पढ्ने स्कुल एउटै भए पनि चनमती र मनमतिको घर अलग अलग गाउँमा थियो । सानै देखि उनीहरु एउटै स्कुल अनि एउटै क्लासमा पढ्ने गर्दथे । झट्ट हेर्दा चन्चले र चतुर स्वभावको देखिने हुनाले उनको नाम बाजेले सानै देखि चनमती राखी दिएका थिए । उनी मध्यम बर्गिय परिवारमा जन्मिएकि थिइन । उनी अरु सग बोल्दै जादा अलिक छिटै रिसाउने र कन्जुस स्वभावको पनि थिइन । अनि पढाइमा पनि अलिक कमजोर थिइन् । तेसैले कक्षामा फस्ट, सेकेन्ड पनि हुन सकिनन । मनमती सामान्य परिवारमा हुर्केको छोरी थिइन । उनी झट्ट हेर्दा सिधा, सोझो भए पनि धेरै मिहिनेती थिइन । सबै साथीहरू सग मीठो, मसिनो बोली बोल्ने र मिल्ने, मिजासिलो स्वभावकि थिइन । उनी पढाइमा ट्यालेन्ट थिइन । प्रत्येक साल कक्षामा उनी फस्ट हुन्थिन । पढाइ लेखाइ देखि बाहेक स्कुलमा हुने अतिरिक्त क्रियाकलापहरुमा समेत भाग लिने र प्रतियोगिताहरुमा प्रथम स्थानमा बिजय हुन्थिन परिणामस्वरूप उनी बिभिन्न प्रकारको मेडल र पुरुस्कारहरु पाउने गर्द्थिन । उनको यस्तो क्रियाकलापले गर्दा अरु स्कुले साथीहरु पनि प्रभावित हुन्थे र शिक्षक शिक्षिकाहरु पनि खुशी हुन्थे ।

जब मनमती कक्षा ७ मा पुगिन, अर्ध बार्षिक परीक्षा सकिए लगतै उनीले गाउँमा आफ्नो अगुवाईमा एउटा बाल वचत सस्था पनि खोलिन । उनी स्कुलमा मात्रै नभएर गाउमा समेत सबैको प्यारो हुन थालिन । मनमतिको बोलाउने नाम राम्रो भएन भनेर नाम पनि चेन्ज गर्नु पर्ने कुरा पटकपटक समूह बाट आइरहेकै थियो । त्यसैले, उनीले क्ीऋ दिनको लागि कक्षा ९ मै रजिस्ट्रेसन फम भर्दा आफनो नाम परिबर्तन गरेर “ मनमाया “ राखिन । स्कुलमा चनमतिलाइ पनि उनका साथीहरुले नाम फेर्ने सल्लाह दिए तर उनको यस तर्फ ध्यान गएन ।

किरण पनि त्यही स्कुल र एउटै क्लासमा पढ्ने एउटा इमान्दार बिध्यार्थी हो । ऊ पनि क्लासको सेकेन्ड ब्वाइ हो । किरणको घर स्कुल नजिकै थियो । स्कुल जादा आउदा उसैको घरको बाटो भएर आउजाउ हुन्थ्यो । किरण साथीभाइहरु सग बोल्दा सधै मुसुक्क हासेर बोल्ने गर्दथ्यो । हास्दा खेरी उसको गालामा खोपिल्टो पर्थ्यो । तेसैले उसका साथीभाइहरु लगायत अरु केटिहरुले पनि मन पराउथे । अझ चनमती र मनमाया त किरणलाई औधी रुचाउथे । उनीहरु मनमनै सोच्थे, आहा …! किरण कति राम्रो छ । कति मज्जाले नरम र मीठो पाराले बोल्छ । हास्दा खेरी गालामा हेरिरहनु जस्तो अनि बोल्दा खेरी बोली सुनिरह्नु जस्तो वाह …. ! कस्तो मान्छे सग पर्छ होला । किरणले पनि त मनपराए हुन्थ्यो नि , किरण सगै लभ गर्नु पाए पनि त हुन्थ्यो । तर किरण ती दुई केटिहरुलाइ वास्ता गर्दैनथ्यो । स्कुल पढ्दै गर्दा कहिलेकाही त किरणको निहुमा चनमती र मनमाया बिच झगडा समेत पर्थ्यो, कहिले कक्षा कोठामा त कहिले बाटोमा । अनि अरु चै सबै जना गलललललल हासिदिन्थे । एक पल्ट त किरणको नोट कपिमा चनमतिले क्ष् ीइख्भ् थ्इग् लेखिदिएको निहुमा ती दुईजनाको बीचमा जगटा लुछालुछ पनि भएको थियो । मनमतीको राम्रा कामकुराहरुले गर्दा किरण पनि केही प्रभावित भएको थियो । बिस्तारै, बिस्तारै किरण र मनमायाको यिखभ पर्न थालेको थियो । जब मनमायाले आफनो नाम परिबर्तन गरेको थाहा पाई तब चनमतीले ठुल्ठुला आँखा तरेर हेर्दै भन्थिन, नाम एस. एल. सी. को परिक्षा आयो सबै जनाले राम्रोसँग परिक्षा दिए । परीक्षा सकिए लगत्तै पढाइको समय ब्रेक अप भको मौका पारेर मनमायाले ठुला बडाहरुको सल्लाह र सर ( सहयोगमा आफ्नै अगुवाइमा एउटा वचत तथा ऋण सहकारी सस्था पनि खोलिन । त्यस पछि गाउँ ठाउँमा झनै मनमायाको कामको सकारात्मक प्रभाब पर्यो । उनलाइ नचिन्ने कोहि भएनन गाउँ, टोल देखि सहर अनि जिल्ला सदर मुकाम सम्म । मिडियाहरुले पनि उनको कामको प्रशंसा गर्दै पत्र पत्रिका र इन्टरनेट मार्फत समाचार छापे । समय समयमा उनीले आफनो सस्था मार्फत विभिन्न बिषयमा तालिम, गोष्ठीहरु तथा जन सहभागितामुलक कार्यक्रम गर्ने, गराउने गर्द्थिन । यस्ता कामहरुले गर्दा किरण पनि प्रभावित हुन्थ्यो अनि ऊ पनि सस्थामा आबद्ध भएको थियो । बिस्तारै उनीहरु बिचको प्रेम सम्बन्ध पनि अझै कसिलो र प्रगाढ हुँदै गयो ।

जब एस. एल. सी. को रिजल्ट फ्ल्यास भयो । मनमाया र किरण फस्ट डिभिजनमा पास भए । चनमती, सन्जोक लगायत अरु केहीले सेकेन्ड डिभिजन र बाकी सबै अरुले थर्ड डिभिजनमा पास गरे । सबै जना खुशी थिए । स्कुलले पनि रेकर्ड तोड्यो किनभने यसपाली ८४५ विद्यार्थी पास भए । आ ( आफनो उज्ज्वल भबिश्य निर्माण गर्ने क्रममा किरण डाक्टर पढ्न लन्डन जान्छ । सन्जोकले सानैमा कराते सिकेको थियो । एस. एल. सी. पश्चात राष्ट्रिय कराते प्रतियोगिता हुदा किक बक्सिङमा उसले प्रथम स्थानमा बिजय हासिल गरेको थियो । उसलाइ नेपाल सरकारले बिदेशी नागरिक नबन्ने सर्तमा सरकारी कोटामा अमेरिका गएर पढ्ने अवसर दियो । मनमतीले पनि आफैले खोलेको २ वटा सस्था चलाउदै स्थानीय ठाउँको कलेजमा मेनेजमेन्ट सकाय पढ्न थालिन । आफू सगैका साथीहरू कोहि देश, कोहि बिदेशमा पढ्न जाने सुनेर चनमती पनि आफू के गर्ने …?? के नगर्ने…?? छ्क्क परिन । अब म चै पैसा कमाउन बिदेश जान्छु भन्ठानेर घरमा कुरा सुनाउछिन । नातिनीले बिदेश जाने कुरा गरेको सुनेर बाजेले, त छोरी मान्छे होस, बिदेस नजा । आफनै देशमा त सुरक्षा छैन, बिदेसमा छोरी मान्छेलाइ खै के के गर्छन अरे ! भन्दै आँसु झार्छन । बाजे ! नरुनुहोस न, रोएको अनुहार र टालेको लुगा कहिले राम्रो देखिन्दैन । फेरि म बिग्रन जाने पनि त हैन । नेपालमा बसेर पढिलेखी पनि के काम छ र ?? आखिर “ दस लोहोटा पानी अटाउने गाग्रीमा थप एक लोहोटा पानी कसो नअटाउला त ? “ चनमतीले घर ( परिवारमा सम्झाउदै पैसा कमाउन बिदेश जाने निधो गरिन ।

आज चनमतीको मनमा केही परिबर्तन आएको छ । सोच्छिन, अनि झल्यास्स हुन्छिन ला…..! उस दिन मैले पनि नाम चेन्ज गरेको भए हुनेरैछ भन्दै पछुतो मान…………….

आज चनमतीको मनमा केही परिबर्तन आएको छ । सोच्छिन, अनि झल्यास्स हुन्छिन ला…..! उस दिन मैले पनि नाम चेन्ज गरेको भए हुनेरैछ भन्दै पछुतो मानिन । नाम पनि त राम्रो छैन, भन्दै उनीले पनि महिनौ दिन सम्म धेरै दुख, कष्ट र झन्झट झेल्दै चम्पा देबीको नाम राखेर नागरिकता र पासपोर्ट बनाइन । त्यसको केही महिना पछि बैदेशिक रोजगारको क्रममा अरब मुलुकको कतार पुगिन । कतार पुगेकै भोलि पल्ट डिउटी जाने समयमा आफनो छेवैको क्याममा २ जना नेपाली युबक केटाहरुलाइ पुलिसले हतकडी लगाउदै गरेको गाडी भित्र बाटै देखिन । छक्क परिन, अनि मनमनै सोचिन किन पुलिसले हतकडी लगाको होला ? बुझदै जादा त रक्सी खाएर झगडा गरेछन र पुलिसले लग्या अरे । हावापानी परिवर्तनको कारण पर्सि देखि चम्पा बिमारी भइन, तापनी केही नबोली उनी ड्युटी गइन । ड्युटी सकेर आए पछि झन उनी सिकिस्त बिमारी भइन ज्वरो आउने, टाउको दुख्ने त्यसपछी घाँटी दुख्ने यस्तै अनेकन बिमारले चाप्दै गयो । नेपालबाट ल्याएको ब्रुफिन विथ पारासिटामोल, दबाइ खाइन तर बीसको उन्नाईस पनि भएन । उनीले क्याम बोस सग केही दिनको लागि छुट्टी मागिन । छुट्टी दिनुको सट्टामा उल्टै चम्पालाइ खाउला झै खै… गर्दै गाली गर्यो । त्यस बेला उनलाइ कसैले के भयो ? भनेर बोलिदिने, खाना खायौ …? भनी सोधी दिने कोहि भएनन् । उनी निरास भएर ओछ्यान परिन । ओछ्यानमा लडिबडि गर्दै , रोइन, कराइन, आतिइन खाना बनाएर खान पनि सकिनन । स्वर पनि भासिन्दै गको थियो । तर पनि बिस्तारै नजिकैको दोकानमा गएर एउटा चाउचाउ किनेर ल्याइन अनि कित्लिमा पानी तताएर भिजाइन र मन लागे जति खाइन । सगै आएकी साथी दिपालाई सम्झीन । उनी पनि अर्कै क्याममा गएकी थिइन । उनले कल्लाइ सुनाउनु मनको पिर र ब्यथाहरु । बेल्का ड्युटी सकेर आउने साथीहरु पनि केही बोलेनन । उनले आफ्नो घर, परिवार अनि सगै पढ्दाको सबै साथी, संगीहरुलाइ झल्झली सम्झीइ रहिन । गहबाट फेरि आँसुको ढिकाहरु ढक ढक झर्न थाल्यो । तै आँसु पनि रूममा कसैले देख्ला कि भन्दै अनुहार आफ्नै बेडको भित्ता तिर फर्काएर रहिन ।

घरबाट आउँदा लागेको ऋण बल्ल तल्ल ६ महिना सम्ममा तिरि सकिन र सातौ महिनाको सेलरी आए पछि चम्पाले पनि ईन्टरनेट चल्ने एउटा राम्रो मोबाइल किनिन । उनले पनि फेस बूक खोलिन । उनका साथीहरूप्प्प सबैलाई फ्रेन्ड रिक्वेस्ट सेन्ट गरिन । सबै साथी संगी हरुलाइ फेस बूक मै पाउँदा अत्यन्तै खुशी पनि थिइन । समय मिलाएर साथीहरूसग अन लाइन च्याटिङ र भिडिओ कल पनि गर्थिन तर मनमायाले एसेप्ट नगरेकोले केही दुखी पनि थिइन । कहिलेकाही चम्पाले मनमायाको टाइम लाइनमा गएर अपडेट गरेको कुराहरु हेरिरहन्थिन । मनमायाले चलाएको २ वटा सस्थाहरुले गरेको सामाजिक कामहरु, फोटो, भिडियो पनि हेर्थिन र दङ्ग पर्थिन, अनि मनमनै जल्थिन । त्यो देखे पछि चम्पाको मनमा यति खट्पट हुन्थ्यो कि कहिले घर जाउ र म पनि मनमायाले जस्तै केही राम्रो काम गरुम । एक पल्ट त मेसेज पनि गरेकी थिइन, ( “बिगतलाइ सम्झेर किन अझै पनि रिसाइ रहेको मनमाया….? जे जस्तो भए पनि म त तिम्रै साथी हु, आखिर किरण पनि त तिम्रै हो, मेरो फ्रेन रिक्वेस्ट गर न ।“ बिस्तारै चम्पाले जीबनको अर्थ, घर परिवारमा आफ्नो जिम्मेवारी, समय र पढाइको महत्व, पैसाको आवश्यकता अनि देसको राजनिती अवस्था, देश प्रतिको माया आदि, इत्यादि कुराहरु बुझ्दै गइन । अनि जीबनमा केही गर्नु पर्ने रैछ भन्ने भावना जाग्न थल्यो ।
१ साल बिते पछि चम्पाले महिनामा १ दिन छुट्टी पाउन थालिन । सो दिन सर सफाइ र अजबतष्लन मै ब्यस्त हुन्थिन तापनी उनी आफुलाइ हेर्थिन अनि सुधार्ने प्रयास गर्छिन । आफनो देश र देसको राजनीति अवश्थालाई राम्ररी नियाल्ने गर्द्िथन । देशमा सधै भरी यस्तै राजनितिक द्वन्द, अराजकता बढिरहे नेपाली जनताले कसरी बाच्ने ? यस्तै यस्तै कुराहरु सोचि रहन्थिन । राती सुतेकै ठाउमा र सडक दुर्घटनामा परि धेरै नेपालीहरुले ज्यान गुमाउदा अनि महिनामा ३ वटा सम्म लास नेपाल भित्रीएको देख्दा चम्पाको मन नआतिएको पनि हैन । यी सब कुराहरु देख्दा सुन्दा उनलाइ बिदेस छोडेर आज नैै, भोलि नै घर जाउ जाउ नलागेको पनि हैन । तर के गर्ने र ? कम्पनी सगको एग्रीमेन्ट अनुसारको समय, अबधी पनि त पूरा भको छैन, अब अर्को साल फिनिस घर जान्छु भन्दै मन बुझाउदै काम गर्न लाचारी भइन ।
आज चम्पा बिदेशिएको पनि २ साल बितेछ । हप्ता दिन पछि उनी घर जाने टिकट पनि आउछ । उनी धेरै खुशी थिइन र मनमनै सोचिन, अब बिदेश सिदेश आइन्दैन मनमाया सग मिलेर घरमै बसेर गाउँ र समाजको सेवा गर्छु । तर मनमया म देखि धेरै रिसाएको छ । के म उसलाइ फेरि साथीको रुपमा पाउन सक्छु त ? उसबेला साथी भनेर मैले राम्ररी चिन्न पनि सकिन । मैले ऊ सग माफी माग्नु पर्छ, उनलाइ साथी बनाउनु पर्छ । तर कसरी …..? लगभग दुई दसक पछिको अन्तरालमा देशमा स्थानीय चुनाब हुदै रहेछ । यहि मौकामा केही राम्रो काम गरेर देश र समाजको सेवा गरौ । मेरो जीवन रहे सम्म सधै सहयोग गरिरहने छु , यहि कुरा भन्ने छु मनमाया सँग ।

आज चनमतीको मनमा केही परिबर्तन आएको छ । सोच्छिन, अनि झल्यास्स हुन्छिन ला…..! उस दिन मैले पनि नाम चेन्ज गरेको भए हुनेरैछ भन्दै पछुतो मानिन । नाम पनि त राम्रो छैन, भन्दै उनीले पनि महिनौ दिनसम्म धेरै दुख, कष्ट र झन्झट झेल्दै चम्पा देबीको नाम राखेर नागरिकता र पासपोर्ट बनाइन । त्यसको केही महिना पछि बैदेशिक रोजगारको क्रममा अरब मुलुकको कतार पुगिन । कतार पुगेकै भोलिपल्ट डिउटी जाने समयमा आफनो छेवैको क्याममा २ जना नेपाली युबक केटाहरुलाइ पुलिसले हतकडी लगाउदै गरेको गाडी भित्रबाटै देखिन । छक्क परिन, अनि मनमनै सोचिन किन पुलिसले हतकडी लगाको होला ? बुझदै जादा त रक्सी खाएर झगडा गरेछन र पुलिसले लग्या अरे । हावापानी परिवर्तनको कारण पर्सिदेखि चम्पा बिमारी भइन, तापनी केही नबोली उनी ड्युटी गइन । ड्युटी सकेर आएपछि झन उनी सिकिस्त बिमारी भइन ज्वरो आउने, टाउको दुख्ने त्यसपछी घाँटी दुख्ने यस्तै अनेकन बिमारले चाप्दै गयो । नेपालबाट ल्याएको ब्रुफिन विथ पारासिटामोल, दबाइ खाइन तर बीसको उन्नाईस पनि भएन । उनीले क्याम बोस सग केही दिनको लागि छुट्टी मागिन । छुट्टी दिनुको सट्टामा उल्टै चम्पालाइ खाउला झै खै… गर्दै गाली गर्यो । त्यस बेला उनलाइ कसैले के भयो ? भनेर बोलिदिने, खाना खायौ …? भनी सोधी दिने कोहि भएनन् । उनी निरास भएर ओछ्यान परिन । ओछ्यानमा लडिबडि गर्दै , रोइन, कराइन, आतिइन खाना बनाएर खान पनि सकिनन । स्वर पनि भासिन्दै गको थियो । तर पनि बिस्तारै नजिकैको दोकानमा गएर एउटा चाउचाउ किनेर ल्याइन अनि कित्लिमा पानी तताएर भिजाइन र मन लागे जति खाइन । सगै आएकी साथी दिपालाई सम्झीन । उनी पनि अर्कै क्याममा गएकी थिइन । उनले कल्लाइ सुनाउनु मनको पिर र ब्यथाहरु । बेल्का ड्युटी सकेर आउने साथीहरु पनि केही बोलेनन । उनले आफ्नो घर, परिवार अनि सगै पढ्दाको सबै साथी, संगीहरुलाइ झल्झली सम्झीइ रहिन । गहबाट फेरि आँसुको ढिकाहरु ढक ढक झर्न थाल्यो । तै आँसु पनि रूममा कसैले देख्ला कि भन्दै अनुहार आफ्नै बेडको भित्ता तिर फर्काएर रहिन ।

‘‘कल्लाइ सुनाउनु मनको पिर र ब्यथाहरु । बेल्का ड्युटी सकेर आउने साथीहरु पनि केही बोलेनन । उनले आफ्नो घर, परिवार अनि सगै पढ्दाको सबै साथी, संगीहरुलाइ झल्झली सम्झीइ रहिन् । गहबाट फेरि आँसुको ढिकाहरु ढक ढक झर्न थाल्यो । तै आँसु पनि रूममा कसैले देख्ला कि भन्दै अनुहार आफ्नै बेडको भित्तातिर फर्काएर रहिन् ।’’

घरबाट आउँदा लागेको ऋण बल्ल तल्ल ६ महिना सम्ममा तिरि सकिन र सातौ महिनाको सेलरी आए पछि चम्पाले पनि ईन्टरनेट चल्ने एउटा राम्रो मोबाइल किनिन । उनले पनि फेसबूक खोलिन । उनका साथीहरू प्राय सबैलाई फ्रेन्ड रिक्वेस्ट सेन्ट गरिन । सबै साथी संगी हरुलाइ फेसबूक मै पाउँदा अत्यन्तै खुशी पनि थिइन । समय मिलाएर साथीहरूसग अनलाइन च्याटिङ र भिडिओ कल पनि गर्थिन । तर मनमायाले एसेप्ट नगरेकोले केही दुखी पनि थिइन । कहिलेकाही चम्पाले मनमायाको टाइम लाइनमा गएर अपडेट गरेको कुराहरु हेरिरहन्थिन । मनमायाले चलाएको २ वटा सस्थाहरुले गरेको सामाजिक कामहरु, फोटो, भिडियो पनि हेर्थिन र दङ्ग पर्थिन, अनि मनमनै जल्थिन । त्यो देखे पछि चम्पाको मनमा यति खट्पट हुन्थ्यो कि कहिले घर जाउ र म पनि मनमायाले जस्तै केही राम्रो काम गरुम । एक पल्ट त मेसेज पनि गरेकी थिइन, (“बिगतलाइ सम्झेर किन अझै पनि रिसाइ रहेको मनमाया….? जे जस्तो भए पनि म त तिम्रै साथी हु, आखिर किरण पनि त तिम्रै हो, मेरो फ्रेन रिक्वेस्ट गर न ।“ बिस्तारै चम्पाले जीबनको अर्थ, घर परिवारमा आफ्नो जिम्मेवारी, समय र पढाइको महत्व, पैसाको आवश्यकता अनि देसको राजनिती अवस्था, देश प्रतिको माया आदि, इत्यादि कुराहरु बुझ्दै गइन । अनि जीबनमा केही गर्नु पर्ने रैछ भन्ने भावना जाग्न थल्यो ।
१ साल बिते पछि चम्पाले महिनामा १ दिन छुट्टी पाउन थालिन । सो दिन सर सफाइ र अजबतष्लन मै ब्यस्त हुन्थिन तापनी उनी आफुलाइ हेर्थिन अनि सुधार्ने प्रयास गर्छिन । आफनो देश र देसको राजनीति अवश्थालाई राम्ररी नियाल्ने गर्द्िथन । देशमा सधै भरी यस्तै राजनितिक द्वन्द, अराजकता बढिरहे नेपाली जनताले कसरी बाच्ने ? यस्तै यस्तै कुराहरु सोचि रहन्थिन । राती सुतेकै ठाउमा र सडक दुर्घटनामा परि धेरै नेपालीहरुले ज्यान गुमाउदा अनि महिनामा ३ वटासम्म लास नेपाल भित्रीएको देख्दा चम्पाको मन नआतिएको पनि हैन । यी सब कुराहरु देख्दा सुन्दा उनलाइ बिदेस छोडेर आज नैै, भोलि नै घर जाउ जाउ नलागेको पनि हैन । तर के गर्ने र ? कम्पनी सगको एग्रीमेन्ट अनुसारको समय, अबधी पनि त पूरा भको छैन, अब अर्को साल फिनिस घर जान्छु भन्दै मन बुझाउदै काम गर्न लाचारी भइन ।

आज चम्पा बिदेशिएको पनि २ साल बितेछ । हप्ता दिन पछि उनी घर जाने टिकट पनि आउछ । उनी धेरै खुशी थिइन र मनमनै सोचिन, अब बिदेश सिदेश आइन्दैन मनमायासँग मिलेर घरमै बसेर गाउँ र समाजको सेवा गर्छु । तर मनमया म देखि धेरै रिसाएको छ । के म उसलाइ फेरि साथीको रुपमा पाउन सक्छु त ? उसबेला साथी भनेर मैले राम्ररी चिन्न पनि सकिन । मैले ऊ सग माफी माग्नु पर्छ, उनलाइ साथी बनाउनु पर्छ । तर कसरी …..? लगभग दुई दशकपछिको अन्तरालमा देशमा स्थानीय चुनाब भयो । यहि मौकामा केही राम्रो काम गरेर देश र समाजको सेवा गरौ । मेरो जीवन रहे सम्म ……….. ।

चम्पा घर पुगेको भोलिपल्ट बिहानै मनमायाको घरमा जान्छिन । उनी आधुनिक पहिरनमा सजिएको हुनाले झट्ट कसैले हेर्दा एकै पल्टमा नचिनिने भएकि थिइन । मनमायाको घरको आगनमा पुगेर ट्क्क उभिइन र मनमायालाइ बोलाइन पहिलो पल्ट कसैले सुनेनन । फेरि अर्को पल्ट बोलाइन, मनमाया खाजा बनाउदै गरेको मान्छे, को हो ह रु भन्दै हतारिएर बाहिर निस्किइन । चम्पाले भनिन, मनमायाको घर …….??? बोलिसक्न नपाउदै मात्र के भनेकी थिइन, मनमायाले चम्पालाइ चिनिहालिन अनि फुस्रो अनुहार लगाएर अर्को तिर फर्काइन तब चम्पा कुदेर फेरि मनमती भए छेवैमा आइन र ग्वाम्लाङ अङालो हालेर भनिन, ू मनमाया मलाइ माफ गर, म तिम्रो साथी हु । म तिमी सग माफ माग्न आएकी छु । सानो छ्दा मैले तिमिलाइ कति दुख दिए अनि कति कुटाकुट पनि गरिम । साथी भनेर बुझ्न् सकिन । आइन्दा म तिम्रो मन दुख्ने कुनै किसिमको काम गर्ने छुइन ।ू यति भन्दै थिइन, चम्पाको गला अबरुद्ध हुँदै थियो । उनी त हिक हिक गर्दै मनमायालाई अङालोमै च्यापेर रुन थाली । उनको आसुको तातोपनले मनमायाको पनि गाला र काध मात्रै हैन मन समेत पगाली सकेको थियो ।

सायद, त्यै तातो पनले होला मनमायाको पनि आँखा रसायो । अनि आफ्नो हातले बिस्तारै चम्पाको अनुहार आफनो अगाडी तान्यो र दुई जना साथी बीच एक छिन आँखा जुधाएर हेरिरहे, फेरि अङालो मारेर एक छिन दुबै जना रोए …..अनि मनमायाले भनिन, किन रोएकी त ……। तिमी त गाउँ ठाउँको ठूलो मान्छे बन्यौ, उदाहरणीय भयौ । तिमी जस्तो सफल साथिलाइ भेट्न पाएर रोएको हो, तिमिलाइ भेट्दा खुशीको आँसु हो यो ……. अनि किन फेस बूकमा मेरो फ्रेन्ड रिकुएस्ट एसेप्ट नगरेको रुरु कति पढी सकेउ ह रु तिमीले खोलेको सस्था हरु कस्तो चल्दै छ रु मलाइ चै सदस्य बनाउदैनौ रुूखोला बाढिमा आएको छाल झै चम्पाले आफ्नो मनको भावना पोखिन यसपाली देखि बि बि। एस। शुरु गर्ने हो । सस्था राम्रोसँग चल्दैछ, हुन्छ । तिमीलाई साथी अनि सदस्य पनि बनाउछु । चम्पाले सोधेको कुराहरुको प्रयुतर दिदै मनमायाले सबै काम कुराहरू पूरा गर्ने बाचा गरिन । ूअनि किरणको के छ नि खबर रुू चम्पाले सोध्दै थिइन । उति नै खेर बाटोदेखि अनुराग भाइले मनमायालाई सुनाउदै थियो । दिदी, दिदी, किरण दादा त एक्सिडेन्ट्मा पर्नु भएछ तपाइ हेर्न नजाने रु ओम हस्पिटलमा हुनुन्छ रे । बिदेसबाट पढेर हिजो मात्रै आइपुग्नु भकोरैछ म चाहिँ हेर्न हिडे है । यति कुरा सुनेपछी दुबै जना हतार हतार गर्दै मनमायाको स्कुटीमा चढेर किरणलाइ हेर्न भनी गए ।

उनीहरु हस्पिटल पुगे र किरणको बारेमा स्वास्थ स्थिति बुझे, सामान्य चोट लागेको रैछ । केहि घन्टा पछि किरण र उसको ममिलाइ चम्पा र मनमायाले घरमा लिएर आए । किरण सगै स्कुल पढ्दाको साथीहरू भेट्न पाउँदा धेरै खुशी थियो र पल्याक पुलुक्क दुबैजनालाइ हेर्दै भन्यो आज त कस्तो सन्जोक १ नमिल्ने मान्छेहरु पनि मिलेको पो देख्न पाइयो त रु मिलेको राम्रो होन्त, बरु तिमिलाइ कस्तो छ रु भन्नू त रु डाक्टरी पढी सक्यौ रु चम्पा बोलिन । अँ ठिक छु , ममि बिमारी भएर उपचार गर्नलाई छुट्टी मिलाएर आको हेरन झन्डै आफै पो सिल्टिमुर खाइयोू किरण बोल्यो । तर मनु एउटा कुरा कसरी भनु …

तिमी इज्जत कमाउने अनि चम्पा चै पैसा कमाउने रु म पो अफ्ट्यारोमा परे त यता न उता । हामी त सगै स्कुल पढ्दाको साथी पो । हो, तिमीले चै पैसा मात्र कमाउन भैहाल्छ नि ू चम्पाले सहि थपिन । तर मलाइ थाहा छ, किरण १ मनुले तिमिलाइ धेरै माया गर्छे,सानै देखि माया गर्छिन ।।मनुले सानै देखि इज्जत पनि त कमाएकी छिन । यो साथ, यो पलले तिमीहरु दुबै जनालाइ जीवन जिउन थप उर्जा पनि मिल्ने छ । म पनि तिमिहरु बिच सदाको लागि मिलन भको हेर्न चाहन्छु । कसैको आँखा नलागोस । तिमि दुइको दाम्पत्य जीवन आज मात्रै होइन युगौ युग सम्म सफल रहोस भन्दै एकको हात अर्काको माथि राखी दिन्छ । मामुले पनि तेतिखेरै भन्दै हुनुन्थ्यो, किरण आको बेलामा बिहे गर्न एउटा केटि हेरिराख्या भए पनि हुन्थ्यो । म बिमारि भको बेला तातो पानी तताएर दिने मेरो साथी त हुन्थ्यो । यो कुराले त्यहा बसेका चम्पा, मनमाया र किरणको छ्याप्पै मन छोयो । यो कुरा सुनेर मनमाया लजाइन भने किरण र चम्पा मुसुमुसु हासिरहे । साच्चिनै केही हप्ता पछि चम्पा र किरणको इङगेज्मेन्ट हुने टुङो भयो । गाउँ, टोल देखि सहर अनि सदरमुकाम सम्म मनमायाले चिनेजानेका ठुला, बडा, मान्यजनहरुलाइ निमन्त्रणा गरिन । धुमधामले बिवाह भयो । निम्तालु सबैजना आए भोज भतेर गरेर गच्छे अनुसारको गिफ्ट दिदै बिदाबारी भए ।

केहि महिना पछि किरण फेरि पढाइ पुरा गर्न लन्डन जाने तरखरमा हुन्छ । त्यस समय पनि साथी संगीहरुलाई घरमै बोलाएर एउटा पाटि दिन्छ । पाटीमा भोज चल्दै जान्छ अनि चम्पा कुरा अगाडि बढाउदै जान्छ, तिमिहरु त दुबै जना पढेलेखेका छौ । केही कुरा जाने, बुझेका छौ । सुन्दै छु , यसपाली त देसमा स्थानीय चुनाब हुँदै छ रे । यो यति ठूलो दुनिया, ससार त सम्हाल्न नसकिएला अनि देशमा आमूल परिबर्तन गर्न पनि नसकिएला तर हाम्रो यो गाउँ ठाउँ, समाजको परिवेश र बाताबरणलाई परिवर्तन गर्न सक्छौ । एकले अर्काको साथ र सहयोग लिनु दिनु पर्छ । तिमी हरुलाइ पनि त थाहै छ, दुनिया कति स्वार्थी छ कस्ता कस्ता मान्छेहरु छन रु तर पनि मनमायाले सबै तह, तप्काको मान्छेहरु चिनेजानेको छ र संघ, सस्थाहरुमा पनि काम गर्दै आएकि छिन । पार्टिले यसपाली टिकट दियो भने हाम्रो नगर पालिकाको मेयरमा उठ्नु पर्छ है रुरु बिचमा कुरा काट्दै मनमायाले भनिन, मान्छेमा राजनिती कन्सेप्ट त हुनुपर्छ, आवश्यक पनि छ । तर म राजनिती देखि अलिक परै बसेर काम गर्न चाहन्छु । बरु तिमी मेयरमा उठ, ममेरो ठाउबाट हेल्प गर्छु ।तिमी स्कुल पढ्दा देखि नै राजनितिमा चासो गर्थियौ । हामी एउटै पार्टीबाट यस्तो कदम चाल्नु पर्छ, जुन राष्ट्रिय अभियानको रुपमा हुने छ । म तिम्रो बारेमा जिल्लामा पनि केही कुरा गर्छु । अन

अनि बिशेष गरि दुइटा कुरा, मान्छे मरे पछी मान, सम्मान गर्ने प्रथा हटाइनु पर्छ र देशमा पटक पटक हुने नेपाल बन्दको नाम निशाना नै बन्द गर्नु पर्छ । अब त सर्बसाधारण जनताले काम गरि खान पनि गार्हो पर्ने स्थिति आइ सक्यो । यी कुरा हरुलाइ निर्मुल पारेर जनताको जन जीवन सहज बनाउन यहाँ अब यहाँ हामी युबा पुस्ताले नया सोच, बिचार लिएर अघि बढ्नै पर्छ अनि देशको लागी केही गर्नै पर्छ । ब्यक्ति, संघ सस्थामा आवद्ध हुनै पर्छ , चाहे त्यो सामाजिक होस या राजनैतिक किन होस । सस्थागत हुनु आजको आवश्यकता पनि त हो ।तिमी, म अनि हामी छौ र त समाज निर्माण भएको छ । अनि त्यै समाजमा विभिन्न संघ, सस्थाहरु स्थापना गरेका छौ । सस्थाहरु छन र संघ संगठनहरुको उदय भएको छ । अनि संघ संगठनले नै एउटा सिङो देशको निर्माण भएको छ । हामी नेपाली नरहे कहाँ रहला नेपाल ….. ??? ?????? को हिमाली ।।रु को पहाडि अनि को मदेशी … ??? हिमालको काखमा बसेर तराइ कति मज्ज्ज्जाले हासिरहेको छ अनि हिमाल पनि त बिश्व सामु शिर ठाडो गरेर आफैमा स्वाभिमान भइरहेकै अवस्था छ । के यो स्वाभिमान हामी सम्पुर्ण नेपालीको हैन र ? के हामी पनि यसरी नै चन्द्र सुर्य अङ्कित राष्ट्रिय झन्डा मुनि रहेर, एउटै अफिसको टेबल कुर्सीमा बसेर हासी खुशी देश चलाउन सक्दैनौ ..??

यसरी कुरा गर्दै जादा त्यहा भएका सबै जनाका आँखा रसाए अनि गम्भीर भए । मनमाया जस्तो साथी र उनको परिवारबाट चम्पालाइ स्वतन्त्र उम्मेदवारमा उठाउने कुरा चल्यो र सो अनुरुप गाउँ गाउमा भोट माग्न जाने कुरा देखि लिएर हरेक ठाउँमा विभिन्न आइडिया लगाएर चम्पा र मनमायाले चुनावको तयारी गरे । गाउको मनमाया जस्तै अरु बिबेकी, असल मान्छेहरूको फोर्स र अगुवाईमा चम्पाले नगरपालिकाको मेयर पदमा सफलता पुर्बक बिजय प्राप्त गरिन ।

आज किरणले डाक्टर कोर्सको पढाइ पूरा गरि स्वदेश फर्कने दिन थियो । मनमायाले छोरालाई साथमा लिएर बस स्टेण्ड्तिर लागिन । किरण गाडीबाट झर्न बितिक्कै आफ्नो बुढालाइ छोराको तोते बोलिले बाबा भन्दै अङालो हाल्न पुग्छ । मनमाया आफ्नो बुढा र छोरा लिएर घर फर्कने क्रममा चम्पाको घरको बाटो हुँदै आइन । चम्पा घर आगनमा कुर्सीमा बसिरहेको हुन्छिन । चम्पाले परैबाट उनीहरुलाइ इशारा गर्दै बोलाउछिन ।। घर आइपुगे पछि उनिहरु बिच केही ख्याल, ठट्टाको गफ हुन्छ । कुराको अन्त्यमा, किरणले यो पनि भन्छ, मानव चोला एकै पल्ट पाइन्छ, त्यसैले समय अनुसार बदलिएको मन ले चितायो भने जस्तो काम पनि पुरा गर्न सकिन्छ । अब देश बनाउने जिम्मा तिमी, हाम्रो हातमा छ । यति भन्दै गर्दा, छोरो सौगातले चकचक गरेको देखेर उसको हात समाउदै अघि लगाएर चम्पासग बिदा हुदै उनीहरु आफनो घर जान्छन ।

-समाप्त-

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *