देख्दा तिम्लाइ नदेखेझै ,गर्नुपर्ने भयो प्रीय
जानीजानी आज आफै, सर्नपर्ने भयो प्रीय
हिजो टाढा नहुनु है, भन्दै रुन्थ्यौ कुनै बेला
हामी दुई बिच रेखा आज, कोर्नपर्ने भयो प्रीय
जानीजानी आज आफै, सर्नपर्ने भयो प्रीय ।।
उकालिमा यि हात समाइ, हिड्छु भन्ने गर्थ्यौ
ओरालिहरुमा आज एक्लै, झर्नपर्ने भयो प्रीय
जानीजानी आज आफै, सर्नपर्ने भयो प्रीय।
हर मानिसका चाहना पूरा, हुनै पर्छ भन्ने छैन
तिम्ले जित्न मैले हारमा, ठहर्नपर्ने भयो प्रीय
जानीजानी आज आफै, सर्नपर्ने भयो प्रीय।।
मेरो बोली काडा सरि, बिज्छ तिम्लाइ था छ
त्यै काडा बिझाउने बोली ,हर्नपर्ने भयो प्रीय
जानीजानी आज आफै, सर्नपर्ने भयो प्रीय।।
Shuva Raut(शुभ राउत)
काठमाण्डौ ,हाल युएइ
Please follow and like us: