जिन्दगीले मलाई फेरी हसाउँछ या हसाउँदैन
उसले चोरया खुसि कतै खसाउँछ या खसाउँदैन
आँखाबाट बर्सा हुने यो मौसममा फुल्दै छु म
थाहा छैन सुगन्धले, छाउँछ या छाउंदैन
कतै मरी गएँ भने आँखा मेरा नछोप्दिनु
हेर्न चाहन्छु उसको आँखा रसाउँछ या रसाउँदैन
स्वर्थ बिना भगबान त,सम्झिदैनन कसैले यहाँ
म त भुइंको धुलो उसलाई ,याद आउँछ आउँदैन
माया अनि आफ्नु भन्ने झुटो रैछ यो दुनियामा
मर्दा सुद्द आफ्नैले हो ,पराइले जलाउँदैन
Please follow and like us: