पन्तको
२८ औँ स्मृति दिवसको अवसर पारेर
कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठानले पर्बतको
 फलेबास स्थित स्मृतिभवनमा आयोजित कार्यक्रममा लोक गायक कृष्ण कँडेललाई
पुरस्कृत गरेको छ | टेलिभिजन कार्यक्रम "इन्द्रेणी" मार्फत लोकगीतमा क्षेत्रमा
उल्लेखनीय योगदान पुर्याए बापत उहाँलाई
 एक लाख एकहजार नेपाली रुपैँया नगद सहितको कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक
साहित्य पुरस्कार २०७६   प्रदान गरिएको हो | यसअघि साहित्यकार सत्यमोहन
जोशीलाई यो पुरस्कारबाट पुरस्कृत गरिएको थियो|
 साहित्यकार काजी रोशनको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा पुरस्कारका
संस्थापक गोविन्दप्रसाद पन्त र ऊर्मिलादेवी पन्तले कडेँललाई पुरस्कार समर्पण
गर्नुभयो |

पुरस्कृत व्यक्तित्व कृष्ण कँडेलले गतवर्ष शताब्दी पुरुष सत्यमोहन जोशीजस्तो
मूर्धन्य व्यक्तित्वले प्राप्त गरेको  पुरस्कार यसवर्ष आफूलाई प्रदान गरिएकोमा
 आभार व्यक्त गर्नुभयो |

प्रतिष्ठानले समाजसेवा क्षेत्रमा उल्लेख्य काम गरेका  स्व. हवल्दार पदमबहादुर
श्रेष्ठ, फलेवासलाई मरणोपरान्त र श्रीमती मानकुमारी गिरी, कुस्मालाई
जनही रु. ५००० सहित
सम्मानित गरेको उक्त कार्यक्रममा  शारदा मावि, कुर्घा, पर्वतका कक्षा ९ मा
अध्ययनरत जेहेन्दार छात्रा अनिता शर्मा र लिमिठाना माविका दलित जेहनदार छात्र
सागर सुनारलाई जनही आठ हजार राशीको शिक्षा पुरस्कार प्रदान गर्यो |
कार्यक्रममा प्रा.डा. गजबकुमारी शर्मा तिमिल्सिनाद्वारा सम्पादित "कालीभक्त
पन्त–प्रजातन्त्रका सेनानी" तथा "नेपाली लोक साहित्यका अग्रपुरुष"को विमोचन
गरियो|

अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कारका आयोजक साहित्यकार महेश्वर पन्त ,
पूर्व माननीय अर्जुनप्रसाद जोशी, फलेवास नपाका मेयर पदमपानी शर्मा पूर्व
नेकाका जिल्ला अध्यक्ष नबराज गुरुङ लगायतका अतिथिहरुको उपस्थिति रहेको उक्त
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रा.डा पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको
अध्यक्षतामा भएको हो |
 एवीसी टेलिभिजनबाट प्रसारित हुने इन्द्रेणी कार्यक्रमका समूहले दोहोरी गीतहरु
प्रस्तुत गरि  रमाइलो बनाएको बृहद् जनसहभागिता रहेको उक्त कार्यक्रममा
इन्द्रेणीका कलाकारहरुका लागि केही सहयोग पनि जुटाइएको थियो |
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *