कथा : मन उपवन – साहित्य सङ्ग्रहालयसाहित्य सङ्ग्रहालय

आकाशभरि रक्तिम लालिमा छरेर सूर्य डुब्ने तरखरमा थियो । दिनलाई धकेलेर साँझ धर्तीमा ओर्लिसकेको थियो । हेर्दाहेर्दै चन्द्रमा पूर्ण यौवनावस्थामा उदाइन् । मैले यौवनावस्थाकी चन्दालाई झलक्क सम्झेँ । जीवनका कति कुराहरू भन्न चाहेर पनि भन्न सकिरहेका हुँदैनन् तर ती भन्न नसकेका कुराहरू मनको सूक्ष्मतम् भावनाहरू व्यक्त गर्नमा अधिक शक्तिशाली हुँदारहेछन् भन्ने कुरा आज आएर उद्घाटित भए । मेरो जीवनमा चन्दाले भरखरै जुन कुरा भनिन्, ती कुराहरूले आज उनको मनको पत्रपत्रमा लेखिएका पङ्क्तिहरूलाई मेरो सामु तीस वर्षो अन्तरालमा छिन्नभिन्न पारिदिइन् उनले ।

तीस वर्षो लामो अन्तरालमा चन्दा र मेरो भेटघाट हुँदैछ उनको पतिगृहमा । समयले मानिसको बोलीचाली, चालढाल र स्वभावमा कस्तो परिवर्तन ल्याइदिँदोरहेछ…. । आफ्नो अगाडि निर्धक्क, निस्पिmक्रीसित कुरा गरिरहेकी चन्दालाई देखी म छक्क परिरहेकी छु । कहाँ ती सलक्क परेकी पातली, लज्जालु, गम्भीर स्वभावकी सोह्र वर्षो चन्दा.. कहाँ यी मेरोसामु सोफामा गजधम्म बसेर शब्दको वषर्ा गरिरहेकी स्थूल शरीरकी प्रौढ … । “खै माड्साबले त केही खानु भएन नि ..-” मेरोसामु सजाइएका अनेक प्रकारका परिकारहरूप्रति लक्षित गर्दै चन्दाले मेरो ध्यान खानेकुराहरूप्रति केन्द्रित गरिन् ।

“कहीँ मैले भरखरै भनेकी कुराले त माड्साबको मनाकाशमा बिजुली चम्केन -” चन्दाले मलाई कटाक्ष गर्दै भनिन् ।

“खाँदाखाँदैको गाँस घाँटीमा अड्कियो मेरो । घाँटीसम्म आइसकेको कुरालाई घाँटीमै अड्काएर मैले मनमनै भनेँ- “बिजुली मात्र कहाँ हो र चट्याङ नै खस्यो ।” उनको कुरा र हावभावले मलाई यतिखेर यस्तो अनुभूति भइरहेको छ कि हामी प्रौढ त प्रौढ होइन रहेछौं । केवल आवरण मात्र प्रौढहरूको रहेछ …. । आवरण खोलेपछि त भित्र हामी अझै जवान नै रहेछौँ । जवानीको रस अझै हामीभित्र छचल्किरहेको रहेछ … । चन्दाले भन्दै गइन् ।

“हो त त्यसबेला म शब्दले व्यक्त गर्ने अवस्थामा थिइँन तर मेरा आँखा, ओठ तथा अङ्गप्रत्यङ्गले माड्साबप्रति आफ्ना मनका भावनाहरू, साङ्केतिक भाषामा व्यक्त गरिरहेको हुन्थेँ तर माड्साब भने देखेर पनि नदेखेजस्तो, थाहा पाए पनि थाहा नपाएजस्तो गर्नुहुन्थ्यो, बुझेर पनि अबुझ भएजस्तो अभिनय गर्नुहुन्थ्यो, हो कि होइन भन्नुस्… ।”

चन्दाको कुरा सुनेर म अक्क न बक्क भएँ । चोरलाई केरेझैँ उनी मलाई केरिरहेकी छिन् । म निरुत्तर उनका कुराहरू घोसेमुन्टो लगाई सुनिरहेको छु । यस्तो वैभव र प्राचर्ुय सम्पन्नताको बाबजुद पनि उनलाई के कमी छ र चन्दाले अतीतको घाउलाई आज कोट्याएर मेरो स्थिर मनको तलाउमा हलचल मचाइरहेकी छिन् ..-! यस्तो मनमनै सोची मैले उनीतिर दृष्टि फ्याँके । मेरो दृष्टिभित्र लुकेको प्रश्नको भावलाई बुझेझैं गरी उनले भनिन्- “आज म यत्रो सम्पत्तिको मालिक्नी छु । मेरो पति सहरको गन्यमान्य व्यापारीमा गनिन्छन् । मेरो यत्रो वैभव छ, भब्बे बिल्डिङ्ग छ, मोटर, नोकरचाकर तथा सबै भौतिक सुख सुविधाहरूको मैले उपभोग गरिरहेकी छु तैपनि मेरो मन किन तीस वर्षघिका क्षणहरूमा भौँतारिरहन्छ – सायद माड्साबको मनमा यी प्रश्नहरूले शिर उठाइरहेका होलान्, हैन” – केहीबेर अतीतमा हराएझैँ उनी चुप लागिन् । मेरो अनुहारमा दृष्टि अड्याएर फेरि भन्न थालिन्- “यी वैभव र सम्पन्नता मेरा ती सुमधुर सपनाहरूका अगाडि केही पनि होइनन् । मेरा ती खण्डहर भइसकेका सपनाहरू अझै मेरो मनको तलाउभित्र सलबलाइरहेका छन् । मेरो मनलाई शून्यताबोधले सधैँ चिथोर्ने गर्दछ । मेरो मनभित्र कोलाहलको साम्राज्य छ ।” मैले चन्दाको अनुहारलाई एकटक लाएर हेरेँ । चन्दाको प्रौढ स्थूल शरीरभित्र सूक्ष्म भावनाको नदी बगिरहेको छ, मैले अनुभूत गरेँ । अझै तरुणावस्थाको मृदु अनुभूति र भावनाहरू मन्द र मधुर ध्वनिमा गुञ्जिरहेका छन् ।

“आज अचानक तीस वर्षछि तपाईं फेरि उदाउनुभयो । मेरो जीवनको रङ्गमञ्चमा, मूकदर्शक भएर अस्ताए पनि ।”

“चन्दू तिमी यो के भन्दैछौँ -” अब मेरो वक फुट्यो ।

“हो त नि …. ।”

म तपाईंलाई प्रेम गर्थें, त्यो तपाईंलाई राम्ररी थाहा थियो । विवाहको गाइँगर्ुइं सुनेपछि मैले आफ्नो प्रेमको अभिव्यक्ति आँसुको माध्यमबाट दिएथेँ तर माड्साबको कठोर हृदयलाई मेरो दुवै नयनबाट बगेका ‘अश्रुधारा’ले पगाल्न सकेन । झन् उल्टै विवाहयोग्य भएपछि आमाबाबुको इज्जत र मानमर्यादाको ख्याल गर्नु चेलीको कर्तव्य हो भनी मलाई आफ्नो उत्तरदायित्वबोध गराउनुभयो । असल शिक्षक बनेर सामाजिक मानमर्यादाको पाठ पढाउनुभयो । त्यसबेला एक असल विद्यार्थी बनेर त्यस पाठलाई शिरोपर गरेँ मैले तर जिन्दगीभर तपाईंले पढाउनुभएको पाठलाई मैले आत्मसात् गर्न सकिँन । त्यस पाठले मेरो नैतिकतामाथि सधैँ प्रश्न गरिरहृयो, औँला ठड्याइरहृयो ।” उनका आँखाभित्र आँसु छचल्किएर पोख्न खोजेको देख्दा म भित्रभित्रै मर्माहत भएँ । मैले मनमनै भनेँ- “चन्दा गाढिसकेको लासलाई किन ब्यँूताउने प्रयास गर्दैछौ – लास ब्यूँतिन्छ र ..-“

“माड्साब, मेरो मनको पत्रपत्रमा तपाईंको छवि लुकेर बसेको छ । के गर्नु त्यस छविलाई हृदयबाट उतार्नै सकिँन ।”

“यो उमेरमा अहिलेसम्म पनि ..-” मैले मनमनै प्रश्न गरेँ तर सोध्ने साहस गर्न सकिँन । केराको काङ्गयिोहरूले लादिएको केराको बोट बोझ थाम्न नसकी डङ्ग्रङ्ग ढलेझैँ उनी ढलिन्, उमेरको हदबन्दीलाई नाघेर । कतै बिजुली चम्क्यो । मेरो मुटुलाई दर्ुइ फल्याक पारी, चट्याङ मेरो मुटुमा खस्यो ।

“कतै सूक्ष्मातिसूक्ष्म अभाव त गोपनीयरूपले जीवित छैन चन्दाभित्र तीस वर्षेखि आजसम्म.. -! चन्दाको कुरा सुनी उनको अतीत अति चम्किलो तथा वर्तमान अति अँध्यारोझैँ लाग्यो मलाई । अब चन्दाको आँखामा हर्ेर्ने शक्ति ममा रहेन । मेरो मन मात्र हैन तन पनि त्यहाँ टिकिरहन सकेन । मनुष्यको मनको गहिराइ नापेर नाप्न सकिँदो रहेनछ । मनभित्र गुम्सिएको लावा कतिखेर फुट्छ थाहा पाउन सकिँदो रहेनछ… ! चन्दाले भनेका लावाका वाफहरू यसरी ओकलेकोमा म उनलाई दोष दिन्न ।

दोष उनको यति मात्र हो कि आज यी सब कुराहरू, प्रेमका अभिव्यक्तिहरू यस उमेरमा आएर मेरो सामु किन पोखिरहेकी छिन् – प्रौढावस्थामा उभिएर हामी दुवैलाई अब के लाभ हुन्छ र… – मेरो नुहिएको सशङ्कित, अनुहारतिर दृष्टि अड्याई उनले र खोला सुसाएझैँ सुसाउँदै भनिन्- “लज्जाबोध त मैले गर्नुपर्ने होइन र …- माड्साबको शिर किन त्यसरी नुहेको -!”

“कहीँ मेरो चरित्रमाथि शङ्का त गरिरहनुभएको छैन माड्साबले… -” मेरो मनको चोरलाई एक्कासि पड्केझैँ मेरो निधारमा चिट्चिट पसिना आयो ।

“कस्तो कुरा गर्दैछौ चन्दू तिमी -” म अकमकाएँ ।

उनले फिस्स हाँस्दै भनिन्, “आफ्नो उमेरकै ख्याल नराखी आफूभित्रको कोलाहललाई शान्त पार्न आज अवसर पाएकीले म यी सब कुराहरू गमेर आफूलाई हल्का पार्न प्रयास गरिरहेकी छु । यदि मेरा कुराहरूले तपाईंको पौरुषमा केही आँच पुग्न गएमा म क्षमाप्रार्थी छु ।” चन्दाले दुवै हात जोडिन् । उनको दुवै नयनहरू छचल्किए । यस असहज परिस्थितिबाट कसरी उम्कुँ भनेर म सोचमग्न भएँ । मैले शिक्षकपाराले उनलाई भनेँ- चन्दू, मनलाई त्यसरी खुकुलो पार्नु हुँदैन । मनलाई त बलियोसित बाँधेर राख्नर्ुपर्छ । अब मेरो जाने बेला भयो । मेरो ट्युसन पढाउने बेला भयो । म जुरुक्क उठेँ र जान तयार भएँ ।

“अहो ! माड्साब…. । यस उमेरमा पनि अझै ट्युसन पढाउँदै हुनुहुन्छ -” चन्दा धुम्मिएको आकाश फाटेझैँ गरी मज्जासित हाँसिन् । उनको निस्पिmक्री हाँसोले त्यहाँ उपस्थित असजिलो वातावरणलाई धपाइदियो । धेरैबेर हामी दर्ुइबीच ठिङ्ग उभिएको असजिलोपनालाई सहज बनाइदियो ।

“लौ त जानोस् माड्साब । तपाईंलाई म रोक्दा पनि रोक्दिन । सायद अब तपाईं चाहेर पनि मेरो समीप आउन सक्नुहुन्न होला ।” मलाई पुर्‍याउन चन्दा ढोकासम्म आइन् । चम्किलो कारबाट उत्रेर भित्र आउँदै गरेका उनको पतिसित मेरो ढोकामै जम्काभेट भयो । चन्दाले मलाई आफ्नो पतिसित परिचय गराइन् ।

“उहाँ मेरो श्रीमान् ।” मैले दुवै हात जोडेँ । “अनि उहाँ माड्साब…. । विवाहअघि मलाई ट्युसन पढाउने गुरु ।” हामी दर्ुइबीच नमस्कारको आदान-प्रदान भयो । मैले चन्दाको पतिलाई सरर्सर्ती आफ्नो दृष्टिमा कैद गरेँ । राम्रो पहिरनमा सजिएका, अग्लो, रहरलाग्दो व्यक्तित्वका धनी उनको पतिको व्यक्तित्वको अगाडि आफूलाई मैले साह्रै होचो पाएँ ।

“बेलाबेलामा चन्दाले यहाँको कुरा गरिरहन्छिन् । यसो फर्ुसदमा आउँदै गर्नुहोला”, औपचारिकताका केही शब्दहरू ओकलेर पति महाशयभित्र पसे । बाहिर उभिएको ड्राइभरलाई मलाई घरसम्म पुर्‍याइदिने आदेश दिएर चन्दा घरभित्र पसिन् । घरभित्र पसेर उनले एकपल्ट मलाई फर्केर हेरिन् । मैले भनेको गन्तव्यतिर गाँडी गुड्न थाल्यो ।

चन्दाले आज जेजति भनिन्- मैले चुपचाप सुनेँ । उनको र मेरो सम्बन्ध एक विद्यार्थीको र शिक्षकमा मात्र सीमित रहेको कुरालाई उनले आज तीस वर्षछि मेरोसामु च्यात्च्यूत् पारिदिइन् । मनको कुनै कुनामा सुषुप्त रहेको मेरो सूक्ष्मतम् भावनालाई आज उनले अनायास धोइदिँदा साह्रै दुखेको अनुभव गरेँ मैले । जीवनका एकान्त क्षणहरूमा जब मन उदास तथा हतास हुने गर्दछ, त्यतिखेर उनीप्रतिको प्रेमको अङ्कुरलाई मैले हृदयले र्स्पर्श गर्दै सुमसुम्याउने गर्दथेँ । आज ती क्षणहरूलाई अङ्गालेर डाँको छोडी रुन मन लाग्यो । कति सजिलै हल्का भइन् चन्दा आफ्ना मनको बोझलाई ममाथि बिसाएर तर त्यो बोझलाई म जिन्दगीको उत्तर्रार्द्धमा आई थाम्न सकुँला – म भित्रभित्रै विचलित भएँ ।

“माड्साब, हजुरले भन्नु भाको ठाउँ आइपुग्यो ।” ड्राइभरको आवाजले म झस्किएँ ।

‘धन्यवाद’ भन्दै म आफ्नो घरभित्र छिर्ने गल्लीभित्र लम्किएँ ।

“किन आज ट्युसन पढाउन जानु पर्दैन ।” घरभित्र पस्नेबित्तिकै श्रीमतीले प्रश्न गरिन् । मैले केही बोलिँन । धेरै टाढाबाट हिँडेर आएझैँ । मलाई साह्रै थकाइ लाग्यो । जिन्दगी मेरो कहिल्यै उकालो लागेन । ओह्रालो झर्दाझर्दा गोडा फत्रक्क गलेझैँ म बिछ्यौनामा डङ्रङ्ग पल्टिएँ । साठी वर्षलागेर रिटायर्ड हुनुपर्नेमा मलाई समय अगाडि नै शिक्षण पेशाबाट रिटायर्ड गरिदिए । आफ्नो कहिल्यै उँभो लाग्न नसकेको आर्थिक अवस्था र सन्तान विदेशिएका हुनाले अझै ट्युसन गरी पेट पाल्नुपर्ने बाध्यताले ट्युसन गर्नु मेरो रहर होइन । बाध्यता हो । चन्दालाई ट्युसन मैले आफ्नो पढाइलाई निरन्तरता दिन पढाएँ भने आज घर व्यवहार धान्न, पेट पाल्न ट्युसन पढाउँदैछु । चन्दाको हाँसो अझै मेरो कानमा गुञ्जिरहेको छ । चन्दाले मेरो ट्युसन पेशालाई ठट्टाको रूपमा उडाइन् । जिन्दगीभर ट्युसन गरेर जीवन धान्नु कम टट्टा हो र – म मनमनै फिस्स हाँसेँ । मैले झ्याल खोलेर आकाशमा चिहाएँ । आकाशभरि रक्तिम लालिमा छरेर र्सर्ूय डुब्ने तरखरमा थियो । दिनलाई धकेलेर साँझ धर्तीमा ओर्लिसकेको थियो । हर्ेदाहर्ेर्दै चन्द्रमा पूर्ण यौवनावस्थामा उदाइन् । मैले यौवनावस्थाकी चन्दालाई झलक्क सम्झेँ । घरबेटीकी छोरी चन्दा यौवनावस्थामा कम राम्री थिइनन् । जून जस्तै उज्याली र फूलजस्तै कोमल थिइन् । सुरुक्क मेरो कोठामा पसेर कोठा सफासुग्घर गरिदिन्थिन् । म नफर्किउञ्जेल झ्यालमा बसेर बाटो हर्ेर्थिन् । मीठोचोखो पाकेको बेला थपीथपी पेटभरि खान दिन्थिन् । घर भाडाको सट्टा म उनलाई ट्युसन पढाउने गर्थें । उनी मलाई प्रेम गर्थिन् तर मैले हृदयले ग्रहण गरे तापनि प्रेम पर््रदर्शन गर्ने ममा सामर्थ्य थिएन । त्यसबेला मेरो हैसियत नै के थियो ! एक सम्पन्न परिवारकी एक्ली छोरीलाई मैले आफ्नो प्रेमिका बनाउन सकूँ -! उमेरले अलि धमिलो भइसकेका आँखामा आँसु गुप्त छिटाझैँ छचल्किएर वर्षे तरखर गर्न थाल्यो । आज पनि चन्दाको हृदयमा आफूप्रति प्रेम जस्ताको तस्तै पाएर मैले आफूलाई धन्य सम्झेँ । म उनको प्रेमपात्र बन्न नसके तापनि अझै प्रेम अनुरागी बन्न पाएकोमा मेरो मन पुलकित भएर आयो । मैले मन उपवनमा सुटुक्क चिहाएँ । मैले मनमनै चन्दालाई भनेँ- “मेरो मन उपवनमा त्रि्रो प्रेमरूपी पुष्प सधैँ फक्रिरहने छ चन्दा ।”

-छाउनी, काठमाडौँ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *