मुक्तक ~

यो कस्तो हो बाध्यता नारीले नै भोग्नुपर्ने ?
२१ औँ शताब्दीमा पनि छाउपडीमा मर्नुपर्ने !
त्यसैले भन्छन् फलेकै रूखमा झटारो हान्छन्
आज आफ्नैसँग विद्रोह विवशतामा गर्नुपर्ने।

#

थाहा छैन मलाई यो नारी शोषण हो कि दवाव ?
हुँदै गइरहेछ संसारमै किन मानवताको अभाव ?
छोरी या त निःसन्तान भए पनि नारीलाई नै दोष
पानीमाथिको ओभानो शक्तिकै हुन्छ यहाँ रवाफ।

नानु राना
स्याङ्जा, हाल – बेलायत

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20