-राजेश्वर ढकाल
दोहा- ‘साहित्यक बनभोजमा सहभागी बनौ नेपाली भाषा र साहित्यलाई माया गरौं’ भन्ने मुल नाराका साथ साहित्यक बनभोज शुक्रबार सम्पन्न भएको छ ।
दोहा देखी १ किमि उत्तर पश्चिम रहेको समाल गार्डेनमा कतारमा कार्यरत सम्पूर्ण साहित्यकारहरुको सामुहिक प्रयासमा बनभोज कार्यक्रम सम्पन्न भएको हो । ५ दर्जन साहित्यिक मनहरुको उपस्थिती रहेको बनभोजमा परिचयवाचन र गीत संगितको माहोलले हप्ता दिनभरीका थकानलाई भुलेर साहित्यकारहरु रमाई रहेका थिए ।
बिना आयोजकबिना प्रायोजक बिना अतिथि विल्कुलै पृथक किसिमको कार्यक्रम रहेको थियो ।
साहित्यकारहरुले परिचय संगै आ-आफ्ना रचनाहरु पस्केका थिए ।
जब नीलो सागरमा हेर्छु
जब नीलो आकाशमा हेर्छु
अलौकिक शक्तिले मलाई देखाउँछ
आमाको हँसिलो मुहार
ध्रुव तारा भन्दा चहकिलो
मेरो शीर माथि चन्द्रमाको नजिक । वरिष्ठ साहित्यिकार तिर्थ संगम राईको आमा शिर्षकको कविताले सबैलाई भावविहल बनाएको थियो ।
‘अनागरिक भै पराई भूमिमा’
बर्षौ देखि पसिना संग बिनिमय गरेको पैसा
र रगत संग साटेको बिप्रेषण रुपैयाको
एकमुष्ट हिसाब किताब खोज्न
लेखिरहेछु
बालुवाको देशबाट
बिसे्रर घर परिवार
सिंहदवारका लिलामी जन्तुहरुलाई
अन्तिम खबरदारी पत्र…राजकुमार पुत्लाले यहि कविताको अंशबाट खबरदार गरे ।

‘सुति मात्र बस्छौ किन प्रभू भए जाग तिमी
भेटी कम भयो भने दिल खोली माग तिमी …’
भगवानलाई नै चुनौति दिदै माथीको गजलका शेरहरु वाचन गरे गजलकार फणिन्द शान्तले । चर्चित ढुङगेलको ब्याङग हेप्पी भालेटाइम डे ले पनि उपस्थित साहित्यिकारहरुलाई दिलखोल हंसाउन सफल भएको थियो ।
फेसबुक संजालमा मात्र भेट भएका र नाम सुनेका साहित्यिकारहरु बद्री प्रसाद पराजुली, हेमन्त परदेशी, दिपक भेटवाल, तिर्थ संगम राई, सेलिङ के.सी, भानु सुनुवार, इश्वर दाहाल कविजी तथा अनन्त लम्साल जस्ता वरिष्ठ साहित्यिकारहरुलाई प्रत्यक्ष भेटन र उनीहरुबाट केही सिक्ने अवसर प्राप्त गर्न सफल भएकोमा नवश्रष्ठाहरु हर्षित देखिन्थे ।
कार्यक्रमको अन्तिम चरणमा सम्पन्न १० मिनेटको समयमा उत्कृष्ट गजल लेखन प्रतियोगीतामा झापाका चर्चित ढुङगेल प्रथम भने हेटौडाका अविरल यात्रीले दृतिय स्थान प्राप्त गर्न सफल भए । निर्णायक मण्डलबाटै प्रदान गरिएको काफियामा आधारित सिर्जनाहरुको मूल्यांकन साहित्यकारहरु तीर्थ सङ्गम राई, हेमन्त परदेशी, सेलिंग केसी र भानु सुनुवारले गरेका थिए ।
अनेसास कतार च्याप्टरका अध्यक्ष दीपक भेटवाल र अग्रज छन्द कवि बद्रीप्रसाद पराजुलीले संयुक्त रुपमा प्रदान गरेका पुरस्कारहरुको प्रायोजन साहित्यकार हेमन्त परदेशीले गरेका थिए ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *