तिमीलाई सम्झी तिम्रो यादमा मन रुन्छ मेरो।
टाढा भयौं भने मनको कुरा कस्ले सुन्छ मेरो।

टाढा हुनु थियो भने झुठो माया लाउनु किन।
मन दुख्छ मुटु दुख्छ आँसुले परेली धुन्छ मेरो।

चोखो मेरो माया धेरै सस्तो भयो तिमीलाई।
तिमी टाढा हुँदा एक्लो रात साथी हुन्छ मेरो।

मर्छु होला तिम्रै पिरेले बाच्ने आश छैन अब।
तिम्रो लागि मरे भने लास कस्ले छुन्छ मेरो।

तिमी सङ संगै जिउने संगै मर्ने सपना बुन्थे।
मरिहाले भने सुन्दर सपना कस्ले बुन्छ मेरो।

अमृत राणा
दाङ
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *