केही छोटाछोटा वस्त्र हाल्न पाए हुने
केही नग्न फोटा हाल्न पाए हुने
दरबारको सोच यो छ अनि गाउँको धनेको सोच
फाटेकै केही भोटा हाल्न पाए हुने ।


गुनगुनाउने गलो रोकिएकै हो कि
अन्तिम समय तोकिएकै हो कि
मेरो प्रिय गायक मलाई विश्वास ता छैन तर
असमयमै जिब्रो टोकिएकै हो कि ।


रावणै रावण भएको ठाउमा रामको के काम
अँधेरै अँधेरोको माग भएकोमा घामको के काम
मृतात्माहरुलाई सधैं धरामा लट्काइरहने
अविवेकी र पक्षपाती मुक्ति धामको के काम ।


सत्य खोजेर अब के भेट्न सकिएला र मित्र
देशभक्तिगीतमा अब सारङ्गी के रेट्न सकिएला र मित्र
बाग्मतीको पानी निर्मल छ भनेर नसोच्नु अब
ढलको पानीले तृष्णा के मेट्न सकिएला र मित्र ।


जे लेखे पनि बाह बाह आएको देख्न पाऊँ प्रभु
अझ त्यही रचना लाइभमा गाएको देख्न पाऊँ प्रभु
उ बेलाको जस्तो महाराज नङ्गे हैँ कसले भन्छ र यहाँ
यसैले बिन्ती छ कसैले नबुझ्ने खालको लेख्न पाऊँ प्रभु ।।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *