भोकले सताएको बेला चराको चारा नदेखाउन मित्र
मित्रताको नकाब भिरी फोस्रो नारा नदेखाउन मित्र
भोको पेटमा पटुकी कसी कति दिन पो बस्ने हो र
जहिले पनि तिम्रो मात्रै नौटंकी पारा नदेखाउन मित्र
हात समाई ठुलो भिडमा के गर्न खोज्दैछौ कुन्नि
बैगुनी समाजमा लंगडो सहारा नदेखाउन मित्र
मैले हैन पनि भन्छौ व्यवहार देखाउछौ सीमित
असल छिमेकी बन भो हुतिहारा नदेखाउन मित्र
संसारलाई नै चिनायौ तिम्रो मेरो गहिरो नाता
अर्कैले खोसिदिन्छ तिम्रो आहारा नदेखाउन मित्र
नंया बानेश्वर, काठमाडौँ
Please follow and like us: