मुक्तक ~~

भो कति कुरा गर्छौ तिमी मात्र शिलको
गर्छौ भने गर कुरा समय गतिशीलको
बालहठ छाड तिमी असम्भव कुरा नगर
बाँकी त सब ति कुरा हुन् तपशिलको

संगै मर्ने बाँच्ने भनि खाएको कसम तिमीले तोडेपछि
हिड्दा हिड्दै आधा बाटो मै पाईला तिमीले मोडेपछि
कलकलाउँदो जोवन लुट्यौ मेरो भन्नु के रह्यो र बाँकी अब ?
बनायौ घर न घाँटको आज रस चुसी तिमीले छोडेपछि

फेसबुकको भित्ताहरूमा हैन तिमीलाई ह्रदयमा सजाएकी छु
तिमीलाई माया गर्छु मुखले भन्न सक्दिन म थोरै लजाएकी छु
भावना र माया शब्दमा ब्यक्त या मापन म कसरी गरुँ ?
एक दिन किन ? हर दिन तिमीसंग प्रणय दिवस मनाएकी छु

नानु राना
स्याङ्जा

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer