Random रिडर्सले उत्तरआधुनिकतावादको बहस चलायो
पोखरा÷२४ पुस
Random रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो पाँचौं कार्यक्रम
उत्तरआधुनिकतावादसम्बन्धी अन्तरक्रिया गरी शनिबार सम्पन्न गरेको छ । सोसाइटीले
प्रत्येक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा साहित्यिक मान्यताहरुको
विषयमा अन्तरक्रिया गदैै आएको छ ।
कार्यक्रममा बोल्दै उत्तरआधुनिकतावादका एक आधिकारिक व्यक्तित्वसमेत
मानिनुहुने चर्चित उपन्यास घनचक्करका लेखक प्रा. डा. सञ्जीव उपे्रतीले
उत्तरआधुनिकतावादलाई विश्वलाई हेर्ने एक दृष्टिकोणका रुपमा चिनाउनुभयो ।
‘उत्तरआधुनिकतावादले स्थानीयता, बहुलवाद र भिन्न विचारलाई स्वीकृति दिन्छ’
उहाँले भन्नुभयो, ‘नेपालको सन्दर्भमा उत्तरआधुनिकतावादले पुराना अकाट्य
मानिएका सिद्धान्तहरुमाथि पुनरावलोकन र सार्थक बहसको अवसर प्रदान गरेको छ ।’
सोसाइटीका सदस्य नगेन्द्र भण्डारीले ‘उत्तरआधुनिकताः एक चर्चा’ विषयक आधारपत्र
प्रस्तुत गर्दै हरेक उट्पट्याङ कार्य र शैलीलाई उत्तरआधुनिकतावादको नाम दिने
प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । आधुनिकतावाद र उत्तरआधुनिकतावादको
भेद पर्गेल्नुपर्ने भन्दै उहाँले उत्तरआधुनिकतावादले आधुनिकतावादलाई समाप्त
पारेको बताउनुभयो । कार्यक्रममा बोल्दै साहित्यकार सरुभक्तले
उत्तरआधुनिकतावादी बन्ने स्रष्टाहरुको अनावश्यक रहरप्रति असन्तुष्टि प्रकट गर्दै
हचुवामा गरिने समालोचकीय पद्धतिको पनि विरोध गर्नुभयो । उहाँले साहित्यका
विविध विधामा उत्तरआधुनिकतावादको प्रयोग कसरी भइरहेको छ र गर्न सकिन्छ
भन्ने कुरामा व्यापक बहस हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा टिप्पणी गर्दै प्रा. डा. पशुपतिनाथ तिमल्सेनाले ‘उत्तरआधुनिकतावाद
माक्र्सवादका विरुद्ध आएको पुरातनपन्थी मान्यता हो’ भन्नुभयो । सो कार्यक्रममा
सुवास मल्ल, अर्जुन पोखरेल, योगराज लामिछाने, डा. लक्ष्मीशरण अधिकारी,
महेन्द्र रिमाल, वेदनाथ शर्मा, डा. लेखनाथ भट्टराई, रघुनाथ अधिकारी, प्रा.
डा. कृष्ण के. सी., अधिवक्ता तिलक आचार्य, दीपक समीप, युवराज त्रिपाठी,
यादवराज उपाध्याय, शिव काफ्ले, मदन भण्डारी, डा. मानबहादुर के. सी.लगायतले
पनि टिप्पणी गर्नुभएको थियो ।
सो कार्यक्रममा स्रष्टा परिचयअन्तर्गत स्याङ्जाका कवि केदार ढकालको परिचय
दिंदै पुस्तक छनौट समितिका सदस्य कवि ढकाललाई प्रगतिवादी साहित्यका एक प्रखर
प्रतिभाका रुपमा चित्रण गर्नुभयो । सोसाइटीका पुस्तक छनौट समितिका संयोजक
कृष्ण के. सीे.ले सोसाइटीले आगामी माघ महिनामा ‘रिच ड्याड, पुअर ड्याड’
पुस्तकको परिचर्चा गरिने जानकारी दिनुभयो ।
सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं ‘आहत’को अध्यक्षतामा भएको
कार्यक्रमको सञ्चालन सचिव गनेस पौडेलले गर्नुभएको थियो ।
रुपिन्द्र प्रभावी ‘कटु’
प्रचारप्रसार संयोजक
९८४६१४६१९९