– डा. सुमन राज ताम्राकार

नेपाल पर्यटन वर्ष २०११ को शुरुवातमै आन्तरिक पर्यटन सँगसँगै साहित्य उत्थानको लागि पनौती साहित्य समाज (पसास) ले मेलम्ची जाने निर्णय ग¥यो । आप्mनो स्थापनाकाल देखि नै पटक पटक नौलो तथा पृथक खालको साहित्यिक गतिविधिहरु गर्दै आएको पसासले यो पटक ‘काभ्रे सिन्धु साहित्यिक स्रष्टा भेटघाट’ तथा ‘पुस्तक लोकार्पण’ कार्यक्रम राखेको थियो । कार्यक्रमका लागि पनौतीबाट ८ बजे मेलम्ची प्रस्थान गरेको थियो भने बनेपाबाट वरिष्ठ साहित्यकार मोहन दुवाल थपिए पछि थप रौनकता छाएको थियो ।

बहुप्रतिक्षित मेलम्ची प्रवेशमार्गको लामीडाँडा तलको जिरो किलोबाट पश्चिम हानिए पछिको निर्माणाधिन सडकमा बहुचर्चित टिपरको करामत देख्न अनि भोग्न पाईयो । इन्द्रावती किनारमा एकपछि अर्को गर्दै क्रसरको लहर देखेपछि मन नराम्ररी कुँडियो । कठै रमेश विकल तथा केदारमान व्यथित फेरि एकपटक यो भेगमा पाईला टेक्न आईपुग्नु भएको भए कति खुराक मिल्थ्यो होला साहित्य रचनाका लागि । यसरी टाटा सुमोमा लड्दै पड्दै बाहुनीपाटी बजार पुगेर चिया र फुलौरा खान बसियो । स्थानीय साहित्यसेवीहरु सँगै मेलम्चीमा लागियो । त्यहाँ बिहानको खाना खायौं । भात अलि काँचो हुनाले पेट बिग्रिने डर भएपनि काठमाण्डौमा भन्दा खाना सस्तो भएकोमा दङ्ग प¥यौं । त्यसपछि प्राचार्य राधाकृष्ण श्रेष्ठले एकैछिन मेलम्ची बजार र धाप तिर जान बनाइएको नयाँ पुल सम्म डुलाउन लानु भयो । सम्झना बिर्सनाको लागि फोटो सेसन ग¥यौं ।

सिन्धुपाल्चोकको उत्तरी क्षेत्र मेलम्चीमा रहेको उक्त इन्द्रेश्वरी उच्च मा वि यसअघि पनि पटक पटक साहित्यिक कार्यक्रम भएको रहेछ । कार्यक्रमस्थलको आडैमा रहेको चउरबाट जुगल हिमश्रृंखला अन्तर्गतको लाक्पा दोर्जे हिमाल एवं परसम्मको हेलम्बु तथा मानेखर्क, भोटाङ सम्मका दृश्य नियाल्यौं । अनि कार्यक्रम स्थलमा आईपुग्दा पूmलको माला तथा गुच्छाबाट स्वागत पायौं । कार्यक्रमको सभापतित्व प्राचार्य राधाकृष्ण श्रेष्ठ गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार मोहन दुवाल हुनुहुन्थ्यो । स्थानीय स्रष्टाहरुमा यदुनाथ बसन्तपुरे, पिताम्बर भण्डारी, जगनाथ आचार्य लगायत धर्मकृष्ण श्रेष्ठ, प्रकाश श्रेष्ठ, विष्णु बहादुर कार्की, पत्रकारद्वय दिपेन्द्र श्रेष्ठ तथा बालचन्द्र सापकोटाको उपस्थिति थियो । बुद्धि खड्काले कार्यक्रम संचालन तथा राजेन्द्र बहादुर श्रेष्ठले स्वागत भाषण गर्नुभयो ।

स्कुले भाईबहिनीहरुले स्वागत गीत गाएपछि प्रमुख अतिथिज्यूले ओतबहादुर खड्काको रोसीको आवाज (कविता संग्रह) तथा सूर्यभक्त कर्माचार्यको आशीर्वाद (बालकविता संग्रह) को लोकार्पण गर्नुभयो । ती पुस्तकहरु माथि क्रमशः रामसुन्दर देउजा तथा सुमनराज ताम्राकारले टिप्पणी गर्नुभयो । त्यसपछि काभे्र तथा सिन्धुका स्रष्टाहरु एवं स्कुले नानीहरुको कविता वाचन प्रारम्भ भयो । काभ्रेबाट गएका स्रष्टाहरु सूर्यभक्त कर्माचार्य (जिन्दगीमा शिर्षकमा), ओत बहादुर खड्का (दाइजो), रामसुन्दर देउजा (नयाँ नेपाल), तुयुकाजी ताम्राकार (मेरी), विश्वनाथ ताम्राकार (उभिनुपरेको छ), सूर्यप्रसाद लाकोजू (झुठको आयु) तथा विजयराम कर्माचार्यले सिन्धुपाल्चोकमा जन्मिनु भएका प्रसिद्ध गायक प्रेमध्वज प्रधानको हिमालको छायाँमा बोलको गीत सहित आ–आप्mनो रचना सुनाउनु भयो ।

रेवतीरमण एवं केदारमान व्यथितका जन्मथलो सिन्धु पाल्चोककै स्रष्टाहरु पिताम्बर भण्डारी (मेरी मेलम्ची), जगनाथ आचार्य (महाकवि लक्ष्मी प्रसाद देवकोटा तथा युद्धप्रसाद मिश्रको सहित चार थुँगा), यदुनाथ बसन्तपुरे (मेरी ईन्द्रावती), सिद्धिनारायण श्रेष्ठ (महाकवि देवकोटाको शाकुन्तलको एक अंश पाठ), राजेन्द्रप्रसाद भट्टराई (प्रतिज्ञा), चटपटे कवि रमेश चापागाईं (विद्यार्थी चिन्ता, देश चिन्ता तथा पत्रकार बनुँ क्यारे), प्रकाश श्रेष्ठ (०६२÷६३ सालको जनआन्दोलनताका श्रवण मुकारुङको मालिक शिर्षकको निकै प्रचलित कविता) तथा राजेन्द्रप्रसाद श्रेष्ठले (काँचो नबनौं) रचना पाठ गर्नुभयो । त्यसैगरी श्री ईन्द्रेश्वरी उच्च मा वि मा अध्ययनरत विद्यार्थीहरु अनिता दुलाल ( नारीको पिडा), अप्सरा दुलाल (गरीब), रजिना कार्की (नयाँ जेनेरेशन), प्रतिमा श्रेष्ठ, कृपा सुनार (मेरो देश नेपाल) र रमेश सापकोटाले (देवकोटाको सय वर्ष) कविता पाठ तथा पार्वती धिताल, संगिता अधिकारी, सिर्जना दुलाल, यशोदा सापकोटा, कृष्मा कार्की, निर्मल माझी, रमेश चालिसे, रेशम कार्की एवं अनिल सापकोटाले गजल वाचन गर्नुभयो । सो कार्यक्रममा पनौती साहित्य समाज, श्री ईन्द्रेश्वरी उच्च मावि तथा अविरल साहित्य समाज बीच पुस्तक तथा मायाको चिनो आदानप्रदान गरियो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहन दुवालले पहिलेको पूर्व एक नम्बरमा रहेको काभ्रे र सिन्धु बीच दाजुभाईको नाता, यी दुई जिल्ला बीचको साहित्यिक मित्रता, कलमजीविहरुलाई सीमाबद्ध नभई व्यापक हुनुपर्ने सल्लाह, राजनीति र साहित्यको भिन्नता, केदारमान व्यथित तथा ईश्वर वल्लभको सम्मान कार्यक्रम तथा लोकतान्त्रिक स्रष्टाहरुको सम्मानको संस्मरण, सिक्किम यात्राको प्रसङ्ग, स्रष्टालाई देशको गरगहना भनेर ख्याँस्ने प्रवृत्ति माथि कटाक्ष, संविधानसभामा बौद्धिक वर्गको लागि छुट्याइएको २६ सीट माथि गरिएको राजनीतिक कोपभाजन, नेपालबाट भईरहेको प्रतिभा तथा श्रम पलायन, भ्रष्ट राजनीतिलाई व्यङ्ग्य गर्ने कर्मचारीको करतुत, जनमतको लोकप्रियता, साहित्य माथिको लगानी बारे चर्चा गर्दै काभ्रे तथा सिन्धुका स्रष्टाहरुलाई राजनीतिको पुच्छर नभई संघर्ष गर्न, साहसी बन्न तथा गम्भीर हुन अपिल गर्नुभयो । कार्यक्रमका सभापति प्राचार्य राधाकृष्ण श्रेष्ठले सभा विसर्जन गर्नुभयो ।

कार्यक्रम पछि हेलम्बु सम्म पुग्ने योजना भएपनि कार्यक्रम अलि ढिलो सकिएको कारण तालामाराङ, ग्याल्थुम, शेरा हुँदै चनौटे नजिक सम्म मात्र पुग्यौं । ढाडखोला वरको उकालो बिग्रेको बाटोको डरले पनि चाँडै फर्किन चाह्यौं सबै जना । सो उकालो कटेपछि विजयराम दाईले लामो सास फेर्नुभयो । गाडी चालक काजी गिरी पनि निकै रसिकको रहेछ । उनले पनि बेला बेला साहित्यिक छाँटकाँट ल्याई नै रहे यात्राभर । कुन्तामा रेडक्रसका उद्धव पौडेलसँग बसिबियाँलो तथा चियापान पछि फर्कियौं आ–आप्mनो बासस्थान तिर ।

लोकार्पित दुई पुस्तकबारे

रोसीको आवाज (कविता संग्रह)
१९९४ साल मकरवर्षमा जन्मिनु भएका ओत बहादुर खड्काले २०४२ साल सम्म मेलम्ची क्षेत्रमै रेन्जर भई काम छाड्नु भएको आज २५ वर्ष पछि त्यहि थलोमा पुगेर उहाँको पुस्तक त्यही थलोमा लोकार्पण हुनु अनौठो संयोग हो । विभिन्न संघसंस्थामा आवद्ध तथा धेरै संस्थाहरुबाट सम्मानित भईसक्नुभएका ७३ बसन्त पार गर्नु भएपनि युवा जोश भएका ‘जीव र ईश्वरको दिग्दर्शन’ तथा ‘गर्ग संहिताको गोलोकखण्ड’ नामक पुस्तक प्रकाशित गरिसक्नु भएका ओत बहादुरले यसपटक पृथक धारको अर्थात् कविता संग्रह निकाल्नु भयो ।

३१ वटा कविता मध्ये शीर्षक कविता रोसीको आवाज बाट थाल्नु भई देशको समसामयिक चिन्तनबारे देश बचाउन अपिल, लोकतन्त्र, नयाँ नेपाल, एक होऊँ, सबै नयाँ, हामी ब्युँझनुपर्छ, अनुरोध जस्ता चोटिलो व्यङ्ग्ययुक्त कविताका साथै उहाँको प्रिय विषय आध्यात्म चिन्तन सम्बन्धि मर्नुपर्छ, सोच, सन्तको सृष्टि, मुक्ति, मानव, श्रीकृष्ण मुरारे, जीवात्मा, बुद्धको पुनर्जन्म, जीत स्वयम् उतै तथा धार्मिक चिन्तनका कविताहरु धर्मको रक्षा, हाम्रो धर्म, सनातन धर्म पनि छन् यस संग्रहमा । नयाँ वर्ष, दाइजो, नारी, उद्धेश्य, प्रकोप, जीवन, म शीर्षकका सन्देशमूलक कविताहरुका साथै नेपालको विविधता तथा विवशता सम्बन्धि अग्लो र सानो एवं तिम्रो याद आउँछ कविता पनि छन् यस संग्रहमा । प्रजातान्त्रिक विचारका कवि ओत बहादुरज्यूले जाँदाजाँदै गिरिजाबाबु एवं श्रीराम कर्माचार्य माथि पनि कविता रचेर आप्mनो आस्था पोख्न बिर्सनु भएन ।

श्रीमती मैयाँ खड्काले प्रकाशकको जिम्मा लिएर अनौठोखाले पत्नीव्रता देखाउनु भएको छ । वरिष्ठ साहित्यकार हरि मञ्जुश्रीले अपेक्षा राख्नुभए भैंm ओतबहादुरज्यूबाट आगामी दिनमा उहाँलृ जीवनमा भोग्न भएका अनुभवहरु, गर्ग संहिताका अन्य खण्डहरु, पत्रपत्रिकामा छापिएका उहाँका लेखहरुको संग्रह, राष्ट्रिय व्यक्तित्वहरुको सँगको भलाकुसारी एवं पनौती क्षेत्रका पुराना कुराहरुबारे पनि आगामी दिनमा कृति प्रकाशनको अपेक्षा राख्न सक्छौं हामी ।

आशीर्वाद (बालकविता संग्रह)
३८ बसन्त टेक्नै लागेका अक्षरसेवी सूर्यभक्त कर्माचार्य सरले बालबालिकाहरुलाई पाठ्यपुस्तकका अलावा कविताका माध्यमबाट पनि शिक्षा दिन ३८ कविता समेटेर यो संग्रह निकाल्नु भएको छ । किताब, घडी, पुस्तकालय, बाँसुरी, मैनबत्ती, सरस्वती माता, शब्दकोश, पुतली, घर शीर्षकका बालबालिकासँग सम्बन्धित विषयहरु तथा हामी, चाहना, म, साथी, नानी, बानी, छोराछोरी, असल मान्छे, आँखामा, पहिले आपूm, तिमी, आप्mनो लागि शीर्षकका मानवीय कविता छन् यसमा । त्यसैगरी नदि, बन, बाँस प्रकृति सम्बन्धि र जिन्दगीमा, प्यारो, जीवनचक्र, सबको भलो, शान्ति, सहिद, समय, अनुशासन, रहर, संसारको रीत जस्ता चेतनामूलक कविताहरु पनि छन् ।

आशीर्वाद शीर्षकको गजबको सन्देशमूलक कविता तथा आप्mनै जन्मथलो पनौती माथि बालकविता कोर्न भुल्नुभएन उहाँले । आउँदो दिनमा सूर्यभक्त सरबाट शिक्षा, व्यक्तिगत आचरण, नियात्रा तथा संस्मरणबारे थप पुस्तकहरुको अपेक्षा राख्न सकिन्छ । उहाँको अर्धाङ्गिनी निमु कर्माचार्यले यो बालकविता संग्रह प्रकाशनमा सहयोग गर्नु भएर राम्रो काम गर्नुभयो । ससुराबाजेको थलो (बाहुनीपाटी) नगिचै मेलम्चीमा उनको यो बालकविता संग्रह लोकार्पित हुनु पनि अर्को संयोग नै हो । अन्त्यमा, आदरणिय ओतबहादुर खड्का तथा सूर्यभक्त कर्माचार्यलाई बधाई एवं शुभकामना दिन चाहन्छु । ईतिश्री

श्रोत : निउ अनलाइन डट कम

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20