थप्पड खाएकाे खायैछु
अनि साथमा गाली
विषालु जीव जन्तुकाे टाेकाई खाएकाे खायैछु
भ्रष्टाचारीकाे फन्दामा फँसेकाे फँसैछु
घाँटी निचाेरेर चिथाेरा चिथाेरमा परेकाे परैछु
समय समयमा थप्पड
विषालु जीव जन्तुकाे टाेकाई थपेर खाँदैछु
समयबलकाे गाली
काले गाेरे घाेप्टे नेप्टेकाे गाली
उठ्दा बस्दा हिंड्दाकाे गाली
वाद विवाद र सम्झाैताकाे गाली
पक्ष विपक्षका तीताे पीराे गाली
अमिलाे चर्काे गाली
अझै पुगेन नुन खुर्सानी थपेकाे गाली
घर भित्रकै गाली
छेउ छिमिकि भित्रकाे गाली
गाउँ घर र देशले दिएकाे गाली
देश प्रदेश र विदेश सम्मले दिएकाे गाली
सानाे सानाे गाली
ठूला ठूला गाली
हिमाल टेकेसम्मका गाली
सागर भन्दा गहिरा गाली
विर्सन नसक्ने पल पलमा छन् गाली
थप्पड् खाएकाे खाएकैछु
अनि साथमा गाली
विषालु जीव जन्तुकाे टाेकाई खाएकाे खायैछु।
दिनमा गाली रातमा गाली सपनामा गाली
सम्झाउने विर्सने कैयाैं प्रकारका गाली
हाँस्दा गाली बाेल्दा गाली
कैयाैै पटक गाली
सानाकाे गाली ठूलाकाे गाली
कैयाै बद्मास गुन्डा हरूकाे गाली
साधु सन्त र संन्यासी सम्मकाे गाली
गालीका कैयाैं भण्डार भरिए
कैयाै भकारी भरिए
घर भरिए
मठ मन्दिर भरिए
भवन र धर्मशाला हरू भरिए
बाटा भरिए
पाखा मैदान भरिए
हिमाल पहाड् भरिए
नदी नाला सागर भरिए
थप्पड खाएकैछु
अनि साथमा गाली ।
सबैथाेककाे गाली बीच
अझैं थपिने घाँटी निचारा
थप्पड् खाएकाे खायैछु
अनि साथमा गाली ।माेहनराज खनाल “बर्मेलीराज