म दास नभएर  बदमाश भै  ,बजारमा बद्नाम छु अरे ,

बेहोसिमा उन्को नाम जप्दा ,बजारमा बद्नाम छु अरे ।।
उन्ले छाडेदेखी म बिग्रे अरे , फर्की आउ भन्दा आउदिनन् ,

साहारा नपाएर बाटैमा ढल्दा , बजारमा बद्नाम छु अरे ।।
लड्दा हात दिइ उठाउने ,जल्दा निभाउने कोहि थिएनन्  ,

आफ्नै भरमा उठि खडाहुदा , बजारमा बद्नाम छु अरे ।।  

असाहयको लाठि बनि,अन्यायमा पर्नेको न्याय सोधेर ,

अपराधी खोजिदेउन भन्दा , बजारमा बद्नाम छु अरे ।।
सुइ पनि जलन पनि उनैलाइ,  उनकै भो चिए हरण ,

घाउमा मलम पट्टि लगाउदा , बजारमा बद्नाम छु अरे ।।
सबैको आखाको तारो भै, बेसाहराको साहरा बन्दा ,

दोशिलाइ कारबाही खोइ भन्दा,बजारमा बद्नाम छु अरे।।

sabhar:FB
लेखनाथ बास्कोटा , मोरङ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *