– हरिसुन्दर पोतामाहाँ

पात्रहरु

१) लान्थकू बज्यै : भूकम्पले घर भत्केका बुढी ६५ वर्ष
२) हरिनाराँ बाज्ये : भूकम्पले घर भत्केका बुढा ७० वर्ष
३) सुमन :  हरिनाराँ बाज्येका जेठा सन्तान, पहिले नै भिन्नै बस्न गई ढलानको घरसमेत बनाउन सफल, घरजग्गा खरिदबिक्री गर्ने वर्ष ३७≠
४) सुनिता : सुमनकी श्रीमती वर्ष ३३…
५) सङ्गीता : सुमनकी ठूली छोरी वर्ष १८ …
६) दीपक : सुमनको कान्छो छोरो वर्ष १०

(मञ्चको बिचमा लान्थकू बज्यै बत्ती काढ्दै हुनुहुन्छ । मञ्चको अगाडि १८÷१९ वर्षकी सङ्गीता पुरै अनुहार छोप्ने गरी कपाल छाडेर बस्छिन् जब पर्दा खुल्छ तब ऐना समात्दै सङ्गीता मनमनै गुनगुनाउन थाल्छिन् )

सङ्गीताः –छलछल छल्क्यो पानी, पानीझै छल्क्यो जवानी, तर …(टाउको कन्याउँदै आफ्नो टाउकोमा रहेको एउटा जुम्रा निकालेर ) आम्मै,  कत्रो ठूलो जुम्रा छ्या छ्या ! ।(भन्दै एउटा जुम्रा मार्छ । फेरि काँगियो समात्दै कपाल कोर्दै ) मलाई पुगेन पुगेन यो बैशले… (  फेरि अर्को जुम्रा )। आम्मै ! छ्याछ्या फेरि कत्रो जुम्रा. छ्या छ्या छ्या ! छ्या !! (भन्दै फेरि अर्को जुम्रा मार्छे  ) । छि ! कलियुगले छोपेर हो की कस्तो जुम्रा परेको ! छ्या !

अजि ः– हैन ए नखरमाउली, तरुणीको कपालमा जुम्रा फल्यो कि क्या हो हँ ?

सङ्गीताः ः–ल, भनौं भन्ने भएको थोरै इज्जत पनि जाला भन्ने पीर । हेर्नु न बज्यै , अब हामीसँग ढलानको घर हुँदाहुँदै त्यो भूकम्पको राहत लिनको लागि टहरामा सुताउन लगेदेखि मेरो कपालमा जुम्रा त स्याउँस्याउँती भन्या । हेर्नु जबदेखि टहरा भो कमरा, तबदेखि कपालमा स्याउँस्याउँती जुम्रा ! (लजाउँदै ) मलाई भने यो जुम्रा उसले देख्ला भन्ने पो पीर भन्या ।

अजि ः– अय् भनेपछि बाहिर टाइट फिटिङ्, भित्रभित्र जुम्राको मिटिङ हैन त ?
निसिकुसी उप्व जुला जिइक । अशुद्ध सायया लुँ पायपायँ, निसीकुसी ज्यापुया सी पाय्पाय् धक अथैं धाइला ?

सङ्गीताः ः–आम्मै ! क्या हो ! बज्यै त मकै भुटेझै कुरा भुट्न माहिर हुँनुहुँदो रहेछ छ बा ! तर हेर्नु न यो जुम्रा भनेको त नेपालको लागि भारतीय शासकजस्तै हो क्या । जसरी भारतीय शासकहरुले पनि नेपालकै प्राकृतिक सम्पदा चुसेर नेपाललाई नै दुःख दिन्छ, त्यसरी नै यो जुम्राले पनि मेरै कपालको रगत चुसेर मलाई नै दुःख दिन्छ । त्यति भएर पनि के गर्ने ! भारतसरकारले दुःख दियो भनेर सम्बन्ध तोडे देश बाङ्गो, जुम्रा अति भयो भनेर कपाल खौरे टाउको नाङ्गो । के गरुँ के गरुँ

अजि ः–शरीरमात्र  हात्तीजत्रो भएर के गर्ने ? बुद्धि कमिलाको जति नभएपछि कसके के लाग्छ र ! जुम्रा हटाउँन कपाल नै खौरनुपर्छ भन्ने छ र ! राम्ररी सफा गरे त पुगिहाल्छ नि । जसरी आफ्नो कपाल राम्ररी सफा गरे जुम्राले दुःख दिँदैन, त्यसरी नै आफ्नै देशको राजनीति सफा भए कुनै विदेशीले हेप्न सक्दैन । खै कुरा बुझ्या ?

सङ्गीताः ः–ल, बज्यैको त शरीर पो पूरानो भएपनि बुद्धि त आधुनिक जमानाकाहरुलाई पनि माथ लाउने रहेछ बा !

अजि ः–किन नहोस् त ! म पनि पहिलादेखि पौरढ शिक्षा पढेकी छु क्या । हाम्रो पालाँ काँ तिमेरुको जस्तो मेकप गर्ने फुर्सद छ र ! दाँत पनि तमाखुको खरानीले माझ्नुपर्छ………………

(त्यतिबेला एउटा कापी र कलम लिँदै सङ्गीताको भाइ दीपक बिस्तारै आउँछ र उसले बज्यैलाई चुप लाग्न इशारा गर्दै आफ्नी दिदी सङ्गीतालाई ढ्याप भनी तर्साउँछ । दिदी तर्सेपछि उ पनि हाँस्छ )

दीपक ः– ल हेर, अनुहार भने काली, फेरि ओठमा लाली ! ल मलाई खुरुक्क यो सिकाउने भए सिकाऊ, नत्र आमालाई भन्दिन्छु ।

सङ्गीताः ः–नकराउ, पुड्कबम ! यहाँ मसँग फुर्सद छैन, तिमीलाई सिकाउन ।

दीपकः–केरे फुर्सद छैन रे ! अय् त्यहाँ विहान विहानदेखि त्यो बालचासँग घुम्न जानलाई भने फुर्सद हुने,मलाई सिकाउन भने फुर्सद नहुने ! हैन ?

सङ्गीताः ः–ल ल बढी कराउने हैन है , तेरो त्यो गाला रन्थनिँने गरी पड्काइदिन्छु अनि थाहा हुन्छ । सक्दिनँ भनेपछि सक्दिनँ के । तेरै सरमिसहरुसँग सिक्न जानु न ।

दीपक ः–हो ? बज्यै, यहाँ हेर्नु न दिदीले मलाई नसिकाउने रे ! (भन्दै बज्यैकहाँ गुनाशो गर्न जान्छ ।)

अजि ः–आय् नखरमाउली, किन आफ्नै भाइलाई जिस्क्याइरहेकी हँ ? ल उसले भनेको कुरा सिकाइदेउ त ।
आय स्येम्बाख्व, छु व मचाता हायक च्वङागु ? क खुरुक्क वं धगु पति स्येङ ब्यू ।

दीपक ः–(आफ्नै दिदी कहाँ आएर) खुचिउँ ताला भुर्ई ताला बिरालोले म्वाई खाला ,  त्यसरी नै गाली गर्छ तिमीलाई ।

सङ्गीताः ः–केरे खुचिउँ रे ! मलाई खुचिउँ भन्नेलाई हान्दिउ ढिसिउँ ? बढी कराइरहन्छ । खै के सिकाउनुपर्ने ?

दीपक ः–ऊ यो हिसाब ।

सङ्गीताः ः–हिसाब ! ओछ्यानमै पिसाब फेर्नेले सक्दैन सिक्न हिसाब । अँ बरु तिमीलाई अस्ति सिकाएको नेपाली याद छ  कि छैन हेर्र्छु है । अँ भन त ‘क’बाट के ?

दीपक ः– ‘क’ बाट ! (विचार गरेर) अँ , कबाट काटुन !

सङ्गीताः –के रे कबाट काटुन रे ! तेरो अनुहार काटुन जस्तै हुँँदैमा कबाट काटुन हुन्छ ? ल कबाट काटुन भए, ख बाट के त ?

दीपक ः–खबाट पनि थाहा छैन, गबाट पनि थाहा छैन । घबाट मात्र थाहा छ ।

सङ्गीताः –ल भन त घबाट के नि ?

दीपकः ‘घ’बाट … घसिताराम

सङ्गीताः –धत् पुड्के बम । के भन्छ के भन्छ ! ल राम्ररी भन ।

दीपक – कबाट काटुन, घ घसिताराम
भारतको फरिया समाई गयो बाबुराम

सङ्गीताः – धत् ! यो फुच्चे त जिरेको बाज्ये पिरे पो रहेछ । सक्दिनँ सिकाउँन ।
मरञ्च्याँसे शरीर कुरा ट्याउँट्याउँ !
मान्छे भने हिरो, शरीरमा लिखा स्याउँस्याउँ !!
सक्दिनँ तिमीलाई सिकाउँन जाऊ ।

दीपक ः–आ… बज्यै, हेर्नु न फेरि सिकाउन सक्दिनँ भन्यो भन्या ।

अजि ः–अय्, …………….. छिटो नसिकाई के झगडा गरिरहेको हँ ?

दीपक ः– ह, फेरि गाली गर्नु भो । अब त झन् डबल खुचिउँ तिमीलाई ।

सङ्गीताः –नकरा ! पुड्के बम । खै खै ? ( सानो स्वरमा ) बरु मलाई नै आउँछ कि आउँदैन । (भन्दै किताब हेर्दै ) इफ योर सिस्टर ……. ए, ए, मैले बुझें बुझें । यो भनेको सुन यहाँ, यदि मैले १५ रुपैयाँ दिएर १० रुपैयाँको जडिबूटी किन्न पठाएँ भने कति रुपैयाँ फिर्ता दिनुपर्छ रे ?

सङ्गीताः ः–के रे , १५ रुपैयाँ दिएर १० रुपैयाँको जडिबूटी किन्न पठाउने रे ! १५ रुपैयाँ दिई १० को जडिबूटी किन्न पठायो भने कतिपनि फिर्ता दिन्नँ ।

सङ्गीताः ः–किन ?

दीपक ः– ल, बाँकी भएको पाँच रुपैयाँको त म चिजबल किनेर खाइहाल्छु नि ।सङ्गीताः –हत्तेरिका, कस्तो बादरमुखे बच्चा भने ।

दीपक ः–के रे बाँदरमुखे रे ! ए, त्यही भएर पो सवैले दिदीको र मेरो अनुहार ठ्याक्कै मिल्छ भनेको । हैन ?

सङ्गीताः –आय् बम नै रहेछ । यहाँ हिसाबमा भनेको क्या ।

दीपक ः–हिसाबमा होस् कि सिसाबमा नि । चिजबल नकिनि त तिमी जतिसुकै लडिबूडी गरेपनि म जडिबूटी किन्न जान्नँ के । तिमीले मलाई के नै पो गरिराखेको छ र !

सङ्गीताः –के रे ! के गरेको छ रे ! भनुँ , हँ भनुँ ?

दीपक ः–ल भनु ।

सङ्गीताः –ल हेर, तिमी बच्चा बेलामा सानो थियो क्या ।

दीपक ः के रे म बच्चा बेलामा सानो रे ! अनि दिदीचै बच्चा बेलामै ठूली हो ?

सङ्गीता : –बढी नकराउँ पुड्के । हेर्नु, तिमी बच्चा बेलामा सानो थियो । त्यो बेला तिमी मेरो काखमा बसेर च्याँहाच्याहाँ रुन्थ्यौ । अनि त्यो बेला मैले तिमीलाई चपाई चपाई खुवाएको थिएँ क्या ।

दीपक :–मलाई थाहा छ । म सानो हुँदा मलाई खुवाउने भनेर बिस्कुतसमेत चपाएर खुवाउँदा तीनवटा बिस्कुट घाँतीबाट चुहाएको भनेको हैन तिमीले ?

सङ्गीता : –के रे ! बिस्कुट घाँटीबाट चुहायो रे ! ए, भूकम्पपीडितहरुको लागि भनेर आएको राहत सामग्रीहरु त बिच बाटोबाटै चुहाउन मिल्छ भने हँ, देश विकासको लागि आएका वैदेशिक सहयोग त विचबाटो बाटै चुहाउन मिल्छ भने मेरो मुखसम्म आएको जाबो बिस्कुट मेरो घाँटीबाट किन चुहाउन मिल्दैन ? हो कि हैन, बज्यै ?
अजि :–थाहा छैन मलाई । ल झगाडामात्र गर्ने हैन। राम्ररी पढने पनि गर्नु । अँ म माथि भात पकाउन जान लागेको । बरु आलु कहाँ छ नि ? देखिँदैन नि ।

दीपक ः–खै, आलु, चिउरा त कोठाभित्र राखेर आमाले ताल्चा मारेर जानुभयो । तैपनि मलाई थाहा छैन ।

अजि ः–(मनै दिक्कमानी) अय्, त्यस्तो ? लै तैपनि माथि के छ हेर्छु नि । (भन्दै जान्छिन् )

सङ्गीता ः–(आफ्नो भाइलाई पिट्दै) तँलाई, जुन कुरा नभन्नु भनेर भन्यो थियो, त्यै कुरा भन्नुपर्ने !

दीपक ः–अय हो है, सरीसरी

सङ्गीताः ः–भन्नेबेला मनपरी, फेरि सरी रे । ल खुरुक्क लेख (भन्दै लेख्न सिकाउँछ र दीपक पनि लेख्दै बस्छ । त्यही बेला एउटा एउटा झोला बोक्दै सुमन र सुनिता आउँछन् ।)

दीपक ः–आमा कहाँ पुगेर आउनुभा’को ?

सुनिता ः–त्यहाँ पसलमा एकचोटी पुगेर आ’को नि । ए बाबु,  यता आ त । ल, तिमीहरुलाई भनी रोल, बारा ल्याइदिएका छौं । अनि यो फलफूलचै भरे खानलाई । अँ, तिम्रो बाजे र बज्यै खोइ नि । राम्ररी नि लुकाएर राख्नु नि । फेरि यो दिदी चै भने माया गरेर बाजेबज्यैलाई देलास नि । पिटाइ खान्छे, है पिटाइ । (हस भन्दै दुवै दिदी भाइले खान्छ । सुमनले अगाडि रहेको पत्रिका एकपटक हेर्छ अनि फाल्दै भन्छ ।)

सुमन ः–ल हेर्नु त बुढी, समयमै हामीले जग्गा खरिदबिक्री गरी, पैसा अलिकति जम्मा गरी यसरी एउटा पक्की ढलानको घर बनाउन नसकेको भए यो भूकम्पले गर्दा आज हामी पनि टहरा बास हुन्थ्यौं है ।

सुनिता ः–(जुरुक्क उठेर) तिम्रो बुद्धिले भए त कमाइन्थ्यो खुब ! घरमै बसेर तिमै्र आमाबुबाकै गति भइसक्थ्यो । म एकजना कराएर समयमै भिन्न बस्न आएकोले यति भएपनि गर्न सक्यौं । नत्र त घर हेर, छोरीचेलीहरु खुवाउ, भाइहरु पढाउ, त्यतिक्कै हुन्थ्यो नि ।

सुमन ः–तैपनि कमाउने सुरुवात त घरबाटै गरेको हुँ नि । त्यो हाम्रो गुठीको जग्गा एउटा बेचेदेखि नाफा खान जानेको मैले । अब त्यो पुड्के कान्छाले जति नै पढेपनि खै ? केही कमाउन सक्या हैन । त्यो क्याम्पस गएको नै ४÷५ वर्ष भइसकेको छ, तर एउटा गतिलो काम पाउन सक्या हैन । बरु जतिनै गोरु भनेपनि माइलोले चै भट्टी पसल नै राखेर केही जग्गा जोेडिसकेको छ !

सुनिता ः–अब त्यो कान्छालाई हिरो बन्नुप¥या छ, नेता बनेर हिँड्नु प¥या छ, अनि कसरी कमाउँछ त ?अरु अरु नेताहरुले कति जोडिसके तिम्रो त्यो भाइ भनाउँदा समाजसेवा गरेरै बित्ने भो ।  शरीर भने हात्ती दुइतालाई पुग्ला जस्तो भइसकेको छ, अझै आमाको फरिया ओढ्न पुग्या छैन त्यल्लाई । मलाई भने त्यो तिम्रो भाइको , आमाको अनि बाउको नाकमुखै हेर्न मन छैन ।

सुमन ः–त्यसो भनेर के गर्ने ? अब आमाबुबा बसिरहेको पूरानो घर पनि भत्क्यो । (त्यही बेला त्यहाँ लान्थकू बज्ैय आइपुग्छ । अनि उनीहरुले इशारा गर्छन् । छोराहरुलाई पनि लुकाउन इशारा गर्छन् । छोराछोरीले पनि बारा, फलफूल लुकाउँछन् । तर त्यो सवै बज्यैले हेरिरहेको हुन्छ ।)

अजि ः–बुहारी, तरकारी पकाउनु्पर्ने , आलु कहाँ छ होला ? चिउरा पनि देखिनँ ।

सुनिता ः–सक्यो नि आलु पनि चिउरा पनि । पहिलाजस्तै दुईतीन जनामात्र खाने भएपो बाँकी रहन्छ त । खाने मुख धेरै छन् । कहिले यो छोरी, कहिले त्यो छोरी भनेर आइरहन्छन् । कसैले केही ल्याउँदैनन् । कहाँमात्र लिन जाने

अजि ः–अनि के पकाउने त ?

सुनिता ः–माथि त्यहाँ सुक्या साग अलिकति बाँकी होला, पानीमा त्यही पकाउने नि । अब कमाउने एकजना,  खानेमुख धेरै भएपछि मिठो खानलाई कहाँबाट पाउनु ?

अजि ः–छोरा, माथि ग्याँस पनि सक्या जस्तो छ । बल्दैन भन्या ।

सुमन ः–ग्यास सके के गरुँ त । किन्न पनि पाइँदैन । तैपनि म बाहिर एकचोटी हेरेर आउँछु । (भन्दै जान्छ )

सुनिता ः–ग्यास सके, घासाङघुसुङ खोजेर पकाउने नि । ल, हामीलाई त खानपनि मन छैन । यिनीहरु पनि अस्तिदेखि बाहिर जाने भनी कराइरहेका छन् । जाउँ नानीहरु । हामी बाहिर जाऔं (भन्दै बाहिर जान्छन् । नातिनातिनाहरु पनि बारा, फलफूल बज्यैले देख्ला भनी लुकाउँदै बाहिर जान्छन् । तर यो सवै बज्यैले हेरिरहेकी हुन्छिन् । उसको मनमा पीडा हुन्छ ।)

बज्यै ः–(एक्लै गुनगुनाउँदै) हरे, बुढाबु्ढा हुने गरी बाँच्नु त सा¥है गा¥हो रै’छ । कस्तो दिन देख्नुप¥यो । आज, छोरा बुहारीकहाँ मन नपराई नपराई बस्नु प¥या छ । छोराछोराको आँखाको कसिङ्गर बनी बाँच्नु प¥या छ । यसरी बाँच्नु भन्दा त अस्तिको भूकम्पले घरसँगै हामीलाई पनि पुरेको भए हुन्थ्यो नि भगवान् । (त्यतिनै बेला हरिनारा बाज्ये पनि हातमा मृदङ्ग बोक्दै ‘अति हरखन, बियाव दरशन, छि चरणशरण याय रे’ भन्ने मालश्री गीत गुनगुनाउँदै आउँछ ।)

बाज्याः (लान्थकूको आँखामा अलिअलि आँसु भएको र गुनगुनाइरहेको देखी) हैन, बोक्सी झै के एक्लै भुत्भुताइरहेकी ए बुढी ?

अजि ः–भुतभुताउनु परेसी, नभुतभुताएर के गरुँ त अब ?

बाज्याः ः– किन ? के भो ?

अजि ः–के भनूँ अब । हामी यहाँ बस्न आएको त छोराबुहारीलाई निकै विष भएछ बुढा । पहिला पहिला हामीले नखाईनखाईकन यो छोरालाई हुर्कायौ, बढायौं, पढायौं । तर अहिले हामीलाई खुवाउनु पर्ला भनेर आलु, चामल केही छैन रे । खाने धेरै भयो रे । कमाउने एक्लै भयो रे ।
उनीहरु मात्र के खान्छन् के ? हाम्रो अगाडि केही खाँएर देखाउदैनन् । अस्ति फलफूल खाइरहेको देख्या थिए बच्चाहरुले । ‘बज्यै तपाई पनि खाऊ’ भनेर एउटा दिएनन् । झन लुकाए । दायामाया भन्ने त एकथोपा छैन कसैसँग हाम्रो लागि । त्यसैले जाऔं बूढा , हामी आजै जाऔं । यो ठाउँ छोडी । म एकपल पनि बस्न सक्दिनँ यहाँ । (रुन्छे) त्यसैले बरु अन्तै बसौं बूढा, यहाँ नबसौं ।

बाज्याः ः–( आफू पनि रुन खोज्दै) हुन त मलाई पनि त्यस्तैत्यस्तै लाग्छ बुढी । तर के गर्ने ? ढलान घर भएको हाम्रो छोरा यही एकजना मात्र हो । अब, त्यो माइलोले पनि केही बनाउन सकेको छैन । अनि सँगै बसिरहेको काञ्छोले गतिलो एउटा काम पनि पाउन सकेको हैन । यहाँ छोडेर हामी कहाँ बस्न जाने ? ल तिमी नै भन त । हामी कहाँ  बस्न जाने ?

अजि ः–(रुँदै) कही नभए टहरामा भएपनि बस्न जाऔला नि । यहाँ बरु कुकुरको भाउ छ हाम्रो भाउ छैन । यिनीहरुको बीष भएर कतिञ्जेल बस्ने यहाँ ? बरु पाटीमा बसौला , तातोपानी खाऔला तर यहाँ भूईको कसिङ्गर बनी बस्नु छैन मलाई । तपाई त लोग्नेमान्छे, भजनमा जानुहुन्छ, तर पीडा त हामीलाई हैन ? पाइलैपिच्छे घुर्कि सुनेर, पाइलैपिच्छे फनफनी हेरेर कसरी बस्ने यहाँ कसरी ? म त यहाँ एकछिन पनि बस्न सक्दिनँ बुढा । विन्ति जाऔं  ।)

बाज्याः ः–(रुदै) के रे ! टहरामा ! कसरी बस्न सक्छौं टहरामा । हेर, तिमी दमको रोगी, म निमोनियाबाट ग्रष्ट । यस्तो अवस्थामा कसरी बस्न सक्छौं हामी टहरामा ? अनि, सायद तिमीलाई थाहा छैन, यसरी ढलान घर भएका छोराका आमाबुबालाई टहरा पनि बनाइदिँदैनन् रे । राहत पनि दिँदैनन् रे । अनि फेरि छोराहरुको यस्तो ढलान घर भएर पनि टहरामा बस्न गयो भने अरुले के भन्ला ?

अजि ः–अरुले जेसुकै भनून् । अरुलाई घरको कुरा के थाहा छ ्र? मनको पीडा कल्ले पो देख्या छ र ! भन्नेको मु्ख थु्न्न सकिन्छ र ! फेरि अरुले भन्ला भनेर यस्तो नर्कजस्तो ठाउँमा कसरी बसिरहने । सक्दिन म यहाँ बस्न । सक्दिनँ छोराबुहारीको फनफनी हेर्न । त्यसैले बिन्ति जाऔं यहाँबाट । (भन्दै झन ठूलो स्वरले रुन्छ) बरु अन्त जहाँ भएपनि बसेर हामी दुःख सुख साटौला तर यहाँ ………. बिन्ती हामी अन्तै जाऔं । (भन्दै झनझन ठूलो स्वरले रुन थाल्छ )

बाज्येः– हेर बूढी, तिमी हरेस नखा । हेर्दै जाऔं, जानुपरे जाऔला, बस्नु परे बसूला । तर यसरी रोएर… यसरी रोएर के गर्ने ? तिमी नरोउँ (भन्दै आफ्नी बूढीको आँशु पुछिदिन्छ । त्यसरी पुछ्दा उसको आँखाबाट पनि आँशु झर्छ । एकछिन पछि) भो रोएर केही हुँदैन ।  अँ बरु भात पाक्यो त ? नातिनातिनाहरु कहाँ गए त ?

अजि ः–पाक्यो भनूँ कि पाकेन भनूँ । पकाउनलाई अगाडि केही भएको हैन । तैपनि सुक्या सागमा पानी रोटी भएपनि पकाउने विचार गरेकी छु । के गर्ने उनीहरु बाहिर हाम्रो अगाडि भोकै बसेपनि हामी भोकै त बस्न भएन नि ।

बाज्याः ः–ए, त्यसो भए ठीकै भो नि त । जाऔं माथि, म पनि बरु सहयोग दिन्छु ।

अजि  ः–(आँशु पुछ्दै) अँ, तर बच्चाहरु पनि आएजस्तो छ । ल, म माथि  गइराख्छु । (भन्दै जान्छिन्)

बाज्याः ः–जाऔं म पनि आउँनलागे । (त्यतिबेला त्यहाँ सुनिता, सङ्गीता र दीपक आउँछन् । एकछिन् अलमलमा परेर) कहाँ पुगेर आएकी बुहारी, भात पकाउनुपर्ने ।

सुनिता ः–हामीलाई खान मन छैन । तपाईहरुमात्र खान जानुहोस् । (बाज्ये, अक्कनबक्क हुँदै बिस्तारै जान्छ ।) हरे, कहिले अनुहार नै हेर्न नपर्ने जालान् यी बूढाबूढी ।

दीपक ः–ममी, ममी, हजुरआमा हजुरबाबाको मुख किन अँध्यारो भएको ममी ?

सङ्गीताः ः–हो भन्या ममी, हजुरआमाहजुरबुबा यहाँ बस्न आउनुभन्दा अगाडि भने कहिले कुखुराको मासु चिकेन, खशीको मासु मटन त कहिले राँगाको मासु, वाक्क हुने गरी खुवाउनु हुन्थ्यो । तर जबदेखि घरमा हजुरआमा हजुरबुबा बस्न आउनुभयो तबदेखि केही पनि ल्याउनु भएको छैन र खुवाउँनु भएको छैन । किन ममी ? तपाईले यस्तो किन गर्नुभएको ममी ?

सुनिता ः–हाय्, कस्तो अबुझ बच्चाहरु भने । तिमीहरुलाई यही घरमै ल्याएर खुवाउनुपर्ने ? भर्खरै त्यहाँ रेष्टुरेन्टमा लगेर तिमीहरुलाई चिकेन चिल्ली, डिनर घिचाएर ल्याएको हैन ? पसलमा जहिले पनि तिमीहरुले भनेभने अनुसार खुवाउँदा पनि यही घरमा खानुपर्ने ? घरमै नखाएसम्म चित्तै बुझ्दैन ? हरे यी बच्चाहरु ! (भन्दै आफ्नो खास्टो राख्न लाग्दा आफ्नो लुगामाथि आफ्नी सासूको फरिया राखिराखेको पाउँछ । अनि रिसले चुर हुँदैन ।) ल हेर्नु त, जसको त अनुहार नै हेर्न मन लाग्दैन, उसैको फरिया मेरो लुगा माथि ! लौ खा यो फरिया (भन्दै फरिया फाल्दिन्छ । ठीक त्यही बेला सुमन पनि बाहिरबाट भित्र आएको हुन्छ र उक्त फरियाले सुमनलाई नै छोप्छ । )

सुमन ः–छि छि छि छि ! धत्तेरिका, के ग¥या यो ? एउटा फरिया पनि राम्ररी मिलाएर राख्न जानेनौं ? किन फाल्या ?

सुनिता ः–राख्यो मिलाएर ! हैन, जो बुढाबुढीसँग मिलेर बस्न सक्दिनँ भनेर त भिन्नै बस्न आयौं, त्यही बूढाबूढीसँग कहिलेसम्म सँगै बस्ने भन्या । सक्दिनँ है म त मिलेर बस्न । ल, उनहरुई कति आनन्द यहाँ हँ, कामकाज केही छैन, थचक्क बसेर हँ, खुट्टा पसारेर खाइरहन पल्क्या छ बा !

सुमन ःअब के गर्ने त ? आमाबुबा बसिरहेको पूरानो घर पनि अस्तिको भूकम्पले भत्किगो । अब कहाँ जान्छन् त ? झन चिसो पनि आइसकेको छ । कहाँ जान्छन् यहाँ छोडी ?

सुनिता ः–जहासुकै जाओस न । फेरि, कहाँ जान्छन् भनेर यहाँमात्र कहिलेसम्म राख्ने भन्या ? जान्छन् त्यहाँ टहरामा बस्न । त्यहाँ कस्ता कस्ता ठूला भनाउँदा, गाडी भएका, उद्योग भएका, कार चढ्ने तथा २÷३ वटा ढलान घर भएकाहरु त टहरामा बसी राहत थापी खान मिल्छ भने तिम्रा ति बुढाबुढी आमा टहरामा बसेर राहत मागि खान मिल्दैन ?

सुमन ः–त्यसो भनेर के गर्ने ? आफ्नै आमाबुबा प¥यो । कसरी भनुँ टहरामा बसेर राहत मागी खाउँ भनेर ?

सुनिता ः–त्यसरी नामर्द कुरा नगर तिमी । उबेला हामी भिन्नै बसेको बेला एउटा कोठामात्र दिनु भन्दा तरकारी पकाउने बेलामा खोर्सानी डढाएर खाड लाग्छ भनी एउटा कोठासमेत नदिकन निकालिदिएको बिस्र्यौ तिमीले ? यति नै  कोठा अरुलाई दिएको भए भाँडा नै कति उठिसक्यो होला । हामीले त तिम्रा आमाबौलाई राख्यौं कुकुरलाई मासु पैचो दिए सरह भो । हेर्नु तिम्रा ती आमाबौलाई बाहिर पठाउने व्यवस्था मिलाउने भए मिलाउनु नत्र भने म आफै बस्दिनँ यहाँ ।

सुमन ः–यही त प¥यो मलाई अप्ठ्यारो । न तँलाई छोड्न मिल्यो न त आमाबौलाई नै । आमाबौ आफूलाई जन्म दिने, हुर्काउने । तँ जीवनमा साथ दिने । न आमाबौ छोड्न मिल्ने भो,  न तँ नै ।

सुनिता ः–के रे ! मैले चै आफ्ना आमाबौ छोडेर तिमीसँग बस्न आउन मिल्ने, तिमीले चै आफ्ना आमाबौलाई बेग्लै राख्न नमिल्ने ?

सुमन ः–मैले त्यसो भन्या हैन । हु्न त ममात्र मन परेर आमाबुबासँग बसिरहेको कहाँ हुँ र ! तर यहाँ हेर्नु न जाडोपनि लागिसक्यो । यस्तो बेलामा आमाबुबालाई बाहिर जानु, टहरामा बस्नु भन्दा समाजले के भन्ला ?

सुनिता ः–तिम्रो समाजले केही पनि गर्दैन । हामीसँग पैसा भए सवैले म्याउम्याउ गर्छन्, पैसा नभए कसैले वास्ता गर्दैनन्, मान्छे गन्दैनन् । हैन फुटिसकेको माटाको भाँडो कहिलेसम्म जोडिन्छ र भन्या ? मलाई अरु कुरा थाहा छैन, तिम्रा आमाबौलाई निकाल्ने भए निकाल नभए म आफै यहाँबाट जान्छु् अनि तिमी आफ्नै आमाको फरिया समाएर बस्नु् ।

सुमन ः– तँ,  ठूलठूलो स्वरले नकरा त । अरुले सुने के भन्ला । बरु मलाई सोच्न दे । धेरै कराइस् भने मलाई रिस उठ्छ अनि ।

सुनिता ः–अँ, मैले केही भनेपछि त हो नि तिमीलाई रिस उठ्ने । आफ्नो आमाबौलाई एक शब्द बोल्न सके पो ! बरु किन भन्छौं मात्र अस्तिजस्तै कुट्न पनि आउ न । पिट्ने मात्र किन लौ मार काट । ।

सुमन ः–झन नकरा भन्छु त झन ठूलो स्वरले कराउँदि रहिछन् । हैन कतिमात्र जान्ने भा’की हँ तँ ? ठूलो स्वरले नकरा भनेको सुनिनस तैले ? साँच्चै निहुँ नै खोजेकी तैले लौखा (भन्दै कपाल भुत्लाउन जान्छ । )

सुनिता ः–(रुँदै) किन कपालमात्र भु्त्लाएको ? लौ मार, लौ काट । आज आफ्ना आमाबौलाई केही कुरा भन्दा मलाई कपाल भुत्लाउनले हँ, पिट्नेले भोलि आमाबुबाको कुरा सुनी मलाई बाँकी राख्लास् तैले ?  अस्ति पनि यस्तै गरी कुट्न आइस् । अब त यो घरमा म एकछिन पनि बस्दिनँ । तेरो छोराछोरी हेरि तेरै आमाबुबासँग बस् ।(भन्दै पछाडि गएर रुन जान्छन् । त्यतिबेला दीपकले सुमनलाई र सङ्गीताले सुनितालाई झगडा नगर , नरोउ भनी सम्झाएर बस्छ । उता सुनिता भने बरु मलाई मार, यो घरमा त बस्दै बस्दिनँ भन्दै रोइरहन्छिन् । ठीक त्यसैबेला निन्याउरो मुख लाएर बाज्ये र बज्यै आउँछन् र सवैलाई एकचोटी हेर्छन् । अनि आफ्नी बुहारी कहाँ गएर)

बाज्येः– के भो बुहारी ? केको निहुँमा झगडा गरेका ?

सुनिता ः–(रुँदै) मै नजाति, मै नहुने, सवै कुरा मै बिगार्ने, मैले गर्दा नै झगडा भएको । मैले नै कमाएको मेरै नामको घर आज मेरो रहेन हैन ?

अजि ः–के भनेकी बुहारी तिमीले ? कसले भन्यो यो घर तिम्रो हैन भनेर । यो घर तिम्रै हो ।

सुनिता ः–मेरो भएको भए मलाई यस्तो भन्ने नै थिएन नि । मेरो भइदिएको भए मैले भनेजस्तै हुन्छ कि हुन्न ? यो मेरो घर नै रहेनछ, म यहाँ बस्दै बस्दिनँ ।

बाज्याः ः–(रुँदै) भो बाबू भो । तिमीहरु किन झगडा गरेको भन्ने कुरा हामीले राम्रसँग बुझिसकेको छौं । बाबू, हामी अहिले नै जान्छौं । तिमीहरु त्यसरी झगडा हुने गरी हामी यहाँ एकपल पनि बस्दैनौं बाबू । भए कसैकोमा कोठा लिएर बसूँला, नभए कतै टहरा बनाएर भएपनि बसौंला, त्यतिपनि नभए बाबू… त्यति पनि नभए हामी प् पाटीमा भएपनि बसौंला बाबू, तर तिम्रो घरमा भूईको कसिङ्गर बनी हामी धेरै समय बस्दैनौं । तिमीहरु झगडा नगर । हामी अहिले नै जान्छौं, जाऔं बूढी, जाऔं ।(भन्दै दुवै जना जान खोज्छन् )

अजि ः–(रुँदै) हो बाबू, आज हामी बूढाबूढी भइसक्यौं, बूढीबूढीसँग बसेर केही पनि पाइँदैन बाबू तिमीहरुले । हो छोरा, बूढाबूढीसँग बस्नु भनेको, बूढाबूढी स्याहार्नु भनेको कुकुरलाई मासु पैंचो दिनु जस्तै हो बाबू । अब हामी तिम्रो लागि केही गर्न नसक्ने भइसक्यौं बाबू ।

नौ नौ महिना कोखमा राखेर, चारचार वर्ष काखमा राखेर हुर्कायौ छोरा तिमीलाई । आफूलाई नखाइनखाइकन पनि तिमीलाई खुवाएर बढायौं छोरा । बाबू, तर आज हामीलाई बूढाबूढीको सहारा चाहिएको बेला.. ए् एउटा ठाउँसम्म छैन हैन ? जेठो छोरा भएकोल घिउ केमा पोख्यो दालमै भनेर तिम्रो आफ्नो पीडालाई निचोरेर रस पिलाएर हुर्काएको छोरा हौ तिमी  । तिमी आज ठूलो पनि भयौं, कमाउन पनि सक्यौ  । अब हामीलाई स्याहार गरेर तिमीलाई हामी केही दिन नसक्ने भइसक्यौं छोरा । हामीले तिमीलाई धेरै दुःख दियौं, हुने भए त्यसको लागि हामीलाई माफ गर ।

हुन त छोरा, अहिले हाम्रो ओत लाउने ठाउँ पनि छैन । तैपनि तिमीहरुलाई अप्ठ्यारो हुने गरी हामी यहाँ बस्दैनौं । जाऔं बूढा, अहिलै जाऔं ।(भन्दै जान्छन्)

सुमन ः–आमा, म् मैले त्यसरी भन्न खोजेको हैन । आमाबुबामात्र भए, टाउकोमा राख्थे । पूजा गर्थे ।

अजि ः– पर्दैन बाबू, पर्दैन । पुग्यो ।  हामीलाई टाउकोमा राखेर तिमीले केही पनि पाउँदैनौं बाबू । हामी अब तिमीलाई केही पनि गर्न नसक्न भएका छौं बाबू, त्यसैले जसलाई टाउकोमा राख्नुपर्ने हो, उसैलाई राख्नु टाउकोमा । हामी अहिले नै जान्छौं । हामीले गर्दा तिमीहरुको विचम झगडा भयो, हामीलाई माफ गर बाबू । जाऔं बूढा ।

सुमन ः–आमा, कुरा त्यस्तो हैन । आमाबुबामात्र भए त हुन्थ्यो नि । यहाँ भाइ छ, आमाबुबा भएपछि छोरीचेलीहरु आइरन्छन् । सवैलाई खुवाउनु प¥यो । कमाउने मै एक्लै ।
आमा, मेरा पनि त छोराछोरी छन् नि । तिनीहरुलाई पनि त खुवाउनुप¥यो, लाइदिनुप¥यो, हेर्नुप¥यो, पढाउनुप¥यो । मजस्तै गोरु त बनाउनु भएन नि ।

बाज्याः ः–ठीक भनिस बाबू ठीक भनिस् । राम्ररी पढाउनू तिम्रा छोराछोरीहरुलाई । मान्छे बनाउनु मान्छे । तिमीलाई त हामीले गोरु बनाउन पुगेछौं, तर तिमीले आफ्ना सन्तानहरुलाई गोरु नबनाउनु , राम्ररी हेर्नु, जाऔं बूढी

अजि ः ः–हो छोरा हो, हामी अब हामी दुःख दिएर बस्दैनौ । बाबू बरु बिस्केटदेखिको अहिलेसम्मको कोठाको बहाल पनि तिर्न पठाउँछु । राम्ररी हिसाब गरेर राख्नू । तर तिम्रो छोराछोरीलाई तँ जस्तै गोरु नबनाउनू, यदि तिम्रा छोरा पनि तँजस्तै गोरु भएमा तँलाई पनि हामीलाई र्झै निकाल्छ । त्यसैले होस गर्नू । हामी अहिले नै जान्छौं । जाऔं बूढा ।
( बाज्ये पनि जाऔं भन्दै जान्छन् । छोरा झोक्र्याएर बस्छन् । सवै स्तब्ध हुन्छन् अनि शुत्रधार आउँछन् )

सुत्रधारः–भर्खरै हेर्नुभयो तपाईहरुले एक सत्यघटनामा । 
आदरणीय दर्शक महानुभावहरु यहाँ आमाबुबाको हरेक सम्पतिमा छोराछोरीको हक लाग्छ । त्यसैले टुक्राटुक्रा गरी लिन्छन् तर त्यही आमाबुबा यसरी अप्ठ्यारोमा पर्दा छोराछोरीको सम्पतिमा हक लाग्छ कि लाग्दैन ? आफ्ना सन्तानहरुलाई राम्ररी स्याहार सुसार गर्नुपर्ने नियम छ कानून छ तर आमाबुबालाई पनि राम्ररी स्याहार गर्नुपर्ने नियम खोई ? के आमाबुबाप्रति सन्तानहरुको कुनै दायित्व छैन ? 
आजका प्रत्येक युवाहरु भोलिका बृद्धहरु हुन्, ज्येष्ठ नागरिकहरु हुन् । तर यसरी सवै युवाहरुले आफ्नो दायित्व बिर्सँदै जाने हो भने भोलिको हाम्रो समाज कस्तो होला ? एकछिन् मनन् गरौं । किनभने आजको कार्यको परिणाम नै भोलिको अवस्था हुने गर्दछ । धन्यवाद । 

भूमिकामा

१) लान्थकू बज्यै :  रञ्जना सितिखू
२) हरिनाराँ बाज्ये :  हरिसुन्दर पोतामाहाँ
३) सुमन :   राजन फेलू
४) सुनिता :  रमिता ज्याख्व
५) सङ्गीता :  हरिणा दुवाल
६) दीपक : सनिश बासी.
लेखन : हरिसुन्दर पोतामाहाँ
निर्देशनः श्यामसुन्दर शिल्पकार
प्रस्तुतिः सिद्धिगणेश साकोस , चोर्चा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20