ऊ एउटा होनहार कवि थियो । कम पढेलेखेको भएतापनि तापनि उसका कविताहरू वजनदार थिए । सिगरेटको खोल कागजका फ्याकिएका टुक्रा वा एकातर्फ लेखी अर्कोतर्फ खालिरहेका पेजहरू उसका कृति कोर्ने माध्यम बन्थे । कविता छपाउनु उसको शौख र सामर्थ्यभन्दा धेरै टाढा थियो । उसलाई कसैकसैले लक्ष्मीप्रसादको नयाँ अवतारका रुपमा पनि हेर्थे । तर ऊसँग न त काठमाण्डौमा घर र शिक्षामन्त्रीको तुजुक रहने कल्पना नै गर्न सकिन्थ्यो । उसका कविता चोरेर धेरैले पुरस्कार टप्काए, साहित्यकार र मुर्धन्य कविका उपमा लिए अँझ कतिले त उसका कविता संकलन गरेर सो को बिक्रीबाट महलहरू ठड्याए । उसलाई आफ्नी श्रीमतीको सहयोग रहेन । अभावमा वाँच्न परेको र साहित्यले खान नदिने भनी उसलाई लेख्ने काम बन्द गर्न श्रीमतीले कचकच गर्थी । कति समय उसले भोकै सुत्नुपर्थ्यो । उसको छोराले आफ्ना साथीको माझ आफ्नो बाऊलाई वौलाहाको रुपमा प्रस्तुत गर्थ्यो । छोरीले आफ्नो वैँशलाई ध्यान नदिएको गुनासो गर्दागर्दै पोहोरसाल सौतामाथि भित्रिन गएकी उसको माझ लुकेको छैन । तर पनि ऊ सदा कविता लेखिरहन्छ कवितासँगै प्रेम गर्छ कवितालाई अंगाल्छ र मीठो निद्रा निदाउँछ । कसैको परवाह गर्दैन । कसैले सोध्यो भने ऊ आफ्नो सन्तुष्टिका लागि लेख्ने र लेखेपछि कसैलाई सुनाउने धुनमा हुन्छ । साहित्यकार र चेतनशील पाठकले उसका कवितामा ताली लगाउँछन् भने अधिकांश नयाँ पुस्ताका नवयुवाहरू उसलाई कविजी आए अब हैरान पार्छन् भनी उनलाई नराम्रो सैग गिल्लाउँछन् । राज्यले त उनको कदर कहिल्यै गरेन । ऊ लगातारको चुरोटको धुवाँ र कमसल खानाका कारण पचास वर्षमा रोगले थलियो । उसका कविता चोर्ने र अन्य केही साहित्यकारले केही पैसा जुटाएर उसलाई देखावटी सहयोग गरे । तर उसलाई फोक्सोको क्यान्सरले समातेकोले रोग निको भएन । थलिएरै तीन वर्षपछि ऊ मर्यो । श्रीमतीले एउटा वोझ हटेको अनुभव गरी । छोराले काजकृयाको सामान्य औपचरिकता पुरा गर्यो । छोरीले अँझै आफ्नो लागि नसोच्ने बाबुको अन्त्यष्टिमा भाग लिन परेको दुखेसो पोखी । एकवर्ष पछि उसको दोश्रो पुण्यतिथिमा राज्यले उसलाई मरणोपरान्त साहित्यक मणिरत्न कवि निखिलेश्वर पुरष्कारले सम्मान तथा सुशोभित गर्ने निर्णय लियो । चूडा निर्भिक आँपपिपल ७ गोरखा